ई – दिशानिर्देश

देशलाई कब्जामा राख्ने तरिका

९ भाद्र २०८१, आईतवार
देशलाई कब्जामा राख्ने तरिका


देशको शासन सत्ता आफ्नै हातमा राख्ने कुटील चालमा सर्वप्रथम त सेना, प्रहरी आफ्नो नियन्त्रणमा हुनुपर्ने रहेछ त्यसपछि संवैधानिक अंगहरु जस्तै अदालत न्याय क्षेत्र लगायतका सम्पूर्ण संवैधानिक अंगहरु र त्यसका पदाधिकारीहरु जस्तै न्यायाधीश, शैनिक सेनापति, जर्नेल, कर्नेल तथा संवैधानिक अंगका प्रमुख नियुक्ति गर्ने अंग, राजदूतहरु तथा परराष्ट्र मन्त्री इत्यादिहरुलाई आफ्नो नियन्त्रणमा राखेमा देशमा अरुले हल्लाउन असजिलो हुदो रहेछ । आज नेताहरु देशको खातिर छैनन्, किनकि देश कहाँबाट को बाट कसरी सञ्चालन भईरहेको छ, नेताहरु अनविज्ञ छन, अनि युवा तथा उद्योग माथि धावा बोल्नु झन देशको बागडोर आफ्नो हातमा लिनु हो । नेपालको सैनिक संख्या जति कम भयो उति नै विदेशीहरुलाई सजिलो हुन्छ त्यस कारण सेनाको संख्या घटाउने प्रस्ताव राखिएको हुन्छ । आजसम्म सेना नेताहरुको कब्जामा छन तर भोलीका यि दिन रहदैन सेनालाई दवाउन सकिदैन, किनभने सेनाको धर्म हो सरकारको साथ दिने तर सरकार र नेताहरुद्धारा देशलाई खतरा हुने देखेमा सेनाले त राजा, राष्ट्रपति, प्रधानमन्त्री सबैलाई बन्दी बनाई जनताको नयाँ जनमत लिन सक्छ, सेना सधै देश र जनताको पक्षमा रहन्छ, नेताहरुको पक्षमा हैन । भोली विद्रोह भएमा पनि सेनाले जनता र देशकै पक्षमा उभिन्छ यो ध्रुव सत्य हो ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh