ई – दिशानिर्देश

सरकार युवाहरुलाई फर्काउ

३१ भाद्र २०८१, सोमबार
सरकार युवाहरुलाई फर्काउ


२०४७ सालपछि नेपालका उद्योग कलकारखाना कौडीको भाउमा दलालीका साथ हाम्रा प्रजातन्त्रवादी नेताहरुले बेची दिएका र किन्नेहरुले पनि उद्योग सञ्चालन नगरी नेपालको सार्वजनिक सम्पत्तिको मात्र शोषण गरेकाले युवाहरु विदेश जान बाध्य भएका छन । हाम्रो सरकार सित के अपिल गर्दछौं सरकारले वैज्ञानिक अनुसन्धान केन्द्र, कृषि औजार कारखाना र चीनी तथा कागज कारखाना, धागो, कपडा कपास विकास केन्द्रको योजनाबद्ध रुपले सञ्चालन गरी बढी भन्दा बढी कृषकहरुलाई सुविधा र लाभ पुग्ने गरी स्थापना गर्नुपर्ने तथा विदेश गएका युवाहरुमा कस कसले के कति सिप सिकेका छन, बोलाई नेपालमा थप युवाहरुलाई रोजगारी दिने बन्दोबस्त तथा कक्षा १२ पास गरेका उच्च शिक्षा हासिल गर्न चाहना भएका तर आर्थिक अभाव रहेका छात्रछात्राहरुलाई अतिरिक्त समयमा प्रतिदिन २/३ घण्टा रोजगारीको बन्दोबस्त मिलाउन पर्ने सरकारसँग हाम्रो अपील छ । पहाडी जिल्लाहरुमा हावापानी राम्रो रहेकोले सिचाईको सुविधा नभएको ठाउँमा आकासे पानीका तलाव बनाएर सिचाई हुन सक्ने अवस्थामा पालिकाहरुलाई राख्न अपिल गर्दछौं । आफ्ना नागरिकहरुलाई देशबाट बाहिर लगाई उनको श्रम शोषण रोक्नुपर्ने पनि आजको आवश्यकता रहेको छ । जनभावना

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh