विद्यालयहरु सरकारी सामुदायिक हुन वा निजी कसैले पनि व्यापार गर्नु हुदैन बरु स्कुलको स्तरमा सुधार ल्याउनु जरुरी छ । २०४६/४७ सालमा शिक्षक विद्यार्थी राजनीति गर्ने नेताहरुको प्रचार प्रसारमा लागेर पढाई खराब भयो भने २०५२/६२ सम्म माओवादीहरुको अभियान विद्यार्थीहरुलाई लगेर गए उनको पनि जीवन खराब गरिदियो । बैजनाथ माध्यमिक विद्यालयको प्रथम एसएलसी परिक्षा २०२७ सालमा दिएका हुन भवन बनि रहेको थियो विद्यार्थी जिल्ला पंचायतको ह्वाईट हाउस भन्ने भवनमा बसी अध्ययन गर्दै थिए ।
वैजनाथ मा.वि. जिल्लाभरीको स्तरीय थियो, प्र.अ. उत्तम चन्द थिए । विद्यालय र प्र.अ.को एक सामान मान मर्यादा थियो । जव पढाईलाई भन्दा राजनीति दंगा फसाद तर्फ शिक्षक तथा विद्यार्थी कुदे तबदेखि बैजनाथका हालत पढाई सबै खस्कियो । आज यसलाई शिक्षा दिक्षा भन्दा पनि व्यापार चाहिएको छ । सरकार हामी सबैकौ साझा जग्गामा छात्राबास विद्यालयको स्तर उन्नति भन्दा पनि सटर भाडामा दिई कमाउने र खाने बदनियतपूर्ण दिर्घकालिन योजना अनुसार बनाईदै गरेका सटर बन्द गरौं र शिक्षा क्षेत्रमा ध्यान दिउ । त्यस्तै नेपाल रेडक्रस सोसाईटीलाई कार्यालय राख्न जग्गा दिने हो नकि सटर बनाई भाडामा दिन त्यस कारण गैर कानूनी काम बदर गरी सम्बन्धित निकायबाट कारवाही होस । जनभावना