ई – दिशानिर्देश

महेन्द्रनगर स्थित पंचायत रजत पार्क, के पार्क जस्तो छ ?

२८ कार्तिक २०८१, बुधबार
महेन्द्रनगर स्थित पंचायत रजत पार्क, के पार्क जस्तो छ ?

महेन्द्रनगर बजारको दक्षिणतर्फ रहेको पार्कको वारेस को ? त्यो पार्क, पार्क जस्तो छ ? नाम बदल्न त भीमदत्त बाटिका नामाकरण गर्ने दुस्प्रयास पनि गरेकै छ र भीमदत्त पन्तको शालिक पनि राखेको छ । मेन पंचायत रजत जयन्तीको बेला अर्थात जव पंचायतलाई २५ वर्ष पुग्यो त्यस बेलामा निर्माण गरिएको हो । यो पार्क नेपाली जनताको सम्पत्ति हो रजत स्तम्भमा लगाएमा मार्बल ठाउँ ठाउँमा  तोडफोड गरिएका छन । 
हाम्रो भनाई त केवल पार्क, पार्क जस्तो हुनुपर्छ । स्कुलका हेडमास्टरको रीसले स्कुलमा आगो लगाउनु मुर्ख हो भन्ने मात्र हो । व्यवस्था र नेता देशका औजार हुन जति बेला जे जसको आवश्यक पर्छ देशले त्यही प्रयोग गर्दछ । भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेको यो पार्कको विस्तार र सुधार कसरी गर्नुपर्छ भनि पार्कको ज्ञान भएकाहरु सित सल्लाह लिनु प¥यो वा भारत बनबसा पुल, पिलिभित, टनकपुर, बरेलीमा रहेका पार्कहरुको अध्ययन गरि सुधार र विस्तार गर्नु प¥यो । नाम बदलेर पार्कबाट घाँस मात्र बेचेर पार्क, पार्क जस्तो बन्दैन । प्रशासनको पनि नजर पुगोस । 
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh