ई – दिशानिर्देश

देशमा दुई थरीका मानिस छन्

१३ जेष्ठ २०७४, शनिबार
देशमा दुई थरीका मानिस छन्

नेपालको इतिहासमा धेरै टाढाको कुरा भन्दा पनि नजिकका कुरा गरौं, के भने हामी संग दुई थरीका नेताहरु छन् । एकथरी हो घरमा आगो लगाई भाग्ने, अर्काे थरी हो आगोलाई निभाउन पानी खोज्न जाने ।

जनता आफ्नो तारतम्यमा लागेको बेला घरमा आगो लगाई जनतालाई तर्साउने जुन घरमा आगो लागेको छ त्यो घरमा बस्नु हुदैन भन्ने मनसाय इमानदार, लौहपुरुष गणेशमान सिंह श्रेष्ठको उद्गार थियो । आफ्नो घरमा कसैले आगो लगाएको भए सामना गर्न सकिने थियो तर घरबेटीले नै आगो लगाएकोले त्यो घरमा बसेर मृत्युवरण गर्नु भन्दा घर छोड्न बेश भनी सर्वमान्य नेता गणेशमानले घरबाट निस्कनु बुद्धिमानी नै रहेछ ननिस्केको भए आज उनको नाम समेत बल्ने थियो ।

गिरिजा बाबुले आगो लगायो निभाउन सकेन बरु घ्यू तेल थपी आगो दन्कायो । २० वर्ष सम्म स्थानिय चुनाव रोक्ने को थियो ? के कृष्ण प्रसाद भट्टराई थिए वा मनमोहन अधिकारी । ती दुबै जनाले न देश जलायो न चुनाव रोक्यो । चुनाव रोकेको प्रमाण चाहिन्छ भने जसले आज देशमा प्रथम चरणको निर्वाचन बैशाख ३१ गते २०७४ मा पुरा ग¥यो उनैले रोकेका हुन् भनेर के जनताले भन्न सके ?

भारतबाट अंग्रेजले छोड्ने बेला नेपालको जमिन फिर्ता लेनदेन प्रक्रिया हुन्छ भनेर पंडित जवाहर लाल नेहरुले नेपालका तत्कालिन नेताहरु तथा सरकारले दाबी गरी हाल्छ कि भन्ने सकुनी नीति बोकी राणाको विरुद्धमा उसैबेला नेपाली नेता तथा भारतीय कुटनीतिज्ञलाई खटायो । अन्तमा नेहरुजीले प्रजातन्त्र सित नेपालको भुमि साटासाट गराउँदा अन्त सम्म को नेपाली नेताहरु बोले, आज १९५० को सन्धी खारेज गर्ने आवाज नेपालीबाट किन उठिरहेको छ कहाँ छ ?

हुन सक्छ सुगौली सन्धीलाई १९५० को सन्धीले खारेज गरेको हुदा त्यो कायम राख्न त्यस्ता कुराको विरोध गर्ने राजसंस्था माथि कुटनीतिक गोप्य हमलाका साथ राजा वीरेन्द्रको हत्या गरियो । के रोक्न सकिदैनथ्यो ? अझै जनताको प्रश्न हुनुपर्छ १९५० को सन्धीको पुनरावलोकन वा खारेज गर्ने हो भने सुगौली सन्धीको के हुने ? के यस्तै गछौं भनी प्रष्ट पारी सार्वजनिक गरिएको त छैन ?

महाकाली टनकपुर सन्धीले भारतलाई तत्काल एउटा मात्र फाइदा भएको छ त्यो हो सुगौली सन्धीको थोरै हिस्सामा समर्थन जनाई टनकपुर पारीको जमीन भारत कै हो भन्न सक्ने । जनताले नेतालाई वारनिङ दिएका छन् कि अब गणतन्त्र सित नेपालको भु–भाग नसाटियोस् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh