दिशानिर्देश समाचार
महेन्द्रनगर, २२ भदौं
साविक महेन्द्रनगर नगर विकास समिति हाल भीमदत्त नगर विकास समितिको जग्गामा बनेका स्वीकृति बेगर बनाएका भवनहरु त भत्काइए भने कसैका भवनहरु भत्काइएन त्यसमा नगर विकास समितिको स्वामित्वमा रहेको भनि घरमा रातो पेन्टले लेखी बचाई राखेका भवनहरुमा आन्तरिक राजश्व कार्यालयको पुर्व र मालपोत कार्यालयको पश्चिमतर्फ रहेका छन त्यहाँ भएका अरु घरहरु भत्कायो ति दुई मात्र किन बाँकी मात्र राखेन कि नगर विकास समितिको स्वामित्वमा रहेका भनेर पेन्टले किन लेख्यो र बाँकी नगर विकास समितिमा रहेका सबै घर जग्गाको स्वामित्व पनि त नगर विकासकै थियो, यो पक्षपात पूर्ण गरेको कार्य कसले हेर्ने के यसरी नातावाद र कृपावाद गर्न मिल्छ । त्यसरी कसैको घर भत्काउने कसैको राख्नेमा के बदनियत छैन बदनियतले राखेका छन कि नियमले यसको खुलासा नगर विकास, नगरपालिका र अख्तियार अनुसन्धान कार्यालय, जिल्ला प्रशासनले गर्दै जानु पर्छ कसैलाई काखा र कसैलाई पाखा राख्न मिल्दैन । कसैका भवनहरु नक्सा पासको अन्तिम कारवाही भएका भवनहरु पनि भत्काएका छन त कसैका पक्षपातपूर्ण बाँकी राखेका छन ।
कुनै ठाउँमा विद्यालयको नाममा भाडा लिने गरी दिएको छ भने कही विद्यालयहरुले व्यापार गर्न सटर निर्माण गरीरहेका छन । विद्यालयलाई नगर विकास समितिले दिएको जग्गा विद्यालय सुधारको लागी हो वा व्यापार गर्नको लागी दिएको हो त्यो पनि नियम र नियत संगत छ कि छैन हेर्ने निकायले ध्यान दिनु प¥यो, र कारवाही अगाडी बढाउनु पर्ने देखिन्छ भन्ने जनभावना रहेको पाइन्छ । लगतको नाममा अवैध रुपले सालघारीको जग्गा बेच्यो बनखेतमा औद्योगिक क्षेत्रको नामले केही विक्री ग¥यो भने केही जमिनमा अतिक्रमण गरी भवन बनाउन मिल्छ कि मिल्दैन । त्यस्तै कारागार क्षेत्रमा पनि औद्योगिक क्षेत्रको नामले विक्री ग¥यो के कति उद्योगहरु सञ्चालनमा छन लगत राख्नु प¥यो कही छेलाको औद्योगिक क्षेत्रको अवस्था पनि त्यस्तै नहोला भन्ने आधार के ?