ई – दिशानिर्देश

नेपालको संविधान २०७२ किन निर्विवाद बन्न सकेन ?

६ आश्विन २०८१, आईतवार
नेपालको संविधान २०७२ किन निर्विवाद बन्न सकेन ?

हामीले २००४ को विधान, २००७ देखि २०१५ सम्मका अन्तरिम विधान संविधान तथा २०१९ को संविधान तथा २०७२ को संविधान पनि अध्ययन ग¥यौं र त्यो अवधि भित्र बनेका अन्तरिम विधानहरुको पनि अध्ययन ग¥यौ २०४७ सालको प्रजातान्त्रिक सबै भन्दा राम्रो संविधान हो भन्ने गर्दथे हाम्रा वर्तमानसम्मका सबै नेताहरु अन्तमा राजा
विरेन्द्रको वंश नास हुने गरी हत्या भएझै २०४७ को संविधानको हत्या भयो, हत्या पनि जसले बनाएका थिए उनैबाट हत्या भयो । हत्या त २०१९ को संविधानको पनि भयो तर विधिको रित पु¥याई प्राकृतिक नियम कानून संगत रहेर हत्या भयो । कैयौ पटक संशोधन भयो पिडी बदलिदै जाँदा संविधान बन्ने बेलामा दश÷पाँच वर्ष उमेर पुगेका र जन्मिएका बालकहरुको उमेर पुगेपछि देशप्रति पनि चासो बढेन र राष्ट्रलाई नयाँ ढाँचा र सैलीमा लैजान खोज्ने युवाहरुको आसा हुने भए पनि त्यो आसालाई प्रोत्साहित नदिई युवाहरुका आसा कल्पनाको कुनै वास्ता नराखी जन्मजात विवादको घेरामा गजल्डीएको संविधानलाई बलजफती मान्न लगाउनु र अर्को पिडीलाई जिम्मेवारी बहन गर्न नदिनु अर्थात समयानुसार संविधानको सुधार संशोधन नहुनु नै संविधान २०७२ लाई पनि हेला गरेको ठहर हामी गर्दछौं ।
सकेसम्म संविधान निर्विवाद रहोस विवाद रहे पनि नेपालको संविधान २०१९ को भन्दा पनि बढी मर्यादित बनोस भन्ने हाम्रो चाहना हो । २०१९ को संविधानले पनि विवाद सिमोट्दै जनचाहना अनुसार सुधार हुँदै प्रजातान्त्रिक तरिकाले जनमत संग्रहमा पनि गयो, जसलाई एक थरीले निरंकुश पनि भन्ने गरेका थिए, त्यो संविधान भन्दा झन प्रजातान्त्रिक संविधानको आसा राखी २०४७ को संविधानमा टेकेर नयाँ संविधानको निर्माण संविधान सभाबाट होला भन्ने इच्छा जनताको थियो र संविधान बन्दा त्यही सुझाव दिएका थिए । विद्धान सभाले बनाएको २०४७ को संविधानलाई २०७२ को संविधान सभाले मुर्ख सभाले बनाएको संविधान २०४७ लाई अंकित गरेको आभास भयो ।
नेपाल अधिराज्यभरीका नागरिकहरुले संघियतालाई चाहेका छैनन्, बरु पालिका चाहेका छन, प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी चाहेका छन । त्यसो भएमा पार्टीको नभई नेपालको प्रधानमन्त्री बन्नेछ र सांसदहरुलाई लोभलालसा पनि बढने छैन र भ्रष्टाचारमा पनि कमि आउन सक्छ । हाम्रा नेताहरुले हाम्रा भावनाको पनि कदर गरोस, सम्पूर्ण कार्यहरु सफल हुनेछ । जो सुकै प्रधानमन्त्री, मन्त्री भए पनि के भयो र देशप्रति बफादार मात्र हुनु प¥यो, निशेषको राजनीतिबाट संविधानलाई बचाउनु प¥यो । नेलसन मण्डेला र हाम्रा नेताहरुले लगभगसँग सँगै स्वतन्त्रता पाएका हुन मण्डेलाले निर्विवाद शासन चलायो भने हाम्रा नेताहरुले विवादित चलाएको शासन व्यवस्थामा सुधार ल्याउन जरुरी छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh