बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
संसार परिवर्तनशील छ जो हिजो थियो त्यो आज छैन जे आज छ त्यो भोली रहदैन । म केवल ७७ वर्षमा प्रवेश गरेको व्यक्ति भएकोले राणाहरुको शासनकालमा म बालक नै भएकोले प्रत्यक्ष बुझ्न नसके पनि पढेको सुनेको छु ।
राणाजीहरुको बारेमा अनौपचारिक अध्यापन पनि गरे राणा सरकारमा सबै भन्दा शक्तिशाली त केवल जंगबहादुर मात्र थिए भन्ने त प्रमाणित नै भई सकेको छ । त्यति बेला सर्वप्रथम त बृटिस सित लडाई नै चलेको थियो । पछि सुगौली नामको सन्धीले ठूलो भूभाग गुमाउनु प¥यो । प्रधानमन्त्री जंगबहादुर राणाले अंग्रेज सित मिलेर राम्रै काम गरेका
थिए । छिमेकी राष्ट्र इष्टइन्डीया कम्पनिको सरकार सित मिलेर दुरगामी परिणामवाला काम गरे । राणाहरुले पृथ्वीनारायण शाहको नेतृत्वमा एकिकरण भएको नेपाल जो गएको मात्र नभई सुगौली सन्धीमा गुमाएको केही क्षेत्र पनि फिर्ता लिए जसलाई नयाँ नेपाल भनेर चिन्दथे भने हालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर हो । राणाजीहरुले शासन गरेको समय त्यस्तै थियो । पिछिडिएको अवस्था अनुसारको बुद्धिविवेक पनि त्यस्तै थियो जे जस्तो भए पनि राणाहरुले देश र राजसंस्था राजाको संरक्षण गरेकै हुन ।
राजाका अधिकार घटाई आफ्ना अधिकारमा भने बढोत्तरी गरेकै हुन, यदि चाहेको भए त राजालाई हटाई आफैले पनि देश चलाउथे तर उनी चलाख थिए जनताले हामी माथि विश्वास गर्ने होइन त्यसमा पनि यो देशको निर्माण पृथ्वी
नारायण शाह, बहादुर शाहहरुकै नेतृत्वमा बनेकोेले आज हामी क्षमतावान भयौं भन्दैमा राजसंस्थाको अनादर गर्न मिल्दैन भनि आफ्नो कर्तव्य निभाएका थिए । नमक हराम विश्वासघात गरेनन् । वर्तमानको राष्ट्रपतिको तुलना भन्दा बरु बढी मर्यादित गरेर राखेका थिए । २००७ सालमा पनि राजाको त सम्मान नै गरेका हुन । त्रिभुवन भागेर सपरिवार भारतीय दुतावास गए पनि राजा उनकै सन्तान ज्ञानेन्द्र शाहलाई राजा बनाई राष्ट्र चलाएका हुन । बृद्धिविवेक पश्चिमी
राष्ट्रका नेताहरु बृटिस, पुर्वमा जापान चीनको जस्तो कार्यशैली गर्न सकेनन् ।
राणाहरुले तर देशको लागी गर्न त खोजे तर बुद्धिले जति भ्यायो त्यति सम्म मात्र गरे । संसारमा सबैभन्दा ठूलो र उद्यमशील थियो नेपाल भनेर बेद पुराणहरुबाट थाहा पाउँछौं । यस बारेमा हाम्रा प्रथम जगतगुरुले सम्पूर्ण प्राचिन ग्रन्थहरुको जानकारी दिदा हामी सबैले सुनेकै हो । जव चतराधाममा वरिष्ठ पत्रकार युवराज मिमिरेले महाकुम्भको पुर्व सन्ध्यामा अन्तरवार्ता लिए त्यसबोला नेपालको सिमाना र विकासको बारेमा प्रष्ट पारेका थिए । नेपालबाट लाखौंको हिसावमा उनी कम्बलहरु निकासी हुन्थे । माग पुरा गर्न नेपाल तयार थियो उनी कम्बलको बारेमा त मनुस्मृतिमा उल्लेख भएको पाइन्छ कि नेपाली उनी कम्बल
रिठाले (धुनेवेला) धोएमा सफा हुन्छ भनेर त मनुस्मृतिमा पनि लेखिएको छ पेज नम्बर त मैले पनि याद गर्न सकेनछु पढन भने म स्वयमले पढेको छु । २०० वर्ष पुर्व नेपाल आत्मनिर्भर थियो भन्ने कुरा त बैतडीको पुर्चौडीमा रहेका फलाम खानी र फलाम उत्पादन गर्न ढुंगा गलाएको कीट तथा धौलखानीका गुफाहरुबाट थाहा हुन्छ भने मर्मामा रहेको तामा खानी जस्तै दाङको कोइला खानी चीतन जस्ता विभिन्न ठाउँमा खानीजन्य खनिज उत्पादन गरेबाट थाहा हुन्छ । राज्यको हकमा राजाहरुका भाइ छोराहरुमा भागबण्डा हुने चलनले गर्दा पनि बाइसे चौविसे राज्यममा विभक्त भयो भने उद्योगहरु त पछिसम्म पनि थिए कपडा उद्योगमा हाते तानहरु थिए जुन अचेल पनि हामी देख्न सक्छौं । खानीहरु ठूला स्केलमा नभएर घर गाउँको परिपुर्तिको लागी मात्रै थिए र काम पनि कठिन थियो ढुंगा गलाउन विजुली दाउराको पनि कमी हुन गयो र इष्टइन्डीया कम्पनि सरकारले आफ्नो उत्पादन घरमा नै पुगाउन थालेपछि खानी जन्य उद्योगहरु पनि बन्द भएर गएका हुन । राज्यको हकमा बाइसे चौविसे राज्यहरु पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भयो भने उद्योगहरुमा साना ठूला गरी एक सय भन्दा बढी उद्योगहरु राजा महेन्द्रले स्थापना गराई दिएका हुन । ती उद्योगहरु २०४७ सालतिर नेताहरुले विक्री गरेका हुन भने देशको हकमा पनि २०६२/६३ पछि खास गरी २०७२/०७३ संविधान सभापछि देशलाई नेताहरुले सात भागमा विभाजन गरेर देशलाई संकटकालिन अवस्थामा पुगाएका छन । भारत चीन
अमेरिका आदि मुलुकहरुमा प्रान्त छन ती प्रान्त हुनुका मुख्य कारण हुन अंग्रेजले विभिन्न देशलाई एकीकरण गरी संघ बनाएका हुन र पछि भारतीय नेताहरुले देश स्वतन्त्र हुँदा त्यसैलाई आधार बनाई राज्य गरेका हुन भारतमा त एकै प्रान्तको जनसंख्या पनि १४/१५ करोड सम्म रहेको छ भने नेपालको त जनसंख्याको हिसावले हेर्दा ३ करोड भूमि पनि २/३ गुण कम छ भने प्रान्तहरुलाई त नेपाली जनताले पाल्नै सक्ने कुरा छैन यसमा कुनै बाह्य नेताहरुको चंगुलमा फसी यस्तो कार्य गरेका हुन भन्ने ठहर गर्दछौं । आजको अवस्थामा नेपाली नेताहरुले न देश जोगाए न देशको राजसंस्था तसर्थ नेताहरु राणाहरु भन्दा झन खराब निस्किए भोली देशको पुरै अस्तित्व नमेटाउलान कसरी भनौं केही आधार छैन ।