बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
हो हामी पूर्ण सिक्षित छैनौं र सन्ततीले शिक्षा प्राप्त त ग¥यो कस्तो शिक्षा प्राप्त ग¥यो हामीले बुझ्न सकेनौं । विद्वान प्रोफेसर प्राध्यापकहरुको जिम्मामा लगायौं, ज्ञान विद्या आर्जन गर्न त गरे विए, एमए पनि गरे तर त्यो भित्र नैतिकता र राष्ट्रियता थियो कि थिएन, थियो भने त्यसको प्रमाण केही छैन । हाम्रा युवाहरुलाई विद्वान रुपी गुरु प्रजातन्त्रवादी सरकार र नेताहरुले के सिकायो थाहा भएन, चौतर्फी बुझ्दा के छ र यो देशमा आफ्नो उन्नति गर्ने भए देश छोडेर विदेश जाउ भन्ने पो सिकाए जस्तो लाग्छ धन्य हो विद्वान गुरु के सिकायौं जे नेताहरुले भन्यो त्यही सिकाएछौं तर काम लागेन सबैले देश छोड्यो छोडन नपाउनेहरु तडपी रहेका छन । के सिकायो के शिक्षा दियो अनपढ आमाबुवा र विद्धान प्रोफेसर शिक्षकहरुले, युवाहरुलाई थाहा नहुन सक्छ सर्पले टोकेको औषधी छ क्यान्सर आदीको आषधी छ अरु त छोडौं बीस खाएकालाई बचाउने औषधी छ तर कानमा विष भर्ने गरिएको औषधी छैन । थाहा छ विष भर्नेको पनि पहिचान त भएकै हुन्छ । कानको विष जसले भरेको हो उसले पनि निको पार्न सक्दैन त्यसैले कानमा भरिएको विष भयावह हुन्छ बहुलाएको कुकुरले टोकेमा पनि दश दिन भित्र सुई लगाउन मिल्छ तर कुकुर जस्तै बहुलाएपछि कुनै उपचार नभई तडपिएर भुकी भुकी मर्छ त्यस्तै छ । जसको कानमा विष भरिएको छ भर्नेले पनि निकाल्न सक्दैन ।
बहुलाएको कुकुरले टोकेको मानिस बहुलाएझै अवश्य जिउदै मरी रहेको हुन्छ । गम्भिर पिडा भएको हुन्छ अन्तमा जिउदै मर्छ ।
हाम्रा युवाहरु सहनशील हुन कि हाम्रा नेता हाम्रो गौरवमयी इतिहास नबुझेका हुन, हाम्रा भाई भतिजा आमाबुवा मार्दा हामी बल्ल बचेका भए पनि द्वन्दले गर्दा स्कुल जान पाएनौं गए पनि डरैडरले गयौं नभन्दै महिना २ महिनामा अभियानको नाममा गयौं के थियो त्यो अभियान के को थियो, त्यो दिन देखि आज सम्म के सहनशीलतामा डुबेका हुन कि नबुझेका हुन । पच्चीस वर्ष सम्मकालाई त गधा पच्चिसे नाघेन भन्छन तर यहाँ त पच्चिस नाघे पनि गधा पच्चिसेकै अवस्था जिवित छ, आज देशमा जुन अन्याय र अत्याचार भैरहेको छ । यसलाई कसरी सही रहेका छन वा नबुझेर सही रहेका हुन । देशमा पार्टी सिस्टम छ तर उम्मेदवारी दिदा कांग्रेसबाट दिन्छन भोट माग्न गाउँमा जाँदा एमालेलाई मत दिनु भनेर जनतालाई वेवकुफ बनाई दलभित्रको निर्दलीय व्यवस्थाझै कायम भएको छ । भ्रष्टाचार गर्नमा दलीय व्यवस्था प्रयोग भएको छ ।
यदि जनताको हितको लागी थिए भने नेपाली नागरिकले खोलेका उद्योगहरुमा ताला लगाई कब्जा गरी बन्द गराएर विदेशीहरुको नाममा उद्योग बेची मनपरी गर्ने नेपाली कांग्रेस र कम्युनिष्टहरुले के जनताको हित गरेका हुन त कदापी हैन कञ्चनपुरको मात्र कुरा गर्ने हो भने बेलडाडीमा कपास विकास समितिको नाममा प्रसस्त जग्गा थियो अधिराज्य भरी कपास उत्पादन गरी बुटबल धागो कारखाना सित बेच्ने भन्ने थियो ।
कपास त कृषकहरुले लगाउँछन रोजगारी मुनाफा त कृषकले पाउथे युवा युवतीहरु पनि उनकै छोराछोरी हुन ।
स्वरोजगारी पाउने थिए त्यस्तै उखु गन्नाको हकमा चिनि मिलहरु कृषकहरुमा निर्भर थिए कृषि प्रधान देशमा कृषिमा प्रधानता पाएका थिए । जनता सित सोझै रोजगारी गासिएका गन्ना (उखु) जुट, कपास, तम्बाखुबाट चल्ने मिलहरु बेची आज बन्द रहेका छन । नेपालका हरेक उद्योगहरुमा आक्रमण भएको छ । सरकारले बेच्यो तर किन्नेले पनि चलाई दिएन प्रमाण खोज्ने हो भने महेन्द्रनगरको जडीबुटी उद्यान तथा तथ्यांक संकलन कार्यालय जिल्ला वनको उत्तर तर्फ छ हेर्न सकिन्छ ठूलो उद्योगमा नमूनाको लागी भन्छु यौटा गैडाकोट कागज कारखाना जो चीन सरकारले दहेजमा बनाई दिएको थियो त्यो र त्यस्ता त गन्नै नसकिने प्रसस्त छन कृषकहरुको लागी रुसले अरबौं रुपैयामा बनाई दिएको विरगन्जको कृषि औजार कारखाना जो आज आफैले किताव लेखी आफैले विक्री गरी प्राप्त १५÷२० करोड प्राप्त गरी कृषि औजार कारखाना चलाउने र पैसा नपुग हुँदा आफ्नो मेडलहरु र जग्गा समेत करोडौंमा बेची लगानी गरी रहेका छन । केवल देशको खातिर भने सरकारले एक रुपैया पनि सहयोग गरेको छैन, एनसेल जस्ता कम्पनीहरुबाट अरबौं रुपैया लिएर राजश्व मिनाहा गरेका घटनाहरु समाचारमा आएकै छन, त्यो रकम त्यस्ता मिलहरु जस्तै चुवाको चिनी कारखाना, विरगन्जको चिनी कारनाखा, बुटवलको धागो तथा हेटौडाको कपडा तथा गैडाकोटको कागज कारखानामा लगानी लगाएमा के खराब हुने थियो ? कमजोर परेका उद्योगहरुको सम्पत्ति खोसी आफ्नै नाममा राखेपछि लिएको ऋण चुक्ता गरेर पनि पुरा सम्पत्ति फिर्ता नदिएका प्रमाणहरु हामीसँग छन आफ्ना नागरिकले ऋण चुक्ता गरेर पनि पुरा सम्पत्ति फिर्ता नदिने तर विदेशी र उनका दलालहरुको अरबौं रुपैया मिनाहा गरी सो बाट आफूले लिनु भएका भयंकर बेइमानी हो तर कसले सुन्दछ ? जो चोर उसको ठूलो सोर भनेझै गरिबको सम्पत्ति हजम गरी मारवाडी रुपी विदेशीलाई दिनु जायज छैन भन्ने हाम्रो मान्यता हो । देशलाई औद्योगिकरण गर्न नेपाल औद्योगिक विकास निगमको स्थापना भएको हो ।
जो आज त्यहाँका जीएम र अरु क्षेत्रिय पदाधिकारीहरुले डुवाई सकेर अब राष्ट्रिय वाणिज्य बैंकमा समाहित भएका छन र रा.वा. बैंकलाई पनि ती तत्वहरुले नडुवाउलान भन्न सकिदैन । तसर्थ रा.बा. बैंकले पनि सतर्कता अपनाउनु पर्ने हामी ठान्दछौं ।
नेताहरुले गरेमा यत्तिको अन्याय सहेर कसरी बसेका छन, युवाहरु नसकेर देश छोड्न बाध्य भएकाले नेता तथा नेपाल सरकार तथा क्रान्तिकारीका नेतृत्वदायीहरुलाई किन खड्किदैन ?