ई – दिशानिर्देश

साँझा सम्पत्तिको संरक्षण हुनै पर्छ

२८ कार्तिक २०८१, बुधबार
साँझा सम्पत्तिको संरक्षण हुनै पर्छ

आज महेन्द्रनगर नगर विकास समिति अन्तर्गत अतिक्रमण गरी बनाएका भवनहरु तथा जसले स्वीकृति लिएर बनाएका थिए उनीहरुको पहुँच नपुग्दा भत्काएका छन । जे जस्तो भए पनि यदि सरकारी जग्गाको संरक्षणको लागी हो भने त ठीक हो तर सरकारले मनपरी तरिकाले हटाएको काम ठीक भएन । खोकाछाप्राहरु राख्न ठाउँ दिएकाहरुको लगत न.पा.मा मौजुद छ तर त्यहाँ यौटा पनि काठका खोका राखेका पाईदैन । १०×१० का इँटाले चिनाई गरी पक्की घर बनाएका छन । व्यापार छैन त्यतिकै भाडामा लगाई पैसा असुल गर्दैछन तर जसले अनुमति लिएर नक्सा पास गराई बनाएका केही १/२ घरहरु मात्र भत्काएका छन । बाँकी जस्ताको त्यस्तै राखेका छन । आजको जनताको माग रहेको छ सरकारी जग्गामा जसरी बसपार्कको पश्चिमतर्फ नेसनल टे«डिङले तारबार गरी आफ्नो क्षेत्र सुरक्षित राखेको छ त्यसैगरी नगर विकासले पनि जनताको साझा सम्पत्ति
सुरक्षित राख्नुपर्ने हाम्रो पनि माग छ । कसैलाई उठाउने कसैलाई काखी च्याप्ने काम गैरकानूनी भएकोले नगर विकास भित्रको जग्गामा कुनै लोभ लालसा नराखी तुरुन्त सबैको जस्तै खाली गरी गराई तारबारका साथ सुरक्षित राख्नुपर्ने जनभावना रहेको पाइन्छ ।

यदि इटाँले चिनाई गरी टिन लगाएर बस्नु बैध हो भने के त्यसरी अरु व्यक्तिहरुले बसेमा के होला र किन नबस्ने के त्यो क्षेत्र उनीहरुलाई कानूनपुर्वक बस्न दिएको हो यस्तो पक्षपाती कानून र काम ठीक भएन तुरुन्त हटाउँ वा नगर विकास समितिको स्वामित्व भनेर भवनमा लेखी अरुले पनि बस्न पाउने कि नपाउने । मालपोत कार्यालयको अगाडीका भवनको कुन लालचमा रहेका हुन के नगर विकास नगरपालिकाले जे मन लाग्यो त्यो गर्न पाउँछ । यस्ता काम हेर्ने र कारवाही गर्ने निकाय कुन हो किन मौन रहेको छ खुलाउनु पर्ने धारणा हाम्रो छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh