बलदेव अवस्थी
एमाले र नेपाली कांग्रेस दुवै पार्टीको सहयोगमा पुष्पकमल दाहाल प्रचण्ड नेपालका प्रधानमन्त्री बने जवकि नेपालको संविधानमा सबैभन्दा बढी मत ल्याउने पार्टीलाई सरकार बनाउन राष्ट्रपतिले आह्वान गर्नुपर्छ भनेको छ तर त्यस्तो भएन भागबण्डाको प्रजातन्त्रमा सबैभन्दा कम मत प्राप्त गर्ने माओवादी पार्टीलाई सरकार बनाउन दियो, विश्वासको मत पनि प्राप्त ग¥यो दोस्रो पटक पनि सरकारमा हेरफेर ग¥यो । दोस्रो पटक पनि विश्वासको मत प्राप्त गरेको प्रधानमन्त्री हो कहाँ कसरी कुन ठाउँमा के काममा अविश्वास ग¥यो हामीले त त्यस्तो अविश्वास गरेको देख्न पाएनौं । यदि देउवा र ओलीले देखेको छ भने बताई दिनु प¥यो, जनतालाई भनि दिनु प¥यो यो यो कामले अविश्वास ग¥यो भनेर प्रचण्डले त हामीले देख्दा जनताको लागी केही पनि अविश्वास हुने काम गरेन । हो पार्टीहरुको व्यक्तिगत भागबण्डा चिया बगानको जग्गा विक्री, बालुवाटार, ललिता निवास बाल मन्दिर जस्ता सरकारी सम्पत्ति हिनामिनामा भाग खोज्यो भने हामीलाई थाहा छैन भुटानी शरणार्थी माथि गरेको अन्याय र नेपालीलाई भुटानी शरणार्थीको नाममा पैसा खाएर अमेरिका पठायो भन्ने कुरा त मिडियाबाट थाहा भएकै हो । आज जो जो प्रचण्ड माथि अविश्वासको प्रस्ताव पास गराएर हटाउँदैछन उनीहरु पनि देशको खातिर नभएर आफ्नै खातिर हुन भन्ने कुरा हामी सबैले बुझेका छौं । देशको लागी प्रधानमन्त्री एक जना हुन्छ अरुले राष्ट्रको लागी सहयोग गर्नुपर्छ, पार्टी प्रमुख अथवा सांसदहरुले आलोपालो गरी प्रधानमन्त्री हुने हो भने त्यो देशको लागी हो भनेर हामी कसरी भन्न सक्छौं ।
पाँच वर्ष एक पार्टीले चलावस पाँच वर्ष अर्को बहुमतवालाले चलावस, वर्ष महिना दिन गन्ति गरेर प्रधानमन्त्री विश्वमा कही भएका छैनन्, हुने चेष्टा पनि गर्दैनन् । हो हाम्रो त प्रचण्ड र गिरिजाप्रति सुरुदेखि विश्वास थिएन किनभने यी दुवै भारतको कोल्टोमा परेका हुन । सातै दल भारतका गुलामी हुन स्वदेशको चावी विदेशमा बुझाउनेलाई हामी ठीक हुन भन्न त सक्दैनौं तर पनि नेपाली निहत्ता जनतामाथि क्षति पुगाउने काम भने अवश्य पनि माओवादीका लिडर प्रचण्ड र बाबुरामबाट भएको हो । यति कुरा त अवश्य पनि हामीलाई थाहा छ तर हाम्रो भन्नु एक कुरा के हो भने आन्दोलनकारी जनधनको क्षति गर्ने र उनको टाउकाको मूल्य तोक्नेहरुले कम सिट ल्याएका माओवादी नेता प्रचण्डलाई के कुन विश्वासले प्रधानमन्त्री बनाइए र त्यसपछि जनताको लागी के अविश्वास गरे त्यो कुरा त जनता माझ पुग्नु पर्ने थियो । के २/२ वर्षको आलोपालो गरी सत्ता हत्याउने भन्नेमा कुरा मिलेन कि चिया बगान ललिता निवास बालुवाटार जस्ता भ्रष्टाचारी काम तथा भुटानी सरणार्थीको नाममा नेपाली नागरिकबाट पैसा लिएर नेपालीलाई भुटानी शरणार्थी बनाएको सजायबाट मुक्ति पाउन नसकेको अविश्वास हो प्रष्ट बुझ्नु
प¥यो । देशलाई तल झार्नमा मुख्य हात गिरिजा, देउवा, प्रचण्ड, ओली समेत सबैको साझा हो किनभने ७ र पछि ८ दलले जे भन्यो जे गर्न खोजे त्यो त निर्विवाद रुपले भैरहेको नै थियो ।
गल्ती ठीक हो माओवादीको थियो उसलाई स्वदेसी विदेशीको मिलोमतोमा उस्काईयो । सरकारबाट गाउँको गाउँमा रहेको सरकारको उपस्थिति जिल्लामा फिर्ता बोलाई गाउँहरु अप्रत्यक्ष माओवादीको जिम्मामा लगाएका थिए । जानेर नजानेर पनि राष्ट्रमा सुख शान्ति राख्न खोजेन नेकपा र ने.का.को सरकारले । फलस्वरुप माओवादीहरुलाई जंगल वसाली राष्ट्र दोहन गर्ने काम
गरे कहिले राजा सित मिल्ने राजालाई दाम चढाउने कहिले गाली गर्ने त अन्तमा राजसंस्था मास्ने काम गिरिजाकै नेतृत्वमा सबै मिले पनि महान गल्ती गिरिजाको नै थियो ।
यदि सुरु २०५१/५२ देखि माओवादी नेताहरुले राष्ट्रको अहितमा देशद्रोही काम गरेका थिए भने उनी माथि किन कारवाही भएन शासन सत्ता त एमाले तथा ने.का.कै हातमा थियो । संविधान बमोजिम सांसदको म्याद सकिए पनि त अवश्य जनता माझ जानु र नयाँ जनमत जनादेश लिनुपर्ने थियो तर गिरिजाको लिणेढिपी र माओवादी एमालेको सहमतिमा मरेको अर्थात म्याद समाप्त भएको सांसदलाई जिवित गराउन राजा सित गैर कानूनी रुपमा राजाले पनि देशमा शान्ति हुन्छ भने गैरकानूनी छ भन्ने कुरा थाहा हुँदा हुदै सांसदको म्याद ५ वर्ष भए पनि ६ वर्षसम्म निर्वाचन गर्न नसकेको सांसदलाई राजाद्धारा जिवित गराई अन्तमा त्यही मरेर जिवित सांसदले राजालाई हटाउने निर्णय ग¥यो । गिरिजा समेत मिलेर त्यस्तो निर्णय त सांसद जिवित छदै पनि गर्न सक्दथे यदि त्यस्तो गरेको भए सांसद नयाँ जनादेशद्धारा गठन हुने थिए । यी सबै सत्ताधारी पार्टीहरु आफ्नै बुद्धिले चलेका नभई भारतीय नेताहरुको वहकावमा लागी सारा पार्टी राखि राष्ट्र वर्वाद पार्ने काममा लागेकै हुन ।