ई – दिशानिर्देश

किन हुन्छ सिमा विवाद ?

१६ भाद्र २०८१, आईतवार
किन हुन्छ सिमा विवाद ?

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

मैले ठानेको छु सिमा विवाद हैन कि इमानदारितामा व्यइमानी भित्रिएको हुन्छ । आज नेपाल भारतको मात्र नभई भारत पाकिस्थान, चीन तथा नेपाल भारतको सिमा विवाद थिएन केवल भारतले नेपालका सिमानाहरु मिचेको मात्र हुन । जव भारतीय नेताहरुमा स्वार्थ बढ्यो बदनियतले जरा गाड्यो तव मिचेको सिमानालाई विवादमा बदलिदियो । हामीलाई थाहा छ २०३३ सालतर्फ खम्पा विद्रोह हुँदा लिपियाधुरामा बसी नेपाली सेनाको खम्पा अप्रेसन गरेका थिए । यदि त्यो क्षेत्र
भारतले पहिले देखि हकभोग गरिराखेको भए के त्यहाँ नेपाली सेनालाई जान दिन्थ्यो दिदैन थियो हैन ।
लिपियाधुरामा सैनिक अप्रेसनमा गएका त्यस बेलाका सैनिक जवान जो हाल निम्बुखेडा महेन्द्रनगरमा बस्छन, उनी हुन दल बहादुर चन्द । हरेक नेपालीलाई थाहा छ जो मानसरोबर गएका छन त्यसबेला भारतीय नागरिकलाई मानसरोबर जान बन्देज थियो । त्यहाँ भारतले अतिक्रमण गरेको नै हो ।
अब हेरौं कालापानीको क्षेत्रको कुरा गर्दा हामी नेपालीको बानी भविष्यमा कुनै अपजस नपाईयोस भन्ने पनि भएकोले कालापानीबाट भारतीय सेनाको टोली चौकी हटन पाएन जव नेपालमा प्रजातन्त्र ल्याउन राजा त्रिभुवनलाई भगाएर भारत लगेर नेपाली नेता त्रिभुवन मिली नेपालमा प्रजातन्त्र नामको तन्त्रको उदय हुनु राणा शासन हट्नु नै देशको दुर्भाग्य हो भन्दा त मानिसहरुले अन्यथा पनि सोच्लान तर त्यसमा एक विशेषता पनि छ, विशेषता के हो भने मैले केही कुराहरु त पुर्व लेखहरुमा दर्साएको पनि छु । जव भारतमा अर्थात भारतको उदय हुनु पुर्व वर्तमानको भारत पाकिस्तान, बंगलादेश, म्यानमारमा इष्टइन्डिया कम्पनीको सरकार भएकोले शासन सत्ताको बागडोर उसकै हातमा थियो । त्यसबेला लखनौमा पुलिस सैनिक विद्रोह भयो, इष्टइन्डिया कम्पनीले साम्य पार्न सकेन र जंग बहादुर राणा प्रधानमन्त्री भएको बेलामा नेपाल सित सैन्य सहयोग मागी विद्रोह दवाउन अनुरोध गरेकाले तिब्बतमा रहेका नेपाली सेनालाई समेत बोलाई सैनिक सहयोगको जिम्मा आफैले लिई आफ्नै नेतृत्वमा सेना लगेर लखनउमा भएको विद्रोह जंगबहादुरको कमाण्डमा गएको सैनिक डफ्फाले विद्रोह दमन ग¥यो र दमन गरेकाहरु सुगौली सन्धी नामले गुमाएको केही तराई क्षेत्र जंगबहादुर राणा मार्फत नेपाललाई फिर्ता दिएसँगै सिमाना स्तम्भ पनि अंग्रेजले राखी नेपाल बृटिस बौन्ड्री भनेर उल्लेख गरेका थिए । प्रत्येक पिल्लरमा तर
पिल्लरहरु कोही नदीले बनाए कोही जिर्ण भई मर्मत गर्नुपर्ने भएपछि नयाँ बनाउँदा वा मर्मत गर्दा नेपाल बृटिस बौन्ड्री हटाएर नेपाल भारत लेखेका हुन र छन ।
नयाँ भारतको नामले निर्माण भएको देशका नेताहरुमा पंडित जवाहरलाल नेहरु, बल्लभभाई पटेल, गोर्खेल जस्ता नेताहरुको सद्भावना नेपालप्रति राम्रो भए पनि राणा सरकारप्रति भने राम्रो भावना थिएन र राष्ट्रभक्त राणाहरुलाई सत्ता च्यूत गर्न खोज्दथ्यो भारतले । अंग्रेजको पक्षमा लागी अंग्रेज विरोधी आन्दोलन दवायो भन्ने ठूलो रीस थियो ती नेताहरुलाई । त्यही रीस साध्न नेपालमा प्रजातन्त्र ल्याउने बहाना मात्र थियो । विद्रोह दवाउने भनि राणा सरकारले गरेको निर्णयमा राजाले पनि सदर गरेका हुन आफूखुसी गर्न चाहेको हो भारत भन्नमा अपराध छैन ।
अर्काका देशको सिमाना मिच्नु अपराध हो हुन त सिमा मिच्ने बानी आदत त कौरव पाण्डवका पालादेखी हालसम्म चलेकै छ । हाल गाउँघरमा पडोसीहरुले मौका र वातावरण पाउँदा आली कान्लाका सिमाना मिचेकै छन । यो मानव जातीको खराब प्रबृत्ति हो तर नेपालले न भारतको सिमाना मिचेको छ न चीनको तर नेपालको सिमाना हामीले थाहाँ भए सम्म भारतले मिच्दै आएको छ । जव नेपाल र भारतको मैत्री सन्धी भयो त्यो सन्धी वास्तवमा मैत्री सन्धी थिएन राणा सरकारलाई पतन गर्ने सन्धी थियो र नेपाली जनता राणाको साथ पाउँदा भारतले नेपालमा प्रजातन्त्र ल्याएको बहानाबाजी बढी ग¥यो । नेताहरुमा प्रमुख विपी कोइराला आदि जस्तालाई साथ लियो नेपालमा एक जना राजाको सल्लाहकार परराष्ट्र मन्त्रालयको सहसचिवलाई पठाई दियो र नेता तथा राजा त्रिभुवनलाई भने पनि व्यक्तिले सल्लाह सुझाव दिन्छन त्यही बमोजिम गर्नु भने अनि नेपालको सुरक्षाको लागी भनेर नेपालको उत्तर चीनको सिमानामा लगभग १८ वटा सेनाका पोष्टहरु राख्यो ।
सुदूरपश्चिमको मूल ढोका कालापानीको पश्चिमी क्षेत्रको प्रमुख पोष्ट हो भने बाँकी पुर्वी नेपाल ताप्लेजुङ तथा मध्ये नेपाल र मुगु मुस्ताङतर्फ राखेका थिए । युवराज छदा खेरी नै महेन्द्रको चित्त बुझेको थिएन । २०११ सालमा राजा भएपछि विपी कोइराला समेत सल्लाह गरी भारतीय सैनिक पोष्ट हटाउने प्रयास गरे तर सकिएन । १७ सालपछि कठोर भएर बलजफती ती पोष्टहरुलाई नेपालबाट हटाउ नेपालको सुरक्षा हामी आफै गर्छौ भने पछि अलि झस्कियो । भारतमा नेहरुले गरेको घमण्डलाई सार्वजनिक स्थानमा नै माफी माग्न लगाई क्रमिक रुपले पुर्वी स्थानबाट भारतीय सैनिक पोष्ट हटाउँदै लैजादै गर्दा भारत चीन युद्ध भयो लद्दाकको केही भाग चीनले कब्जा ग¥यो भने भारतको धारचुला पिथौरागढ बचाउन कालापानीको पोष्टमा थप सैनिक राख्यो त्यसबारे राजा महेन्द्रलाई जानकारी जाहेर गर्दा संयोगबस हटाउदै त्यहाँ पुग्दा चीन भारत युद्ध भयो बजजफती गर्दा चीनको पक्षमा लाग्यो नेपाल भन्ने हुन्छ भारत चीन युद्ध साम्य भएपछि हटाउनु भनेर राजा महेन्द्रले भनेपछि त्यसबेला हटाउन बाँकी रह्यो र युद्ध साम्य हुँदा राजा महेन्द्रको स्वर्ग भयो । बाँकी सरकारहरुबाट ढिलाई भयो भने अर्को तर्फ आफ्नो पकड जमाउँदै गयो । अन्तमा ०५२/५३ मा त महाकाली सन्धी नै नेपालको सांसदमा २ तिहाईले पास गरी जहाँ जहाँ जे जे भारतले भन्यो त्यसै गरी लिपियाधुरालाई समेत नेताहरुले जानी नजानी भारतलाई दावी पुग्ने गरी सन्धी पास ग¥यो र त्यो बेला देखि कालापानी लिपियाधुरा मेरै हो भन्न थाल्यो । नेपाली नेताहरुमा जव अन्तराष्ट्रिय मामिलामा एकजुट भई एकता हुदैन तबसम्म लिपियाधुरा र कालापानी जस्ता ठाउँहरु तथा सुस्ताले स्वतन्त्र भैरहन सक्दैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh