–कृष्ण बहादुर चन्द
राजनीतिः विचारात्मक सोच, चिन्तन, कल्याणकारी मार्ग तर्फ सुशासन र जनहित र विकासका लागी काम गर्नु, इमान र स्वाभिमान कायम राख्नु भावनात्मक जागृत र मौलिकता कायम राख्नुपर्ने कामलाई नीतिगत रुप दिइन्छ यो नै “राजनीति” हो । पद, पावर, प्रतिष्ठा र पैसा आर्जन गर्नु मात्रै राजनीति होइन ।
सुशासन सदाचार र सेवाभावबाट काम गर्न जनताका प्रतिनिधि र नेतृत्वको प्रमुख दायित्व, जवाफदेहिता र जिम्मेवारी रहन्छ भने नेपाली आम जनतामा पनि सार्थक विचार र चेतना हुनु त्यतिकै आवश्यक र जरुरी हुन्छ, जनचेतनाले काम गरेन भने राजनीति अधुरै रहन्छ ।
वर्तमानको अवस्था व्यवस्थामा इमान र स्वाभिमानको राजनीतिलाई त्यागी सकेको छ, पुनरबहाली गर्न जरुरी छ । जनतामा अलमलवादको राजनीतिबाट देश चल्नु हुदैन, यसले राष्ट्रिय नीति, परराष्ट्र नीति, कुटनीति, देशको स्वाधीनता, अखण्डता, राष्ट्रियता, जनताको सर्वोच्चता, विधिको शासन, कानू्रनी राज्य, यी सबै राम्रा पक्ष नष्ट गरेर हैकमवाद, सर्वसत्ताबाट र मनपरीतन्त्रको रुपधारण गर्छ र राष्ट्र र जनताको पतन गराउँछ । केवल सत्ता स्वार्थ केन्द्रित राजनीति भयो भने देश र जनताको प्रगति र विकास कदापि हुदैन । अनैतिकता, कुशासन, अनियमितता र भ्रष्टाचारजन्य गतिविधिबाट देश ग्रसित हुन पुग्छ ।
नेपाल सबै प्रकारले सम्भावना भएको देश भएर आज परनिर्भरतामा आश्रित बन्न पुगेको छ । नोलमा वर्षेनि ६०/७० अर्बको चालम मात्रै आयात गरिन्छ, ३ खर्ब भन्दा बढीको विभिन्न खाद्यान्न लगायत कृषिजनय बस्तु नेपालले आयात गर्छ । नेपालले ३ दशक अगाडी खाद्यान्न दाल, चामल लगायत तेल बाहिरी मुलुकहरु (इन्डोनेसिया, भारत, द.कोरिया, खाडी देशहरु, बंगलादेश लगायत) मा निर्यात गर्दथ्यो । यसो किन भएछ भन्ने मिडिया पत्रकारले सोधेको प्रश्नको जवाफमा उच्च तहका व्यक्तिले भन्नुभयो, “नेपालको जनसंख्या त्यति बेला कम थियो” ती व्यक्तिलाई यो पनि थाहा छैन आज नेपालबाट १ तिहाई नेपाली जनता, नागरिकले देश आफ्नो थाकथलो छोडीकसे र छोड्ने क्रम बढ्दै गएको छ । यसरी देश चलि रहेको वर्तमान अवस्था छ ।
वर्तमानको अवस्था, प्रणाली र राजनीतिक दल, तिनका नेता नेतृत्व र राजनीतिक कर्मीहरुका कार्यविधि, कार्यशैलीबाट नेपाली जनताको जीवनस्तर खस्की सकेको छ, विकास र प्रगतिको नाममा भ्रष्टाचार मौलाएको छ, भन्ने कुरा राजनीतिक दल, नेतृत्व वर्गमा सोधिए, जवाफमा …. विकास भनेको के विजुलीको बटन दवाउनु हो र । लाग्छ नेपालको विकास गर्न ५०/६० वर्ष लाग्छ । यस्तो जवाफ आउला, जनताले पनि चुपचाप मान्नुपर्ने हुन्छ ।
राष्ट्र विग्रनुका लागी “राष्ट्रिय सभ्यता, मौलिक इतिहास, कला, धर्म, संस्कृति, परम्परा, सामाजिक मान्यता र सदभाव, इमान, स्वाभिमान, धार्मिक अशहिष्णुता, धर्म विपरितका अभिव्यक्ति र यस्तै कुरा कार्यशैली आवश्यक पर्छ । नेपाल अहिले यस्तै गतिविधि र कार्यशैली भएर नीतिविहिन राज्य बन्नु पुगेको छ ।
राजनीतिक दल खोल्नु, राजनीतिक मोर्चाबनदी गर्नु, चुनाव गर्नु, सांठगाड, गठबन्धन गर्नुलाई मात्रै लोकतन्त्र भन्ने, राज्य सञ्चालन भर्ने पद्धति भित्रको विधि हो । तर कुन पद्धति र व्यवस्था र System प्रणाली सञ्चालनबाट देश हित र जनहित हुन सक्छ, इमान र स्वाभिमान कायम राख्न सकिन्छ, अनुकुलता र प्रतिकुलता के हुन सक्छ याबत कुराहरुमा नीति निर्माण तह, विशेषज्ञ र आम जनस्तर मध्येबाट समेत विश्लेषणात्मक तथ्यगत अध्ययन भएर Right Man Right place हुन सकेन भने समाज र देशले सही दिशा लिन सक्तैन ।
अन्याय, अत्याचार, दुराचार र भ्रष्टाचारजन्य गतिविधिले प्रश्रय पाउँछ र समग्र क्षेत्र डामाडोलको अवस्थामा आइपुग्छ । नेपालको दशा अहिले यस्तै भएको छ कि ? यदि यसो नै हो भने रिजनेबल सुधारतर्फ पाइला चाल्नु जरुरी छ ।
दरिद्रताको राजनीतिले देश बन्दैन ।
भ्रष्टाचार नियन्त्रण, निवारण, दलगत निहित स्वार्थ, नातावाद, कृपावाद रहित, पद्धति, प्रणालीमा सुधार नभएसम्म देश र जनताको दुराअवस्थामा सुधार हुन सक्तैन । सच्चा सुधारको आवश्यकता छ ।
आम नेपाली जनताले करको भार, बेरोजगारी, गरिबी, महंगी, खाद्य असुरक्षा, कृषि, स्वास्थ्य, शिक्षामा शोषण, गुणस्तरहिन नीति, अनियमितता र भ्रष्टाचार गतिविधिको शिकार नेपाली जनता, नीति विहिनता र अन्यौलता याबत कठिन स्थिति भोगी रहेको अवस्था छ । नेपाली जनतामा सार्थक चेतनाले काम गरेमा, जागरुक भएमा र राजनीतिले सही दिशा लिन सकेमा मात्र “समृद्ध नेपाल सुखी नेपाली”बन्न सक्ने र भरोसायुक्त समाज निर्माण हुन सक्छ । यसका लागी जिम्मेवार बन्नुपर्छ, निषेधको राजनीति र दमनको नीति अभिषाप हुन सक्छ । इमान र स्वाभिमानले राष्ट्रको सम्मान कायम गर्छ र राष्ट्र गतिशिल भएर अगाडी बढ्न ।
राजा महेन्द्रले नेपाल देश र जनताप्रति गरेको कार्य पद्धति दिएको प्रतिफलले आज नेपालीले उपभोग गरिराखेका र विश्व जगतमा नेपालको उच्च सम्मान र गरिमा कायम गरेको र विकास निर्माणतर्फ नेपाललाई गतिशिल तुल्याएको नेपालको इतिहासले बोलेको छ । नेपालमा प्रजातन्त्र पुनरबहाली भएपछि राजनीतिक कार्यशैली, दीर्घकालिन उन्नत रुपको हुनु
पर्नेमा विपरित किसिमले युवा विद्यार्थीहरुको भातृसंगठन, कर्मचारी संगठन विभाजित स्वरुपको र राजनीतिक दल निकट अनुसार गर्नुपर्ने नीति तर्जुमा गरियो, राजनीतिक दल र नेता नेतृत्वका लागी उत्तरदायित्व बहन गर्नुपर्ने, यत्ति सम्मकि प्राथमिक तहमा २०४८ पछि विद्यालयमा छात्रछात्राहरुलाई विरोध गर्ने शैलीको सिकाई गराउने जुलुसमा भागलिन लगाउने काम भयो फलतः आज ती क्षेत्रहरुको उन्नति प्रगति र क्षमता कार्यशैलीइ गतिविधि र गुणस्तरमा प्रश्न मात्रै उठेको छैन, धारासायी बन्न पुगेको वअस्था छ । कर्मचारीतन्त्र (व्युरोक्रेसी), बौद्धिक वर्ग अविश्वसनीय बन्न पुगेको अवस्था छ र सतय पनि यही हो ।
कर्मचारी शक्तिमा बाडियो २०४८ पछि एक कित्तामा म पनि तुरुन्तै परिहाले र संगठनमा पद पनि प्राप्त भयो र केन्द्र स्तरसम्मका कृयाकलापमा भाग पनि लिइयो, केन्द्र स्तरमा त राजनीतिक निकट भएर लाभ पनि प्राप्त गर्नेहरुको संख्या पनि देखियो यस्तो गतिविधि फस्टाउदै गएर पुरै दुवै तहका कर्मचारी संगठनहरु राजनीतिक दलका सहयोगी र आज्ञापालक बन्न पुगेका र कर्मचारीतन्त्रमा विभेद उत्पन्न भएको अवस्था रह्यो र जसबाट सकारात्मक परिणाम पाउनमा दुविधा उत्पन्न हुँदै गयो तथापि सेवाप्रवाहमा संगठन भने दृढ भैरहेको तर आज त्यही कुप्रभावबाट कर्मचारीतन्त्र मुक्त हुन सक्ने अवस्था छैन, राजनीतिले जेली सकेको अवस्था छ । कर्मचारीमा राजनीतिक भएकोमा मलाई साह्रै दुखद र मैले आफू त्यसको एगेष्टमा रहे ।
राजनीतिक क्षेत्र, कर्मचारीतन्त्र, प्रोफेसनल ग्रुप, प्रशासनिक क्षेत्र, संवैधानिक संस्था लगायत नागरिक समाज सामाजिक क्षेत्रमा रिजनेबल सुधार हुनुपर्छ, इमान र स्वाभिमानको सुशासन र अनुशासन भएन भने देश, र जनताको प्रगति र विकास नभै सामाजिक गतिरोधले प्रश्रय पाउने खतरा बढेर जान्छ । आज नेपालमा भैरहेको यस्तै छ ।
राष्ट्रका शत्रु गाउँका श्रमिक र किसान होइनन्, शहर बजारका श्रमजीबी होइनन्, देश छोडी जाने नागरिक होइनन्, गरिखाने वर्ग होइन, तथा सच्च देशभक्त इमान भएका कर्मचारी राष्ट्रसेवक, राजनीतिककर्मी, समाजसेवी होइनन्, दक्ष सीप भएका नागरिक होइनन्, तर देशमा कुशासन मन पराउने, राष्ट्रघाती, देशद्रोही, समर्पणवादी, परनिर्भरतावादी, भ्रष्टाचारी, दुराचारी, शोषणकारी, पक्षपाती, राज्यदोहनकारी, अकूत सम्पत्ति आर्जन गर्ने र थन्क्याउने बचाउन खोज्ने, अपराधिकरण गर्न रुचाउने, नाताबाद, कृपावादलाई प्रोत्साहन गर्नेहरु जो कोही जुनसुकै स्थानमा रहेको भए पनि उनीहरुलाई मित्र भन्ने वा शत्रु भन्ने ?
देशभक्त स्वाभिमानी नेपाली जनताले यस्ताहरुलाई दण्डित गर्नैपर्छ र किनारा लगाउनैपर्छ होइन भने नेपाल “नेपाल” रहदैन ।
(कृष्णबहादुर चन्दः समाजसेवी पूर्व कृषि अधिकृत पाटन न.पा. ६ पाटन, बैतडी)