ई – दिशानिर्देश

उजुरी नदिएर हेर्न मिल्छ कि मिल्दैन ?

२१ श्रावण २०८१, सोमबार
उजुरी नदिएर हेर्न मिल्छ कि मिल्दैन ?


अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग के अनुरोध गर्छौ भने सरकारी सम्पत्तिमा आँच आउने गरी सरकारी निकायले योजना लगत इस्टिमेट बनाई दुरुपयोग गरेकोमा हेर्न मिल्छ मिल्दैन ? जस्तो कि अत्तरीया देखि गड्डाचौकी सम्मका सडकमा पुलहरु चौडा गर्दा थप पुल कल्भर्ड बनाउँदा प्राविधिकहरुले त्यस्तो इस्टीमेट डिजाइन गर्न मिल्छ कि मिल्दैन हामीले त आजसम्म भारत तथा नेपालमा साना ठूला पुल कल्भर्ड बनाउँदा फलामे छड राखेर ढलान गरी जग बनाउनु पर्नेमा उपरखापड ढुंगाको चिनाई गरी देखावटी रुपमा १ फिट सरियाका ढुक्रा राखी पुलको छत राख्ने काम भएका छन, यस बारेमा पहिले पनि यहि पत्रिका मार्फत जानकारी गराएकै थियौं, त्यसपछि पनि राजमार्गको कलुवापुर, बनखेत तथा शान्ति निकेतन राम मन्दिर सडकमा राखिएको पुलको अवस्था पनि त्यस्तै छ ढुंगाले चिनाई गरी माथि लेन्टर राखेको छ, भारी गाडी जाँदा अवश्य भत्कने वाला छन । किन यस्तो डिजाइन र लागत इस्टीमेट ग¥यो विना सरीया तथा ढलान बेगर ढुंगाले चिनाई गरेको पुल कसरी टिक्छ हामी सबैले देखेका छौं । सुडामा सानो खोल्सामाथि बनेको पुल त जगैबाट इटाले चिनाई गरेर लेन्टर राखेको त ढलेको छ भने बाँकी कसरी टिक्छन । जानी जानी प्राविधिकहरुले आफ्नो अधिकारको दुरुपयोग गरी गलत इस्टीमेट डिजाइन गरेकोमा किन कारबाही भएन र सुधार किन गरिएन यसको जवाफ सम्बन्धित निकाय तथा अख्तियार दुरुपयोग अनुसन्धान तथा जिल्ला प्रशासन कार्यालयसँग समेत निरिक्षण गरी कारवाहीको माग गर्दछौं । जनभावना

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh