प्राकृतिक नियमले पनि ठूला नदी किनारादेखि कम्तिमा एक किलोमिटर र साना सुखा खहरे देखि २० मिटर तथा साना नदी
किनाराबाट ५ सय मिटर टाढा मात्र बसोबास गर्ने भन्ने छ । नापी गर्दा ऐलानीलाई बसोबास गर्दा पछि पछि त खोला, नदी किनारासम्म बसोबास गरेका र नापी विभागले पनि नदी किनारासम्म नापी दिएका धेरै घटनाहरु छन । जहाँ बसोबास गर्न नियमले प्रतिबन्ध गरेको छ भने त्यहाँ बसोबास गर्नु आफैमा गलत त छदैछ भने झन उल्टा नापी कार्यालयले नापी गरी दिएका घटनाहरु प्रसस्तै देखिन्छन ।
बस्ने बेलामा लोभले गर्दा बसी हाले अब छोडन छुटाउनलाई महाभारत भएको छ । हाल काठमाडौंका घटना हेर्दा अत्यन्त दुःख लाग्छ, बस्नेले नबसी दिएको भए तथा प्रशासन नापी तथा पालिकाहरुले बस्न नदिएको भए आज विचल्ली भोग्नुपर्ने थिएन । नेताहरुलाई भोटको आसा भयो । गैरकानूनी नापी गर्दा नापीका कर्मचारीहरुलाई पनि आर्थिक लाभ हुने हुँदा इन्कार कसैले पनि गर्न सकेन । विद्यालयको अन्तिम भ्रमणको बेला राजा विरेन्द्रले महेन्द्रनगर कञ्चनपुर, दोधारा चाँदनीको समेत भ्रमण गर्दा यहाँको बजार क्षेत्रको सुरक्षालाई ध्यानमा राखी चुरे भावरबाट १.५ किलोमिटर ग्रिनबेल्टको लागी छोड्नु बसोबास गर्न नदिनु भने पनि त्यहाँ त के राख्थे बरु २ कि.मि. उत्तर तर्फ झन बसोबास बढाएका छन । बाढी त्यहाँ हाल नआए पनि समतल क्षेत्र तराइमा बाढी आउनु सुरु भैसकेकोले अझै समय छ खोला किनारासम्म बसोबास नगरौं भन्ने जवाफ आज कहीकतैबाट आएको देखिदैन । त्यसतर्फ सरोकारवाला निकायले समयमै ध्यान दिनु जरुरी छ ।