बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
म सुदूरपश्चिमकै नागरिक भएकोले टिङ्कर कालापानी गड्डाचौकीको बारेमा ज्ञान हुँदा हमेसा सोच्ने गर्दछु । गड्डाचौकी नजिक सात नम्बर पिल्लर छ त्यसको पश्चिम तर्फ मार्वलमा नेपाल बृटिस बौन्ड्री भनेर लेखिएको थियो र छ पनि, २०२८/२९ सालमा नहर खन्दा माटोले त्यो लेखेको हिस्सा पुरिदा पिल्लरको उचाई बढाई माथिल्लो हिस्सामा नेपाल भारत भन्ने लेखिएको छ । जव नेपालमा माओवादीद्वारा सशस्त्र आन्दोलन सुरु भयो त तब भारत आफ्नो सिमानामा चनाखो भएर गयो । माओवादी आन्दोलनले नेपालीहरुलाई तर्सायो तर सतर्क भारतीयहरु रहे । बनबसाको पुल पारी रहेका भारतीय सिमासुरक्षा बलरुपी प्रहरी गड्डाचौकीमा रहेको सात नम्बर पिल्लर नजिक भारत प्रवेशद्धार बनाई प्रहरी पोष्ट पनि त्यही नजिक बनाई स्थिर रुपले बसी रहेका छन । निर्विवाद रुपले रातदिन आवत जावत गर्न पाउने ठाउँमा आज स्क्रीन चेक तथा साइकल चढेर पनि जान आउन पाइदैन । हातले घिसारेर ल्याउनु लैजानु पर्छ ।
त्यस्तै कालापानीमा भारतीय सैनिक पोष्ट थियो, १७ ठाउँबाट हटाई सक्यो त्यहाँबाट हटाउने बेलामा चीन सित भारतको युद्ध भयो त्यति बेलामा प्रधानमन्त्री सूर्य बहादुर थापा रहेको बेला राजाले हटाउन लगाउँदा चीन सित लडाई चलेको छ भारत रिसाउने हो भारत फौज राख्ने ठाउँ खोज्दैछ थोरै दिनमा भैहाल्छ पछि हटाऔला भनेपछि राजाले थापाको राजिनामा माग्यो र बरु राजिनामा पेश ग¥यो सैनिक हटाउने पहल गरेन । हुँदा हुँदै एमालेहरु कालापानी छोड हाम्रो हो भनि कराउँदै कालापानी जान खोजे तर भारतीयहरुले ५ कि. भन्दा अगाडी जान दिएन । पहिले त भारतीयहरुको स्वीकृति लिएर भारतको बाटो भै मानसरोबर जाने गर्दथे आज पनि टिंकर जान मोटर बाटो भारत तर्फ नै छ । जवसम्म एमाले माओवादीको हैकमवाद थिएन तबसम्म नेपालीलाई दुःख दिने काम कमै गथ्र्यो भारतले ।
केवल नेपाल भारतको नाकाबन्दीमा मात्र नेपाली नेताहरुकै अनुरोधमा राजसंस्थालाई दुःख दिन नाकाबन्दी लगाएकोले मात्र बढी कडाई गरेका थिए । एकलौटी नदीलाई महाकाली साझा हो पानी आधा आधा हो भन्न लगायो र पछि त्यसलाई नै प्रमाण माग्यो भारतले त्यस्तै कालापानी नेपालको हो भन्न उताबाट नै लगायो र एमालेका नेता कार्यकर्ताहरुले जव जथाभावी बोले तब त कालापानी भारतकै हो भन्न थाले त्यसपछि जव चुच्चे नक्सा नेपालले निकाल्यो त्यसपछि त लिपियाधुरा लिपुलेक कालापानी भारतले आफ्नै हो भन्न थाल्यो महाकाली टनकपुर सन्धीमा जो २ तिहाईले पास गरायो कारण त्यही रहेछ नेपालको जमिन गिरिजा झलनाथ, साहना प्रधान, माधव नेपाल लगायतका नेताहरुले पहिले दिल्लीमा सम्झौता गरी आएपछि ०५३/५४ मा नेपालका सांसदको दुई तिहाई बहुमतले पास गरी दिएकाले आज चुच्चे नक्सा पाठ्यपुस्तकबाट समेत झिकेर लुकाएर राखेका छन । त्यसका प्रमुख दोषी ने.का.का गिरिजा हुन भने बाँकी एमाले लगायतका बहुमतले पास गर्ने सबै दलहरु हुन ।
आज दिल्लीलाई गड्डाचौकी पिलर नं. ७ बनबसा पुल पुर्वको क्षेत्र दुखेको छ भने नेपाली नेताहरु काठमाडौंलाई न कालापानी दुख्छ न लिपुलेक र लिपियाधुरा दुख्छ । यदि नेपाली नेता पार्टीहरुले दुई तिहाईले पास गरी नदिएको भए फिर्ता लिन कारवाही
गर्नोस ।
यदि दिएको हो भने त्यसको जवाफ नेपाली जनताले दिनेछन । २०४६ पुर्व मेरो हो भन्ने हिम्मत भारतलाई थिएन । नेपालका गुन्जी कुटी समेत लिने तयारीमा छ भारत तसर्थ जे गर्नुपर्छ नागरिकको नाममा झगडा बाँकी नराखी फरफारक गरी दिनुपर्छ । कालापानी लिपियाधुरा लिपुलेक बारेमा अंग्रेज नेपालको पनि सम्झौता भएका समाचार प्रकाशमा आएका थिए । बृटिस सरकार र नेपाल सरकारका परराष्ट्र मन्त्रालय सिमाविदहरु बसेर एकिन गरी राष्ट्र संघलाई जानकारी र जिम्मा दिनु पर्दछ । देशमा प्रजातन्त्र नामको शासन गर्नु आन्तरिक मामला हो यहाँको व्यवस्थामा भारतले दखल गर्न पाउँदैन । भारतीय नेताहरु के कति चलाख छन देशमा आगो लाएर नेपालबाट फाइदा लिन खोजका छन र अझै खोज्दैछन । प्रजातन्त्र त सात सालमा आयो त्यसबाट भारतका सबै पक्षका सहमति त्यस बेला भएन, १९५० को सन्धीले भने २००७ देखि २०१७ सम्म कोसी, गण्डक थप सम्झौता भए २०१७ पछि भन्ने कि २०४६ पछि महाकाली सन्धी भयो जो अनावश्यक थियो ।
२०४६/४७ मा नेपालका सबै नदिनाला साझा हुन भारत नेपालका भन्ने सम्झौता भयो तर साँझा मुद्दा भने हुन सकेन, त्यस बारेमा टिप्पणी गर्दा शेरबहादुर देउवाले भन्नुभयो नदी त भारतमा नै गएका छन चीनतर्फ त बगेन भारत किन साझा नगर्ने भन्नुभयो । २०४७ पछि १४/१५ पटक प्रधानमन्त्रीको लागी राजा ज्ञानेन्द्र समक्ष नेता माधव कुमार नेपालले दरखास्त दिए तर हुन सकेन । अनि दिल्ली गएर ग्रहको पुजा गरेर आएपछि प्रधानमन्त्री भए । भारतले काठमाडौं पश्चिम महेन्द्रनगर सम्मको आकाशमा प्लेन रुट माग्यो, नेपालले पनि महाकाली पश्चिमतर्फको रुट माग्यो अफगान र चीन जान सजिलो हुन्छ भनेर तर भारतले दिएन भने माधव नेपालले प्रधानमन्त्री हुन पाउँदा भारतकै गुन मानी यो रुट दिए तर नेपालले दिल्ली जान बाहेक अनेत्र यो रुट पाएको छैन ।
कम्युनिष्टहरु जति बढी कराउँदै गए त्यति बढी क्षति हुदै गयो, दार्चुलामा तुइन काटी युवा मारे पुनर्वासमा अतिक्रमण रोक्दा पनि एक युवक भारतले मा¥यो, कारवाही भएन कारण देखायो भारत रिसाउने हो कि भन्ने कालापानी लिपियाधुरा र लिपुलेकमा नेपाली सेना गएर खम्बा अप्रेसन गरेका हुन नाभी कुटीतर्फ नेपालले जनगणना पनि ग¥यो त्यहाँका जनता सित नेपालको मालपोत कार्यालय दार्चुलामा मालपोत बुझाएको प्रमाण पनि छ तर काठमाडौं र नेपालका नेताहरुलाई त्यो क्षेत्र दुख्दैन ।