माओवादी र जनता बीच मारामार भयो । द्धन्दकालमा द्धन्द त माओवादीले मात्र हैन एमाले र नेपाली कांग्रेसको पनि अप्रत्यक्ष सहभागी भएको हो । नेपालमा नेपाली जनता मार्न एक ट्रक हतियार भित्रिएको हामीले देखेकै हौ । जनयुद्धमा जनता जनता बीच लडाई भयो जनताबाट जनता मारिए हिंसा थियो या अहिंसा जे भए पनि सुरुवातमा भएको त आतंकवाद नै थियो । विद्यार्थीलाई अभियानरुपी ढालको रुपमा प्रयोग गरे नेताहरुले । विद्यार्थी बालबालिकाहरुको जीवन वर्वाद भयो । चलाख छात्रछात्राहरुले गाउँ छाडी शहरमा गएर पढन थाले सफल पनि भए भविष्य उज्ज्वल भई नै रह्यो । गाउँमै बस्ने माथि अन्याय अत्याचार भयो न स्कुलमा पढन पाए न घरमा मनमा डर त्रासले सताई रह्यो त्यो हिंसाकै अवस्था थियो । नेपाली कांग्रेस भनु कि गिरिजा प्रसादको अत्याचारले मात्र माओवादीका हरेक काम ठिकै हुन जस्तो लागेको थियो । केही कामहरु र सुरुमा मागेका मागहरु त राम्रै पनि थिए पछि गएर अनेकतामा बदलिए सरकार सित लड्न छोडेर भेडा तथा साधारण गाउँलेका छोरालाई मार्न थाले रोजीरोटी खोज्न प्रहरीमा भर्ना भएका केटा छुट्टिमा आमा भेट्न र खर्च पानी दिन घर आउँदा बाटोमा नै मारेका घटनाका प्रमाण हामीसँग छन, के थियो त्यो घटना दुर्घटना कि आतंक कि आतंकवाद जति सभ्य भाषामा बोले पनि आतंकवाद त थियो नि । पछि शान्ति भयो बाध्यता नै थियो दोस्रो विश्व युद्धमा छ करोड मानिस मरेका थिए । दक्षिण एसिया जित्न खोज्ने जापानले मध्यरातमा आत्मसमर्पण गरेपछि विश्वयुद्ध रोकियो, जापानको नाकासाकी र हिरोसिमा
शहरमा भुलले एक भवन मात्र ढलेन ।
अन्तमा नेपालमा किन युद्ध ग¥यो नेपालीले नेपालीलाई किन मा¥यो माओवादी कांग्रेस एमाले त उहिले पनि एकै थिए आज पनि एकै छन । कसको लागी लडे न नालापानी फिर्ता आयो थप बरु कालापानी र लिपियाधुरा सुस्ता लगेर गयो त्यो युद्ध कसको लागी थियो, बुझ्न नै सकिएको छैन । आतंक भन्दा नरिसाउनु । प्रगति त बालक नरोए दुध खान नपाए जस्तो मात्र भएको छ । देशमा के भएको छ हामी सबैलाई थाहाँ छ ऐन कानून बनाएर हाम्रो साझा सम्पत्ति हडप्ने काम भएको छ । देश लुटिदैछ, लुटन केही बाँकी भए आफू बहाल रहेसम्मको भ्रष्टाचारको हदम्याद राख्दैछन र आफू सत्ता बाहिर गएपछि म्याद समाप्त हुने ऐन बनाउने कुचेष्टा पनि गरिरहेकै छन । जनभावना