ई – दिशानिर्देश

राजा महेन्द्रको राजनीतिक दर्शन

२० जेष्ठ २०८१, आईतवार
राजा महेन्द्रको राजनीतिक दर्शन

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

सानो देशको ठूलो राजा महेन्द्र भन्दा उनको दर्शन झन ठूलो । २००७ देखि २०१७ सम्म नेपालमा प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको चहलपहल र विगविगि थियो । नेपालको सारा काम दिल्ली दरबारको निर्देशनमा हुने हुुँदा युवराज महेन्द्रले सहयोगको लागी भनेर एक जना राजाको परिचित र विश्वासिलो व्यक्तिलाई चीनका राष्ट्रपति माउत्सेतुङको लागी एक पत्र लेखी पठाएका थिए । भनेका थिए कि राष्ट्रपतिकै हातमा दिनु ताप्लेजुङ तिब्बत हुदै पत्र बाहक ३० नाल भरुवा बन्दुक सहित ३०/३५ जना साथमा लगी तिब्बतको आर्मी व्यारेकसम्म गए सेना प्रमुखलाई भेटेपछि साथमा गएका अरु सबैलाई फर्काइ दियो र उनी २/४ दिन आर्मी व्यारेकमा बसे पछि चिठी हामी पु¥याई दिन्छौं भन्दा मानेनन् र उनलाई आर्मीद्वारा आर्मी
व्यारेक लासामा पु¥याई दियो अब राजधानीबाट जहाज आउँछ र उसमा जानु भन्दा भन्दै उनलाई लैजान जहाज आएन ढिलोगरी १५/२० दिनमा जहाज आयो र उनलाई बेजिङ लगेर गए बाटोमा ३ दिन लागेको कुरा एक पटक १५/२० वर्ष पुर्व नागरिक पत्रिकाले पनि प्रसारण गरेका थिए । राजधानी पुगेपछि राष्ट्रपति भवनमा जाँदा सचिवले पत्र म बुझाई दिन्छु भनि मागेछन तर युवराजले राष्ट्रपतिकै हातमा दिनु भनेको छ त्यसकारण म आफै दिन्छु भेटाई दिनुहोस भन्दा हुन्छ भनि राष्ट्रपति माउत्सेतुङ सित भेटाई दिएको कुरा नागरिक पत्रिकाले समेत खुलासा गरेका थिए । जव पत्र राष्ट्रपतिको हातमा पुग्यो तब राष्ट्रपतिले पत्र बाहकलाई भनेछन, तिमीलाई बोलाउन ढिलो भयो युवराज महेन्द्र सित भनि दिनु कि मेरो दोभासे दारजिलिङ गएका थिए बोलाउँदा र त्यहाँबाट आउन ढिला भयो भाषाको समस्या र विश्वासिलो पनि अरु नहुँदा ढिला भएको हो भनि दिन भन्दै युवराज महेन्द्रको पत्र खोली पढेपछि अर्को जवाफी पत्र लेखी पत्र बाहकलाई बुझाउँदै भनेछन अब सबै बुझे जाउ तिमी भने पछि पत्र बाहकले उत्सुकता जाहेर गर्दै युवराजले लेखेको पत्रमा के रहेछ हजुर भन्दा त्यस्तो त केही छैन नेपालको सरकार
भारतमुखी अर्थात जे जे उताबाट भन्यो त्यही गर्छ देश जोगाउन मदत गरिदिनु प¥यो बरु कम्युनिष्ट हुनु परे पनि म हुन्छु भनेर लेखेका छन र हाम्रो राष्ट्रपतिले पनि पत्रमा लेखेका छन म नेपाललाई सहयोग गर्छु कम्युनिष्ट बन्नु पर्दैन भनेर लेखेका छन भनि दोभासेले सुनाई दिदा पत्र बाहक पनि खुसी हुदै फर्केका थिए, फर्केर युवराज महेन्द्रलाई भेटन जाँदा उनी त राजा भैसकेका रहेछन र प्रथम सहयोग त्यही कोदारी राजमार्ग थियो पछि त अरु सहयोग पनि थपिदै गए भन्ने केही कुरा उल्लेख
गरि ४/५ वर्ष पुर्व पनि यस्तै जानकारीमुलक लेख लेखेको थिए ।
राजा महेन्द्रको राजनीतिक दर्शनको कुरा गर्दा २००७ सालदेखि बहुदलीय व्यवस्था भयो सांसदहरु एम.पी.को निर्वाचन बालिक मताधिकारबाट निर्वाचन भई त्यही सांसदहरुबाट सरकारको गठन हुने प्रकृया चालु रह्यो । २००७ सालसम्म पुग्दा बहुदलीय व्यवस्था र त्यसको प्रमुख पार्टी नेपाली कांग्रेस भारत निर्देशित हुन पुग्यो देश नै हराउने संकेत देखिदा राजा महेन्द्रले त्यस बारेमा गम्भीर भएर देशको राजनीतिक व्यवस्था भारत, चीन सित मिलान नहुने अलग्गै प्रकारको बनाउने सोच गरी आफ्नै अलग्गै दर्शनले निर्दलीय पञ्चायती प्रजातन्त्र नामको व्यवस्थाको सुरुवात गरेपछि विस्तार विस्तार त्यसैलाई परिमार्जन गर्ने सोचमा भई निर्दलीय पंचायती व्यवस्थाको सुरुवात भयो । निर्दलीय पंचायती व्यवस्था राजा महेन्द्रको दार्शनिक नौलो व्यवस्था थियो । यस्तो व्यवस्था विश्वभरी कही कतै नौलो व्यवस्था विरोधी र नबुझेकाहरु भन्ने गर्छन राजा महेन्द्रले २०१७ साल पुष १ गते प्रजातान्त्रिक निर्वाचित सरकारलाई “कु” गरेका हुन तर बुझ्ने र भोगे देखेकाहरु भन्ने गर्छन देश जोगाउने काम गरेका हुन त्यही कु पछि नेपालको उत्तरी सिमानामा रहेका भारतीय सैनिक पोष्ट बलजफती हटाएका हुन, पुर्वबाट हटाउँदै कालापानी पुग्दा भारत चीनको युद्धको भयानक भएपछि चीनको आग्रहमा युद्ध समाप्त नभएसम्म रहन दिने र पछि मात्र हटाउने भन्ने कुरा भएपछि राजा महेन्द्रको निधन भयो भने बाँकी सबै नेपाली सरकारका पदाधिकारी पनि मरे सरह नै भए उनीहरुले सोचे देश राजा महेन्द्रको मात्र हो हाम्रो त हैन भन्ने सोचाईमा डुवे नेता तथा सरकार ।
राजा महेन्द्रको राजनीतिक दर्शन वास्तवमा नेपाललाई सुहाउने ठीक हुने दर्शन हो । कुनै कोही राजनीतिक पार्टीका दास थिए न कुनै जनताका प्रधान पंच सांसद सबै जनताबाट निर्वाचित गरिन्थे । सुरु सुरुमा स्थानीय तहको निर्वाचनमा जनताले मत दिने र पछि जनताबाट निर्वाचित सदस्य, प्रधान पंचहरुले सांसद चुन्ने चलन थियो भने विस्तार विस्तार सुधार गरी अन्तमा सांसदहरुलाई पनि प्रत्यक्ष जनताले चुन्ने तरिकाको थालनी भयो । छिमेकीहरु तथा विश्व जगतलाई समेत राजा महेन्द्रको दर्शन अवलम्बन गर्छन कि भन्ने त्रासले नेपाली नेताहरुद्वारा आवाज उठाउन लगाई राजाको दर्शनलाई नमान्न निर्देशन फैलाउन थाले । यदि राजा महेन्द्रको दर्शनलाई नेपालीले विश्वमा फैलाउन सके नेपाल उच्च कोटीमा पुग्ने थियो दर्शन अनपढ र दलालहरुले बुझ्न सकेनन् । माओवाद मान्नेहरुले समेत महेन्द्रवाद मान्न सकेनन् । पृथ्वीनारायण शाह र महेन्द्र वीरविक्रम शाहको वाद अप्रत्यक्ष रुपले विश्वले मानेको छ तर नेपाली नेताहरुले मान्न स्वीकारेनन् । अन्तमा दिल्ली दरबारकै गुलाम बने जो दुःखद छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh