बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
यो त्यो व्यवस्था ठीक हो भन्ने ज्ञारेन्टी त छैन तर पनि मैले देखेको र भोगेको आधारमा कुरा गर्दा निर्दलीय व्यवस्थामा मानिसको अधिकार सुरक्षित थियो, गाउँ समाजले राम्रो मान्छेलाई आफ्नो प्रतिनिधि बनाउन सफल रहन्थे, उम्मेदवार हुन त आज पनि स्वतन्त्र व्यक्तिले पनि पाउँछन तर दलहरुको अगाडी असजिलो नै हुन्छ । पहिल्यै निर्दलमा धेरै खर्च गर्नुपर्ने आवश्यकता कमै थियो । बहुदलमा दल बल र पैसाको बढी आवश्यकता देखियो । कुनै पनि पार्टीको बहुमतमा दुई तिहाई आयो भने पुरा अवधी शासन गर्न पाउने भयो त्यति नआएमा २/३ पार्टी मिलेर सरकार बनाउने नियम र प्रचलन छ ।
आजको विकृति हेर्दा भने पार्टी वाइज चुनाव नलडी अरु पार्टीहरु सित मिलेर भए पनि आफ्नो आस्था र फाइदा छोडी चुनाव लडेका निर्लज्ज घटनाहरु पनि देख्यौं, कम्युनिष्ट र कांग्रेस दुई ध्रुवमा अवश्य विभाजित र लक्ष्यमा रहेका
छन । तर भ्रष्टाचार लोभलालसाले उत्तरी र दक्षिणी ध्रुव एक मिलेको नक्कली आभास जनतालाई गराएका घटनाहरु तपाई हामी सबै सामु रहेका छन । या त पार्टीहरुको लक्ष्य उद्देश्य र हिड्ने बाटो यौटै हुनुपर्छ । तव मात्र बहुपार्टी मिलि
राष्ट्रमाथि शुद्ध शासन गर्न सक्छन नत्र भने भ्रष्टाचारको खातिर बहुदल मिलेर बनेको एक दलको दुर्गन्ध आउँछ र
आईरहेको पनि छ । बहुदलमा पार्टी अधिकार छ तर मानव अधिकार हनन् भएको पाइन्छ, कसरी भने जसलाई जनताले रुचाएका छैनन्, उसलाई जनताको माझमा मत माग्न पठाई दिएको हुन्छ ।
त्यस कारण इमान्दार राम्रो मान्छेले मौका नपाई दल बलवालाले मात्र उम्मेदवारीको मौका पाउँछन र पाइरहेका छन । स्वतन्त्र रुपले उम्मेदवार हुने मौका त पाएकै भए पनि अधिराज्यभरीबाट स्वतन्त्र उठ्ने हैसियत सबैको हुदैन । १/२ सिट त जित्छन जिते पनि दलबलवाला मात्र ऐन नियमले शासन गर्न सक्छन स्वतन्त्र व्यक्ति देशभरीबाट ४/५ जना मात्र आए पनि के काम गर्न सक्छन न दल हुन्छ न बल इमान्दारीले शासन गर्न त न जनता इमान्दार छन न नेताहरु ।
आफूले देखे जानेको र विचारलाई ठीक बेठिक भन्न छुट्याउने जिम्माको केही अंश पाठकहरुलाई पनि छोड्दै अगाडी बढ्दै छु । जव देशभरबाट असल मानिसहरु जनताका प्रतिनिधिको रुपमा केन्द्रीय स्तरमा पुग्छन, त्यहाँबाट पनि असल मानिस कार्यकारिणी प्रमुखको रुपमा छानिने गर्दथे ।
जव नेपालमा पञ्चायती प्रजातन्त्र थियो । त्यस बेलामा पनि देशभरबाट चुनाव जितेर गएका एक सय भन्दा बढी माननीय हुने गर्थे, जनताबाट छानिएका माननीयमा सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, मरिचमान सिंह श्रेष्ठ, प्रधानमन्त्री भएका थिए । लोकेन्द्र बहादुर चन्द भने अविश्वासको प्रस्तावबाट अत्यधिक बहुमतले आएका थिए प्रधानमन्त्रीमा । उनलाई आजसम्म संसारले मिष्टर क्लीनको नामबाट परिचित छन । २०४७ सालदेखि आजसम्म पार्टी प्रमुख शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड जस्तै अरु पार्टीहरुले जसलाई उम्मेदवार हुन टिकट दियो उ मात्र पार्टीको नाताले निर्वाचनमा आउँछ, टिकट उसले पाउँछ जसले हरतरहको चाकरी गर्छ । पार्टीलाई चन्दा दान दिने जो सँग क्षमता छ उही हकदार हुन्छ । यदि कुनै पार्टीमा ओजनदार भएमा त्यसैले जित्ने गर्छ, अन्यथा कुनै पनि स्वतन्त्र मानिसलाई पार्टीहरु दवाउँछन ।
दलहरु १०/१५ हुन्छन तर स्वतन्त्र नागरिक लाखौंमा छन, उम्मेदवार हुने क्षमता भएका भए पनि जनता विभिन्न दलहरुका बाधा मजदुर जस्तै हौ भन्ने धारणा राखेका नभएका भए कांग्रेसको चुनाव चिन्ह रुख तथा एमालेको सूर्य भए पनि हामी मिलेर चुनाव लडेका हौ भनि रुखले सूर्यमा र सूर्यले रुखमा मत माग्नु कुन कहाँको नियम र सिद्धान्त हो यसले त के बुझाउँछ भने भ्रष्टाचार गरी देशको साँझा सम्पत्ति लुटि खानलाई मात्र हो भन्ने बुझिन्छ र भएको पनि यस्तै छ । राजा महेन्द्र राजा हुँदा मातृका र विपी कोइरालाले भारत सित गण्डकी र कोसी सम्झौता गरेका थिए । त्यस्तै ति कोइराला बन्धुहरु र राणा अन्तिम प्रधानमन्त्री छदा नेपालका उत्तरी चिनको सिमानामा १८ वटा भारतीय सैनिक पोष्टहरु राखेका थिए जुन कृतिनिधी विष्टको पालामा १७ वटा पोष्टहरु बलजफती हटाई एक कालापानीको मात्र बाँकी थियो । त्यो पनि हटाउने वाला थिए नेहरु तथा राजा महेन्द्रको मृत्यु भैसक्यो । बाँकी विस्तृत गत अंकमा पनि लेखेको छु । तसर्थ यो अंकमा देखाएन ।
नेपालमा मानव अधिकारको संरक्षण गर्ने राजा विरेन्द्र र त्यसपछि राजा ज्ञानेन्द्र थिए आफ्नो अधिकारलाई तिलान्जली दिएर मानव अधिकारको संरक्षण गरेका थिए राजा ज्ञानेन्द्रले । चीनमा आन्दोलन भयो तानसेन चोकमा लाखौं प्रदर्शनकारी माथि बन्दुक बम मात्र हैन बोल्डोजर चलायो, नेपालमा पनि १९ दिने अन्तिम आन्दोलन बाह्र बुँदे दिल्ली सम्झौता अनुसार सात दलहरु मिलेर गरे मानव अधिकारको रक्षा होस म देशको सेवा गर्छु यही देशमा बस्छु तर जनताको नासो जो मेरो जिम्मामा छ त्यो नासो श्रीपेच राजदण्ड सुरक्षित राख्न वर्तमानको सरकार मार्फत जनतालाई फिर्ता गरेको छु भनि नारायणहिटी दरबारबाट निर्मल निवासमा नै सरेका थिए । यस्तालाई महान व्यक्ति संसारले नै भनेका छन । यदि सत्ताको लोभवाला भएका भए टिकिरहन आफ्नो पुरा शक्ति प्रयोग गर्ने थिए । तैपनि एक उहाँले ठूलो गल्ती गरेका हुन भन्न मन के लाग्छ भने म्याद सकिएको सांसदलाई मुर्ख गिरिजाको हटमा चलेको सांसद व्यूताउने तर्फ ५ बुँदे सम्झौताका साथ सांसद विउझाई दिए र त्यही विउझेको मृत अवैधानिक सांसद सभाले राजसंस्था हटाउने भन्ने सुरुमा गरेको निर्णयलाई मान्नु भयो, कारण थियो म त बरु
साधारण नागरिक भएर बस्दछु यदि देशमा शान्ति र प्रगति हुन्छ भन्ने धारणा थियो उनको पार्टीहरु अर्थात सात दलहरुले भनेको कुरा सहजै मानिदिनुभयो तर राजा ज्ञानेन्द्र सित गरेका अरु बाँचा र कबोलहरुको वास्ता गरेनन् र आज देशको यस्तो दुर्दशा भएको छ ।
राजाले मानव अधिकारको मात्र संरक्षण नगरी राजनीतिक पार्टीहरुको समेत अधिकारको संरक्षण गरेका हुनाले आज पार्टीहरुको पनि मनपरीतन्त्र चलेको छ । आज मानव अधिकार बाल अधिकार केवल भाषण भिषणमा मात्र छ, मानवलाई जातीय उचनिचमा विभाजित गरिएका छन, दलितको परिभाषा जाती विशेषमा विभाजन गरेका छन दलित त एक बाहुत क्षेत्री वैश्य कोही पनि हुन सक्छ दलितको परिभाषा एक करोडपति दमाई शार्की, कामीलाई पनि दलित भन्ने गरेका छन । एक गरिव क्षेत्री जतिसुकै दलित भए पनि उसलाई बहादुर नै ठान्छन, यो पार्टीहरुको मुर्खता हो । एक दमाई, लुहार आफूलाई दलित भनेर हेपेको हेर्न चाहदैनन् ।
सरकारले मानव जातिकै भेदभाव गरेको छ । कसैलाई ६० वर्ष पुग्दा सामाजिक सुरक्षा भत्ता दिएको छ भने कसै जातिलाई ७० वर्ष पुगेपछि दिने गरेको छ तर प्राकृतिक न्याय संगत नभएर अन्याय हो किन भने एक गरिव, बाहुत क्षेत्रीले ७० वर्ष पर्खनु पर्ने तर एक करोडपति दमाई लुहारले ६० वर्षमा पाउने यो अन्याय हो कि न्याय ?