कृष्ण बहादुर चन्द
निका सँग गयो पान चपायो ।
गट्टा सँग गयो कान चपायो ।।
‘निका’–निको – असल,
राम्रो, कुशल, ज्ञानी, बुद्धिजीवी, परोपकारी, नैतिकवान, सबैको भलो सोच्ने, विकासप्रेमी ।
‘गट्टा’– गट्टो – खराब, बेइमान, ठगी गर्ने, अरुलाई दुख दिने, नैतिकहिन, भ्रष्ट, अन्यायी, दुराचारी, झुठा कुरा र गलत प्रबृत्तिबाट ग्रसित (व्यभिचारी), खुराफाती, भ्रष्टाचारी, राज्यदोहन गर्ने ।
कान–शरिरको एक मुख्य अंग–गट्टो काम गर्नेहरुको संगत र समर्थन गर्दा आफ्नो कान निमोटिने हुन्छ र समाज र नागरिकको उन्नति र विकास हुनै सक्तैन ।
पान– एउटा वनस्पति त्यसको पातलाई पान पसले मानिस वा व्यक्ति आफैले पातको उल्टो तर्फ कत्था लगाउने र त्यसमा सुपारी, सौप लगायतको सुपारी मसाला राखेर, मोडेर मुखमा राखेर हल्का रुपमा चपाउँदै गरेर स्वाद लिइने हुन्छ ।
पान–शुभ समारोह, विहा, भोज राम्रो शुभ अवसर समय तथा मानिसलाई आद गरेर दिने गरिन्छ । यसैले भनिन्छ राम्रा मान्छेसँग गएमा संगत गरेमा उसलाई प्रदान गर्ने पान सँगै गएको मानिसले पाउँछ, यसरी उसको मान भएको महसुस भएको हुन्छ ।
फलतः आज नेपाल र नेपालीको अवस्था दशा, स्थिति त्यस्तै भएको छ । खुर्षानीको विरुवा लगाउने, रोप्ने तर सुन्तला फलेन भन्ने, के रुखमा चढेर हेरेमा सुन्तलाको दाना हुन्छन त ?
वर्तमानमा नेपालको राजनीतिमा इमान, नैतिकता, इमान्दारिता, जवाफदेहिता, कर्तवय परायणता एवं राजनीतिक संस्कार र संवैधानिक सर्वोच्चताबारे अध्ययन, विश्लेषणको आधारबाट १०० अंकमा २०% प्रतिशत पनि छैन ।
आदर्शका कुरा छाटेर, ठूला ठूला कुरा गरेर देश बन्दैन । केवल चुनाव गरेर बहुमत र अल्पमत, सरकार पक्ष र विपक्ष भएर यसकै रटानले मात्र सुशासन, विकास र प्रगति हासिल गर्न सकिदैन । राज्य सञ्चालन गर्नेहरुमा समपर्ण, त्याग, स्वच्छता, निष्पक्षता, आदर्शता नैतिकता, इमान्दारिताले काम गरेको हुनुपर्छ । शासन प्रणाली पनि देश र जनहित अनुकुल हुनुपर्छ । भ्रष्ट मनोबृत्ति, बदलावको भावना, घमण्ड, व्यक्तिगत लाभ र मनोकांक्षा, दम्ब, भनि मसलको अधार र निरभरताबाट मात्र कुशल, शासन, विधिको शासन र विकास, प्रगतिको परिकल्पना गर्नु प्रायः असम्भव हुन्छ । देश चलाउनमा साम दण्ड, भेद भनेको भ्रष्ट मनोबृत्ति नभएर स्वच्छन्धताको आधार प्रमुखता हो ।
नेपालमा लोकतन्त्र शब्दको उच्चारण भएपछिका सरकारको नेतृत्व गरिरहेका जिम्मेवार राष्ट्रिय पदमा बसेका पदाधिकारीबाट केही वर्ष अगाडी “नेपालमा खाद्यान्न, मासु, दग्धजन्य पदार्थ, तरकारी, बाहिरबाट आयत गर्न नपर्ने नेपाल सक्षम भैसक्ने तथा सिचाईको समस्या ९५% हल भै समाधान, भैसक्ने बाचा ऋषिधमला पत्रकारसँग प्रतिज्ञा गरेका थियौ ।” आज ६÷७ वर्ष वितिसक्दा कृषि क्षेत्र झनै ओरालो लागी सक्यो । वर्तमानकै अवस्था, व्यवस्था र भ्रष्टिकरण कुशासनको अन्त नभएसम्म माथि उठन सक्ने कुनै सम्भावना देखिदैन ।
नयाँ रुपको प्रणालीमा संघीय संरचना अनुसार विना कुनै अध्ययन, आधार सर्भेक्षण जनताको प्राथमिकता, चाहना, प्रभाव र भावना विना जिल्ला क्षेत्रमा भएका अधारभूत महत्वपूर्ण संरचनाहरुसबै भत्काएर, भताभुङ्ग, पारेर जिल्लामा भएका कृषि सेवा केन्द्रहरुले दिदै गरेको प्रभावकारी कृषि सेवालाई झनै बढी सेवा र टेवामा उल्लेख्य महत्वका साथ जानु पर्नेमा सबै कृषि क्षेत्रको विकासका संरचनागत हेल्पीङ हेण्ड सेवा प्रदाय संस्था लाईन एजेनसीहरु समाप्त पारेर पालिका स्तरमा कृषि विकासका लागी कृष शाखा नामको निकाय खुलेको अवस्था छ ।
यो निकायबाट विकास वर्ग के कति लाभान्वित भएका ? कति उनीहरुको जीवनशैलीमा आशातीत प्रगति भएको ? किसानका न्यूनतम आवश्यकता कति परिपूर्ति भएर आर्थिक उपार्जनमा टेवा पुगेको ? सर्वसाधारण किसान वर्ग कति आत्मनिर्भर भएका ? किसान वर्गमा कृषिका अध्ययन जरुरत पर्ने मल, विउ, प्राविधिक सहयोग, गुणस्तर क्षमता, उत्पादनशीलता लगायतका आधारभूत र मूलभूत सेवा प्रदान भएको छ कि छैन ? यावत विकासबारे आज नयाँ संरचनागत अनुसार चलेको ७ वर्ष पुरा भैसक्यो तर अध्ययन विश्लेषण छ, किसानको गति र अवस्थामा भने सुधार नभएको, जीवनशैली मािथ उठाउन, सेवा सुविधा पाएको छैन, आम किसान पछाडी पर्न गएको अवस्था देखाउँछ, तथ्यगत यथार्थतता यही छ ।
प्रदेश तहबारे कृषि विकासको ठाउँमा कृषि ज्ञान केन्द्र नामाकरण गरिएपछि प्रदेश तहको ज्ञान केन्द्र भनिन्छ, साधारण किसान र आफै किसानको पहुँच त्यहाँ पुग्दैन ।
त्यो तहमा केवल राजनीतिक पहुँच र खास खास व्यक्तिहरुको पहुँच र बोलवाला र प्रदेशले बजेट रकम योजना प्रदान गर्छ र आफ्नै ढाँचा, तौर तरिका साठगाँठ, सबै भएर योजना र कार्यक्रम संचालन हुँदै गरेको पाइन्छ । जनताका लागी प्रदेशको महत्व यस प्रकारले नभै नहुने भएको हो की ?
राष्ट्र र जनता सर्बोपरी हुन, राष्ट्र र जनताका लागी कल्याणकारी, विकास र प्रगतिका काम गर्नु भनेकै उन्नति र विकास हो तर इमान र स्वाभिमान गुमाएको अवस्थामा राज्य शासन गर्नु, जनभावना विपरित काम गर्नुले देश र जनताको कल्याण हुन सक्तैन । नेपालको अवस्था, व्यवस्था प्रणाली अनुसार राज्य सत्ता सञ्चालन ठीक दिशामा चलेको छैन ।
विज्ञता हासिल गरेका निष्ठा र इमान भएकाहरु पछाडी पर्दै जाने तर अयोग्य, भ्रष्टहरुको जमघटबाट सरकार चल्नु भनेको देश र जनताको कल्याण हुनै सक्तैन, भन्ने गर्छन “नेपाली जनताले हामीलाई नै मत दिएर जिताएर पठाउँछन,” यसैले नेपाली जनताका कान पनि निमोटिने गरिएको छ, परिणामले देखाएको छ । Right Man Right Place सही व्यक्तिले ठीक ठाउँमा स्थान पाउदैन । नेपालमा ३ दशक अगाडी खाद्यान्न चामल, धान, तेलहन, दाल लगायत छिमेकी देश भारत र तेस्रो मुलुक द.कोरिया, बंगलादेश, इन्डोनेसिया लगायतका देशहरुमा निर्यात गरिन्थ्यो तर आज वैदेशिक ऋण सहयोग २७ खर्ब पुगेको, प्रत्येक बच्चा बृद्धको टाउकोमा ८५ हजार रुपैया राष्ट्रिय ऋण पुगी सक्यो भने बाहिरी देशहरुबाट खाद्यान्न बस्तु नेपालले खरिद गरेर ल्याएन अर्थात आयात गरेन भने देशमा भोखमरी हुने स्थिति छ । आज कृषि क्षेत्र पूर्ण रुपले तहस नहस भैसकेको छ, कुनै उन्नति प्रगति तर्फ अघि बढने किसिकको, विज्ञताको आधारबाट नीति निर्माण नहुन दुर्भाग्य हो । केवल राजनीतिक तह र अनभिज्ञ नेता र नेतृत्वबाट उचित परिणाममुखी सार्थक नतिजा आउन सक्तैन । वर्तमानको अवस्था, व्यवस्था, प्रणालीमा सुधार भएन भने राम्रा व्यक्तिले राजनीतिमा सेवा गर्न स्थान नपाउने र देश र जनताको उन्नति र भलो नहुन सक्ने प्रष्ट यथार्थ सत्य सावित भैसक्यो । नेपाली जनतामा सार्थक चेतना र विचारले काम गर्न जरुरी छ । (कृष्ण बहादुर चन्द : समाजसेवी पूर्व कृषि अधिकृत पाटन न.पा. ६ पाटन, बैतडी