द्वन्दकालदेखि आगजनी गरिएपछि बन्द रहेका हवाई मैदानमा बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर तथा त्यस्तै अरु हवाई मैदानहरु २०४७ पछि खास गरेर ०६२/६३ पछि त पुरै बन्द भए पाटन हवाई मैदान भने कालोपत्रे समेत भैसकेर हप्तामा एक दिन उडान चलिरहेको पनि थियो ।
टिकट पाउ भीड लागेको भए पनि बीचमा सेवा अबरुद्ध गरेकाले यात्रीहरुले दुःख पाएपछि मात्र हवाई सेवाप्रति विश्वास घटेकोले केही दिन यात्री कम पाइए पनि सेवा नियमित रहेमा यात्रीको कमी हुने छैन । यदि निजी कम्पनीहरुले सेवा दिन नसक्ने अवस्था भएमा नेपाल हवाई सेवा विभागले बन्दोबस्त मिलाई धनगढी, बैतडी, दार्चुला, बझाङ, महेन्द्रनगर कम्तीमा पनि हप्ताको एक दिन निश्चित गरी वायुसेवाको सुविधा यहाँका जनताले मागी रहेका छन । वर्षादको समयमा सडकको दुर्वलता, विरामी बालबच्चाहरुको तथा अन्य जेष्ठ नागरिकहरुको कमजोरी विरामी आउन जान नसक्ने अवस्थालाई समेत ध्यानमा राखी धनगढी, महेन्द्रनगर, पाटन, गोकुलेको हवाई सेवा चालु गरिदिन हवाई सेवा विभागसँग अनुरोध गर्दा पनि २ वर्षसम्म कुनै वास्ता नगरेकोले जनताको आवाज नसुन्ने सरकार सित सबै पालिकाहरुले ध्यान दिई निर्वल जनताको भलाईको लागी हवाई सेवा संचालन गर्नुपर्ने व्यवस्था चाडो गरिदिन हुन अनुरोध गरेका छन ।
यहाँका जनताले करिव ०३०/३१ सालदेखि पाईरहेको सुविधामा झन सुविधा पाउनुपर्नेमा सुविधा काटेकोले जेष्ठ नागरिकहरुले आपत्ति जनाएको पाइन्छ ।