ई – दिशानिर्देश

नेपाल आमालाई युवाबाट धोका नमिलोस

२७ श्रावण २०८१, आईतवार
नेपाल आमालाई युवाबाट धोका नमिलोस

आज नेपाल आमालाई युवाबाट धोका भएको छ भने सरकार तथा वर्तमानका नेताहरुबाट युवा युवतीलाई धोका भएको छ किनभने आफ्नी आमाको काखमा बस्न र स्याहार गर्न पाउने व्यवस्था अपहरण गरेका छन । यो दिर्घकालीन लक्ष्य थियो र छ पनि सर्वप्रथम त ठूलो अन्याय नाम मात्रको प्रजातान्त्रिक सरकारबाट चीन सरकारले दिएको दहेजको मुलभाग काठमाडौं भक्तपुर जोड्ने ट्रलीबस र बस स्टेसन ध्वस्त पारे त्यस्तै कमै सित जनसहभागिता कृषिजन्य उद्योगहरुमा पनि अघोषित आक्रमण भयो । रुस र चीन हाम्रा परम मित्र थिए रुसबाट अथाह सम्पत्ति नेपालले प्राप्त गरे उद्योगहरु खोली दियो भने अझै नेपालमा सडक रेल संजालमा सहयोग गरीदिन्छु अझै भनिरहेको भए पनि रुसलाई कुनै उत्तर नै नदिएका कुरा सञ्चार माध्यमबाट प्रसारण भएकै हुन । नेपालको पुर्व नीति असंलग्न थियो तर रुस युक्रेन युद्धमा संलग्न भएको देखियो जुन देखिनु पर्ने थिएन । वैदेशिक रोजगारी दिने राष्ट्रहरुबाट हामीले धेरै कुरा सिक्नुपर्ने मौका पाउँदा पाउदै सिक्न चाहेन हामीले विश्वमा कुनै देशहरु अरु देशका नागरिकहरुलाई पनि रोजगारी दिदैछ भन्ने हामीले आफ्ना युवायुवतीहरुलाई पनि दिन नसक्ने कस्तो बुद्धि हो । छिमेकी तथा तेस्रो देशका विज्ञहरुलाई नेपालमा बोलाई यहाँका युवायुवतीहरुलाई रोजगारी दिन के कस्ता नीति कार्यक्रम बनाई विदेश गएकालाई स्वदेश फर्काइ रोजगारीको बन्दोबस्त गर्न सकिन्छ भनि सल्लाह लिएर नेपाल
अधिराज्य भरीको भूभागमा भ्रमण गराई विज्ञहरुबाट कृषिजन्य उद्योग, खानी उद्योग जो निकासी मूलका पनि हुन त्यस्ताको खोजी गरी विदेशीलाई पनि साझेदारी बनाएर हुन्छ भने बरु त्यस्तै गरेर पनि हरेक रोजगारीको सिर्जना गर्नु सरकारको दायित्व र कर्तव्य पनि हो । कृषि वैज्ञानिकहरुलाई २/४ जना आवश्यकता अनुसार पहाडी जिल्लाहरुमा राखी फलफूल तथा उन्नत अन्न खेतीको विकास गरी कृषिजन्य निकासी मूलका उद्योगहरु स्थापना गराई स्वदेशमा नै रोजगारीको बन्दोबस्त गराई देशले युवाबाट पाएको धोका तथा युवाहरुले नेताहरुबाट पाएको धोकालाई अन्त गरी इमान्दारिताका साथ युवाहरुले यो देशको दायित्व आफ्नो काँधमा बोक्नुपर्ने हामी ठान्दछौं । नेता तथा सरकारले अघोषित रुपले युवाहरुलाई देश बाहिर पठाउनु नेपालको सोक हो बन्द गर्नुपर्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh