ई – दिशानिर्देश

गोःरा पर्व सुरु भयो

९ भाद्र २०८१, आईतवार
गोःरा पर्व सुरु भयो


गोःरा पर्व सुदूरपश्चिमका जनताको लागी विशेष पर्व हो । सुपका पहाडी जिल्लाहरुमा आ–आफ्नै शैलीमा मनाउने गोःरा पर्व हाल तराईका केही जिल्ला तथा काठमाडौंमा पनि पुगी सक्यो । गोःरा पर्वमा केटाकेटी देखि बृद्धबृद्धासम्मले रमाएका हुन्छन्, विरुडा पञ्चमीका दिन विरुडा पञ्च अन्न खासमा गुरुस, मास, कलउ, गहुँ, गहत मिसाएर भिजाइन्छन र षष्टीका दिन विरुडा धुने सप्तमीका दिन भितरकी गोरा मनाई अष्टमीका दिन दुर्वाष्टमी गोरा देवीको पूजा अठेवाली पर्ने गोरा देवीको बारेमा गीत गाईन्छ । गोरा अष्टमीको दिन महिलाहरुले पवित्र (धागा) दुवधागो लगाउँछन । जसरी जनैपूर्णितिमाको दिन पुरुषहरुले जनै लगाउँछन भने महिलाहरुले दुर्वाष्टमीको दिन दुवधागो गोरा मनाउने परम्परा साविकको डोटी राज्य कुमाउ गडवालमा अलग अलग तरिकाले मनाउने गर्छन भने कोही कोहीले त अनन्ते चतुर्दसीका दिन दुवधागो र जनैको साथै तागा बाध्ने पनि गर्छन । गोराको अष्टमीको दिन विरुडा प्रसादको रुपमा हुँदा विरुडाले सबैको टाउको पुज्ने काम गर्छन । अगाडी पछाडी बोलचाल
रोकिएकाहरुले पनि परस्पर मुन्टो (टाउको)मा पुजा गर्ने गर्दछन । यो पर्वमा टाढा टाढाबाट पनि एक ठाउँमा आई महिलाहरुले अठवाली पार्ने गर्छन भने बाँकी लोग्ने मानिसहरुले ठाडो खेल ऐतिहासिक रामजीको श्रीकृष्ण तथा विर विरंगानाको कथालाई ठाडोखेल र धुमारी गित गाई रमाउँछन भने अष्टमीको केही दिनपछि सम्म महिला पुरुष दुवैले डेउडा गीत गाउँछन डेउडा गीतमा आफ्ना निजी सुख दुःखका कुरा तथा समसामयिक देशमा गरेका राम्रा नराम्रा कामको बारेमा पनि गित मार्फत मनका विरह पोखि सार्वजनिक गर्ने काम गर्दछन । खास गरेर गौरी पुजनको अलावा धेरै दिन देखि भेट नभएका आफन्त सित भेट गर्ने र सुख दुःख साटासाट गर्ने काममा पनि महिलाहरु अग्रसर रहेका हुन्छन । खास गरेर सुदूरपश्चिममा र सुगौली सन्धीले गुमेको नेपालको गडवाल कुमाउमा पनि गोराको निकै महत्व रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh