ई – दिशानिर्देश

साँझा सम्पत्तिको संरक्षण गर्ने दायित्व कसको ?

२३ भाद्र २०८१, आईतवार
साँझा सम्पत्तिको संरक्षण गर्ने दायित्व कसको ?

जव सम्म यो देश मेरो हो, राजमार्गहरु मेरा हुन विजुली टेलिफोनका खम्बाहरु मेरा हुन, मेरा घरको समान अर्थात घर साँझा हो भन्ने भावना हामी माझ पलाईदैन भने साँझा सम्पत्तिको संरक्षण कहिले पनि हुदैन ।
महाकाली नदी देखि कम्तीमा एक किलोमिटर र साना खोला पचास मिटर सम्मको दुरीमा बस्नु हुदैन भन्ने प्राकृतिक नियम छ । वाढी आउँछ घर परिवार खेत बगाउँछ । अपरझट विपत्ति आउँछ नयाँ बस्ने वा किन्ने ठाउँ त अधिराज्यभर जहाँ पनि छन । आज काठमाडौंका नदीनालाको विस मिटर, ९ मि. र १२ सम्म छोडी बस्नुपर्ने भन्ने नियम सरकारले २०३५ सालमा बनायो भन्ने सुनिन्छ त्यो भन्दा पहिले बनेको नियम र प्राकृतिक नियम हेरौं के कति छ । चुरे पर्वतको फेदमा एक किलोमिटर छोड्ने र भावर रहन दिने भन्ने छ । आज एक मिटर पनि नछोडी बसेकाले कैलाली धनगढी, महेन्द्रनगर बासीलाई खोला पहिरोले सताएको छ ।
नियम त आफ्नो स्वार्थमा बनाउने चलन पनि देखियो जस्तो कि भ्रष्टाचार गरेको ५ वर्षपछि उजुरी नलाग्ने भन्ने पनि त नियम बनाउने तयारी आज चकनाचुर भएका छन । नदी किनाराहरु त हाम्रा साँझा हुन हामी जहाँसुकै बसेका भए पनि असर
परिहाल्छ ।
किनारामा बस्नेको घर जान सक्छ, बाढीले बगाउँदा सुकुम्बासी र पिडित हुँदा आर्थिक सहयोग दिनुपर्छ । आर्थिक सहयोग वितरण गरिने रकम पनि हाम्रो साझा हुने हुँदा हामी जो खोला नदीको किनारामा बस्दैनौं तै पनि व्ययभार हामीमा पनि थपिन्छ । तसर्थ त्यस्ता सम्पत्तिको संरक्षण गर्ने काम हामी सबैको हो । नदी, खोलाको किनारामा व्यक्तिगत फाइदाको लागी बसोबास गर्ने बाढी आई घर भत्कदा त हामीलाई पनि त क्षति हुन्छ सरकारले बनाएका वर्तमानको अवस्था हेर्दा विश्वास छैन त्यस कारण महाकाली मेची कर्नाली बागमति नदी देखि कति दुरीमा बस्नुपर्छ भनि आफैले आफैलाई छातीमा हात राखी सोधेपछि बताई दिन्छ । आज सरकारी घरको छाना दिवालमा रुख उम्रेका छन । को हेर्छ, सडकहरु सानो सानो भत्के पनि क्षति ठूलो हुन्छ त्यसमा पनि कोही हेर्दैनन् । कोही रिसाउलान भनेर हामीले पनि चुप लाग्नु हुदैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh