सनातन धर्म संस्कृति, रितिरिवाजको सिमा हुदैन भन्ने कुरा हरेक चाडपर्वमा प्रत्यक्ष थाहाँ हुन्छ २०८१ को गौरा पर्वमा साविक विशाल नेपालको क्षेत्र हाल भारत स्थित कुमाउ गडवाल क्षेत्रमा देख्न पायौं । युट्युवमा त सबैले देखेको होला प्रत्यक्ष बैतडी, डोटी, डडेल्धुरा, अछाम, बझाङ अर्थात कर्नाली पश्चिम कागडा सम्मको क्षेत्रमा गौरा पर्वको झलकले गर्दा हाम्रो यस क्षेत्र र कुमाउ गडवालको गौरा देखिको पर्व एकनासले मनाएको देख्दा हामीलाई विशाल नेपालको याद आयो । राजनीतिक क्षेत्र विभाजन भएका होलान नेताहरुले शक्ति अनुसार राजनीतिक सिमाना विभाजन गरेका भए पनि प्राकृतिक सनातन धर्म संस्कृतिलाई कसैले पनि छेकवार गर्न सक्ने अवस्था रहेनछ भन्ने कुरा बुझियो । हुन त सनातन धर्म संस्कृतिकै कारणले वर्तमानको भारतमा अंग्रेजको अर्थात कम्पनि सरकारको शासन छदा समेत नेपालका राजा तथा राणाहरुले नेपाली तिर्थयात्रीको सुविधाको लागी जगन्नाथ पुरी, बौद्धगया, विन्द्रावन, हरिद्वार, अयोध्या, बद्रीनाथ, केदारनाथका ठूला धर्मस्थलहरुमा लालमोहरिया नेपाली पण्डाहरुलाई नियुक्ति दिई केवल नेपाली धर्मावलम्बी तिर्थयात्रीहरुको लागी भनेर पण्डाहरु आजसम्म रहेकै छन । हामीले पनि तिर्थयात्रामा जाँदा हालसम्म देख्दै आएका छौं, नेपाली तिर्थयात्रीहरुलाई राम्रो सुविधा बस्न धर्मशाला, धर्मशाला नभएको ठाउँमा होटलको समेत बन्दोबस्त गरिदिएको हामी पाउँछौं । लालमोहरीया नेपाली पण्डाहरुको पनि परिवार संख्या बढेको हुँदा हरेक भाई भतिजाहरुलाई नेपालका जिल्ला गाउँका जनताहरुको सेवाको लागी भनेर एरिया विभाजित गरेको पनि पाइन्छ । सर्वप्रथम जिल्ला बाड्दै गाउसम्म पुगेका छन् जब तिर्थ यात्रा गर्न हामी केदारनाथ, बद्रीनाथ, जगन्नाथपुरी जान्छौ भने त्यहाका नेपाली पन्डाहरुसित हामीले भेट्न खोज्यौ भने हाम्रो गाउ ठाउको नाम दिने वितिकै ३/४ पुस्तासम्मका बुवा बाजेहरु जो त्यहाँ तिर्थमा पुगेका छन उनको नाम थर र यात्रामा गएको मिति अर्थात पुरै परिवारको नाम लेखेको लगत १० मिनेट भित्रै खोजी दिन्छन र व्यवस्थित र विश्वासीलो रुपले राखेको हामी पाउँछौं । हाम्रो सनातन धर्म यहाँ मात्र सिमित नभएर पुरा भारत भरी फैलिएको छ । भारतका पण्डा भट्टहरुलाई हामी पशुपतिमा पाउँछौं भने नेपाली लालमोहरिया पण्डा भारतभरीका तिर्थहरुमा हामी पाउँछौं । जगन्नाथपुरीको गर्व गृहमा त पुजा गर्ने अधिकार जगतगुरु तथा नेपालका राजारानीलाई मात्र रहेछ अझै बुझे हुन्छ । हरेक १२/१२ वर्षमा त अवश्य अनिवार्य रुपले नेपालका राजारानीलाई सम्मानका साथ जगन्नाथ पुरीमा व्यवस्थापन तथा भारत सरकार स्वयमले आमन्त्रित गरेको पाइन्छ । राजा ज्ञानेन्द्रलाई राजसंस्था हटाएपछि पनि एक पटक
पुरीमा बोलाई गर्वगृहमा पुजा गराएका छन ।
पशुपन्छी तथा सनातन धर्म संस्कृतिको सिमाना नभएकोले यस पर्वको गौरा पर्वमा डिडिघट, पिथौरागड कुल्लु काजा जस्ता कुमाउ र गडवाल क्षेत्रमा लागेको गौरा पर्वले हाम्रो सनातन धर्म संस्कृति भद्रतापुर्वक मनाएको पाउँदा हामी नेपालीलाई समेत हर्षको सिमा रहेन ।