नेपालमा उद्योगी र व्यापारी माथि आक्रमण भई रहन्छ किन ? क्रसर उद्योगहरु खुलेका छन छिमेकमा कसैले व्यक्तिगत फाइदा उठाउन नपाउँदा प्रदुषण भयो भन्ने फाइदा भए ठीक छ भन्ने गर्ने हो भने उद्योगहरु धारासाही हुनेछन । वातावरणको अध्ययन त पहिले गरेरै स्वीकृत दिएको हुन्छ भने पछि किन गर्ने ? त्यस्तै व्यापारीहरुको व्यापार चौपट छ व्यापारीहरु घाटामा आएका छन ।
नगर विकास समितिको माग बमोजिम व्यापारीहरुले बढी रकम भाडा तिर्ने गरी बढाबढमा कबोल गरी आफ्नै लगानीमा नगर विकास समितिको डिजाइन नक्सा अनुसार समितिकै रेखदेख र नियन्त्रणमा आफैले भवन निर्माण गरी व्यापारीक पसल राखेकाहरुको प्रथम सम्झौता १० वर्षको भए पनि स्वतः म्याद थपिने गरी बहाल कर आर्थिक वर्ष भित्र चुक्ता गर्दै आएका छन । व्यापारी आफैले बनाएका घरको भाडा ३५ सयदेखि ४/५ हजारसम्म रहेको भए पनि न.पा.ले दोब्बर तेब्बर भाडा बढाए पनि गत वर्ष सबैले चुक्ता गरी सकेको र कुरा भए बमोजिम अषाढ मसान्त भित्र चुक्ता गर्नेबाट व्याज नलिने भन्ने कुरा भए पनि गत वर्षको व्याज थप गर्दै प्रति महिनामा भाडा भन्दा व्याज बढी लगाएको तिर्न व्यापार पनि मन्द भएकोले यो चालु आ.व.को भाडा पनि बाँकी रहेको हामी एकमुष्ट तिछौं मिटर व्याज बन्द गरी भाडा मात्र लिन मन्जुर गर्न भिमदत्त न.पा.सँग व्यापारीहरुले अनुरोध गरे पनि नसुनी मिटरव्याज हटाई शुद्ध भाडा बुझ्ने व्यवस्था होस भनि व्यापारीहरुले आफ्नो संगठन उद्योग वाणिज्य संगठन मार्फत पनि निवेदन दिएकोमा कुनै सुनवाई न न.पा.बाट भयो न उद्योग वाणिज्य संघबाट हामीलाई मिटरव्याज लगाई भाडा देउ भनि न.पा.ले ताकेता गरेको छ तर कसैले सुनिदिएन भन्ने व्यापारीहरुको गुनासो रहेकोमा यसतर्फ विचार गरी फिल्ड निरिक्षण समेत गरी उद्योग वाणिज्य संघलाई नेतृत्व गरिदिन हुन भनि अनुरोध गरे पनि सुनि दिएको छैन । मिटर व्याज बन्द गरी लागेको भाडा एक मुष्ट बुझाउँछौ भन्ने व्यापारीहरुको अनुरोध रहेको छ भन्ने कुरा थाहा पाउँदा पनि उद्योग वाणिज्य संघले कुनै वास्ता गरेन, व्यापारीहरुको संगठन भएर पनि केही नगरेको बताउँछन मिटरव्याजी त्यो पनि ऋण विनाको व्याज नगरपालिकाले अन्याय गर्नु उचित होइन एकातर्फ दुई गुणा भन्दा बढी कम्तीमा अढाई गुणा बढी भाडा बढाउनु त्यसमा चक्रवर्ति भन्दा पनि बढी मिटर व्याज असुल गर्न खोज्नु अन्याय हो ।
भीमदत्त नगरपालिकाको नगर विकास समिति मार्फत योजना अनुसार माथिल्लो तला थपेर व्यापारीहरुलाई थप सुविधा उपलब्ध गराएमा नयाँ व्यापारी पनि भाडामा बस्ने थिए भन्ने व्यापारीहरु बताउँछन ।