ई – दिशानिर्देश

हामीबाट जन्मिएका सन्तान हामी सित छैन

५ भाद्र २०८१, बुधबार
हामीबाट जन्मिएका सन्तान हामी सित छैन


बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

आज मनुष्यको व्यवहार चरा र पशु भन्दा तल झरेको छ, त्यस कारण सरकार पनि चरा र पशुहरुको छ सप्रमाण हेर्ने भए साउदी अरब अर्थात अरवियन मुस्लिम देशहरुमा मात्र हैन मुम्बै र जीपी रोड दिल्लीका कोठीहरुमा गएर हेरौ, सरकारका
नागरिकको हालत विदेशी भूमिमा गएर हेर्न सकिन्छ । दलाल मार्फत नागरिक विक्री गर्ने काम भएको छ । यदि वैदेशिक रोजगारीको लागी भएको भए त सोझै दुई देश बीचका श्रम मन्त्रालय मार्फत सोझै हुनुपर्ने थियो । जुन देशलाई कामदारको खाँचो छ त्यो देशले रोजगारीको अवस्था र विवरण नेपालमा पठाउनु पर्ने, नेपालले परिचयपत्रको साथ श्रमिकहरुलाई श्रम मन्त्रालयमा पठाउनु पर्नेमा दलाल मार्फत पठाउँदा दुवै देशका दलालहरुबाट श्रमिकहरुको शोषण भएको हामी पाउँछौं । जुन देशलाई श्रमिक चाहिएका छन त्यो देशले नेपाल सरकारको श्रम तथा परराष्ट्र मन्त्रालय कामको विवरण ज्ञारेन्टी तलब खोली जानकारी गराउनु पर्दछ ।
आज पनि देशमा सरकार छ तर जनतासँग छैन पहिले र उहिले १० वर्ष पुर्व विदेशबाट मात्र बाकसमा लास आउथे तर आज स्वदेशमा परदेशीका इजाबुवा मर्दा उनलाई बाकसमा सुताई धुप बाल्नु परेको छ । किनकि छोरो भेट्ने इच्छा छदाछदै तडपिएर मृत्यु भयो, ३/४ दिन लगाएर छोरा पुग्छ दाहसंस्कार गर्न तर बाकस भित्र के छ थाहा हुदैन । चितामा राख्दा परदेशीले मुख हेर्न पाउँछ र दागबत्ती दिन्छ उ परदेशी स्वतन्त्र छैन अर्का देशको नियन्त्रणमा भएकोले १३ दिन विताई पन्ध्रौ दिनपछि विदेश फर्कन बाध्य हुन्छ । परदेशीहरुका दुःखले कमाएको पैसा रेमिटान्सले देशका नेताहरुले देश चलाई रहेका छन । जव आमा बाबुको अन्त हुन्छ त उनी कसैको लागी पनि घरमा पैसा पठाउँदैनन् । सरकार रेमिटान्स विहिन हुन्छ विदेशी मुद्रा आउने उद्योगहरु २०४७ पछिको सरकारले कौडीको भाउमा बेची सके थप उद्योग र बैंकहरु विदेशीका नै छन । मुनाफा डलरमा लैजान पाउँछन लगी रहेका छन यो क्रम जारी नै रहन्छन अनि अन्तमा देशको टाट पल्टिन्छन भन्ने कुरा वर्तमानका नेताहरुले पनि बुझेको त हुनै पर्ने हो तैपनि उनलाई सत्ताको लोभ छ राष्ट्रिय फाइदा नभए पनि व्यक्तिगत फाइदा भएकै हुन्छ । देशमा भएको सम्पत्ति नेताहरुले प्रत्यक्ष अप्रत्यक्ष लुट्न पाएकै छन । देश जनताले बोल्न पाएका छन पहिले पाइदैन थियो भन्छन तर मेरो ७७ वर्षको अनुभवमा त्यस्तो बोल्नै नपाउने थिएन, बोल्न पाउथे सभ्य कुरा र यथार्थ बोल्न पाउथे । बोलेका कुराको अनिवार्य सुनवाई हुन्थ्यो, गाली गलौच भने गर्न पाउँदैन थिए त्यो सत्य हो । राष्ट्रको हितमा केही कुरा पनि बोल्न पाउथे बरु नबोले रिसाउथे ।
मेरो छोरा आफन्तको लास विदेशबाट आउने डर थिएन न छोराछोरी विदेशबाट आउँदा सम्म मेरो लास बाकसमा राखी दिनु भन्दैनन् बरु सुटुक्क दाहसंस्कार गरी दिनु छोराछोरीहरु म बाट जन्मिए पनि न मेरा हुन न राष्ट्रका किन कि न मैले रोजगारीको व्यवस्था गर्न सके न सरकारले चाहिरहेको छ । यदि सरकारले चाहेको भए आफ्ना नागरिकहरुलाई आफ्नै देशमा रोजगारी दिने थियो । यहाँका नेताहरुप्रति कसैको पनि भरोसा छैन किनभने देशका टुक्रा टुक्रा पारी नेताहरुको भागबण्डा लगाएका छन ।
राजाहरुले छोराहरुको भागबण्डाले बाइसे चौविसे राज्य पुगेपछि पृथ्वीनारायण शाहको जनम भयो र ती बाइसे चौविसे राज्यलाई एकिकरण गरी विसाल राष्ट्रको निर्माण गरेका हुन ।
पछि सुगौली सन्धीमा गुमेको ग्रेटर नेपाल १९५० को मैत्री सन्धीले फिर्ता पाए पनि भौतिक रुपमा फिर्ता भएको थिएन । अहिले सम्म अल्मल देखाए पनि २०५३ तर्फ टनकपुर जलविद्युतको नाममा सन्धी हुँदाको बेला नेपाली नेताहरुलाई महाकाली साझा हो पानी आधा आधा भन्न लगाए तर सुगौली सन्धीमा भने त्यस्तो छैन । महाकाली पश्चिमतर्फ पानीमा खुट्टा पर्दाको ठाउँदेखी नेपालको भन्ने छ तर टनकपुर जलविद्युतको नाममा सन्धी हुँदा नदी साझा हो साझा भए पनि नेपालले सिमित पानी पाउने गरेको छ र महाकाली पश्चिमको क्षेत्रमा दावा गर्ने छैन त्यो भारतकै हो भनि लेखेको छ यसमा मुर्ख नेताहरुको षडयन्त्र छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh