ई – दिशानिर्देश

राष्ट्रको संकट सबै मिलेर सामना गरौं

७ श्रावण २०८१, सोमबार
राष्ट्रको संकट सबै मिलेर सामना गरौं


आज २०/२५ वर्ष पुर्वदेखि राष्ट्रका जिम्मेवार सञ्चालकहरुबाट हामी सुन्दै आइरहेका छौं कि नेपाल नेपालीबाट चलेको नभई बाहिरबाट चलेको छ भन्दा हामीलाई अचम्ब लाग्दथ्यो त्यो कुरा साचो भएकोले नेताहरुले हामीबाट सहयोग लिन त्यो कुरा प्रकाशमा ल्याएका थिए भन्न सकिन्छ । हाम्रो सरकार माथि संकट आइपर्दा हामीले चुप लागेर बस्नु पर्ने हाम्रो न धर्म हो न सुहाउँछ । हामी जनताको काधमा ठूलो जिम्मेवारी आएको छ । धैर्य र आत्मबलको जव हामी देशका नेता, जनता राजा एक साथ एकजुट हुदैनौं तबसम्म हामीमाथि अप्रत्यक्ष रुपले विदेशी शासन लादी रहने नै छ । यसबाट बच्ने उपाय नेताहरुलाई थाहा छ सत्य तथ्य बताई दिएपछि यस देशको रक्षा हामी आफै गर्छौ । आज एक महिने दुई महिने सरकारको निर्माण भई रहेको छ । यति सानो अवधीमा कसले के गर्न सक्छ कसैले पनि सक्दैन, राज्य सञ्चालन गर्न त इमान्दार राष्ट्रप्रति समर्पित व्यक्तित्वको खाँचो हुन्छ । धेरै पहिले अव्राहम लिंकन र हामीसँगै नेलसन मण्डेलाको आन्दोलन चलेको थियो उनी हाम्रा नेता गिरिजा, देउवा, मनमोहन, गणेशमानझै सफल भए । सफलतामा नै जीवन समर्पण गरे नेलसन मण्डेला भन्दा हाम्रा नेता के कम छन हाम्राले पनि जेलनेल काटेकै हुन भन्नेमा हामी पनि सहभागी भयौ, २०४६ को जनआन्दोलन सफल भयो २०४७ को संविधान बन्यो तर दुःख लाग्छ जसले संविधान बनायो उनैले लगेर गए ।

यस देशको इज्जत मान सम्मान रहदैन कहिले परतन्त्रमा नगएको देशले त परतन्त्र पो प्राप्त गरेको कुरा पुर्व प्रधानमन्त्रीहरुको मुखबाट सुन्दा हामीले राष्ट्रको लागी यस देशका सम्पूर्ण बासिन्दाले एक स्वरमा भनौं विदेशी हस्तक्षेप हटाऔं स्वाभिमान राष्ट्रको निर्माण गरौं, हाम्रा नेताहरु तथा राजालाई वैदेशिक हस्तक्षेप हुन्छ भने हामी सामना गरौं, हाम्रा उद्योग कलकारखाना हामी आफै चलाउने गरौं घर घरमा कपास रोपौं, कपास विकास संस्थाको संरक्षण गरौं खेतको गहुँको भुसा पराल र जंगलको बावियोद्धारा कागज कारखाना संचालन गरौं, बचेका सम्पूर्ण उद्योगहरु सम्पूर्ण नेपाली मिलेर निखनी ल्याऔं, जसको जे सीप छ त्यही अनुसार काम गरौं र अन्तमा कोही आफ्नो पराया नसोची राष्ट्रको निर्माण विकास उन्नतिमा जुटी स्वदेशमा नै रोजगारीको बन्दोबस्त गरौं भन्ने हाम्रो धारणा रहेको छ । राष्ट्रको संकट पनि साझा हो सबै मिलेर अगाडी बढौं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh