ई – दिशानिर्देश

अतितका यादास्तहरु

२८ कार्तिक २०८१, बुधबार
अतितका यादास्तहरु

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

कटौजपानीदेखि घुकओराड सम्म, सायद म १०/१२ वर्षको थिए जस्तो लाग्छ उसरी आज त म ७८ वर्ष प्रवेशमा छु, त्यसबेला नुन, लत्ताकपडा गृहस्ती सामान खरिद गर्ने पुर्चौडी, बझाङको बुङल, छन्ना तलराबासीको समेत स्थानीय बजार सोर पिथौरागढ थियो र त्यति आवतजावत गरी सामान ल्याउने लैजाने गर्थे । त्यही क्रममा एक दिन घरबाट ढिलो आएछौं सोर जान बास कटौजपानीको धर्मशालामा बसियो पछि याद आयो हिडेका भए त बास बस्न छानी खोजलेकसम्म पुगिदो रहेछ । त्यहाँ कटौजपानीको धर्मशालामा किन बसियो आजसम्म पनि बुझ्न सकिदैन । धर्मशाला केवल दिवाल छत ढुंगाबाट बनेको थियो । मूलढोका एक भए पनि कोठा अनेक, उभिदा टाउको ठोकिने, सुत्दा उडुसहरुले रात विताउन नदिने, मेरो घरबाट त ३/४ घण्टाको दुरीमा मात्र थियो । त्यो धर्मशाला त्यतिबेला रुखहरु वरिपरी चौतारा बनाउने सिलङ, पिपलका रुख लगाउने पानी धारा बनाउने धार्मिक भावना बोकेकाहरु हुँदा हरेछ । आजको तुलनामा सतप्रतिशत भने पनि हुन्छ । आज भोली त पार्टीहरुमा चन्दा दिने अनैतिक फाईदा निकालेका त छन तर धर्मार्थ काम गर्ने नेपालमा नाका बराबर भए पनि भारतमा भने अस्पतालको नजिक मठमन्दिर नजिक धर्मशाला अझै बनाई रहेकै छन । धर्मशाला त काठमाडौं पशुपतिमा पनि छन जुन मारवाडीको कब्जाबाट छुटाउन सकेका छैनन् । दानमा उनीहरुले नै बनाएका भए पनि त्यो सम्पत्ति त पशुपतिनाथको हो भनेर मारवाडीहरुले छोड्नुपर्ने र सरकारले पनि आफ्नो जिम्मा लिनुपर्ने थियो । महानगरले लिन खोज्दा दिनलिन दिएन, पार्टीहरुका कारण त पार्टीहरुले त पैसा दिन्छन मन्दिरले के देवस ।
मलाई प्रष्ट याद छ ठाउँ ठाउँमा धर्मशाला थिए । म किताब ल्याउन बैतडी गढी जाँदा कठपतेमा पनि धर्मशाला देखि खुसी लाग्यो । त्यहाँनेर पानी र सुन्दर वन थियो । त्यस्तो खहरेपिपल छेलाको पुर्व दक्षिण तर्फ हालको कारागार दक्षिण क्षेत्रमा पनि धर्मशाला थियो । २०३५ सालसम्म त छदै थियो, त्यसपछि त्यसका सबै सामग्री कसले चो¥यो कहाँ लगे थाहाँ भएन । यस्ता पुराना संरचनाहरुको रेखदेख गर्ने काम त सरकार जनता सबैको हो तर लुटिए यस्ता ऐतिहासिक संरचनाहरु ।
घरबाट पिथौरागढ जान थालेको त म १०/१५ वर्षको छदा खेरी नै हुँ एक पटक पिपलकोटको धर्मशालामा पनि बसेको छु । त्यहाँ सरसफाई राम्रो थियो त्यहाँ नजिकै प्रतिष्ठित व्यक्तिहरु पनि बस्दथे । श्रीमान रघुवीरशरण भट्ट र उनका भाईहरु समाजसेवी पनि थिए । वर्तमानमा त्यो धर्मशालालाई हेल्थ सेन्टरको रुपमा निर्माण भएको सम्बन्धित पालिका तथा सरकारको ध्यान आकर्षण गर्दछु कि त्यस्ता पुराना वेवारिसे संरचनाको जिम्मा लेवस । समय हो एक पटक सोरको उत्तरतर्फ घुक वराड छ, त्यो ओराडमा त्यस बेला एक जना सन्यासी पनि बस्ने गर्दथे । त्यहाँ एकरात विताए । पछि थाहाँ पाए अर्को पकट सो पिथौरागढमा त राम्रै २ तले धर्मशाला रहेछ । २०६१ सालसम्म त छदै थियो । तल्लो तला पसल राख्न भाडामा दिएका छन । अवस्था भने दयनीय नै थियो । मैले सुझाव दिएको थिए व्यवस्थापकहरुलाई यो भवनलाई नमूनाको रुपमा राख्नु मर्मत सम्भार गरे राम्रो हुन्छ भनेको थिए । म त्यो सिन जोडिएकै सामुन्ने ल्याव प्याथोलोजी थियो । बैतडीमा बहाल रहँदा सुगर टेष्ट गर्न म त्यहाँ
गैराख्थे । किनभने बैतडीको सरकारी अस्पतालमा पनि ल्याव थिएन । २०६२/६३ मा त मेरो अवकास भए पनि २०६४ सालमा म सोर पिथौरागढ गएको थिए । त्यहाँ कुनै सुधार भएको थिएन । म ति सबै धर्मशालाहरुप्रति साझेदारीझै प्यार गर्थे र गरिरहने पनि छु ।
२०२२/२३ सालसम्म झुलाघाट भारततर्फ पनि मोटरबाटो पुगेको थिएन । त्यसकारण हामी हिडेर आवतजावत गथ्र्यौ । धेरै ठाउँमा बास बस्दथ्यौं । कहिले गैनाको खोलामा साना पसल थिए त त्यहाँ कहिले मुनाकोट बड्डामा व्यापारीहरुका
बरन्डामा बास बस्थ्यौं । वर्तमानमा त ती बरण्डाहरुमा पसलका सटरहरु बनाएका छन । सोर पिथौरागढको सिमल गैर मध्यबजारमा त नेपालीहरुकै घर पसल थिए । त्यहाँ पनि बस्न पाइन्थ्यो । त्यस्तै झुलाघाटमा पनि जहाँ बसे पनि ओड्ने विछाउन कपडा व्यापारीहरु कम्बल मण्डी दरी निर्धक्क हिसावले दिने गर्थे । खाना पनि हामी आफै पकाउने हुँदा नपुग भाडावर्तन लुगाकपडा सबैको सहयोग पाएका थियौं । आफूसित रकम नभए पनि जे जति सामान चाहियो पैसा छैन भनेर लिन बाँकी रहदैन थियो । उधार व्यापारीहरु दिन्थे तर ग्राहकहरु जो सुकै भएपनि इमान्दारीका साथ बुझाउदै गर्ने । व्यापारी ग्राहकहरु सितको सम्बन्ध ज्यादै राम्रो रहेको थियो । गाउँघरमा पनि परस्पर असल सम्बन्ध रहेकै कारणले धानखेती होस वा गहुँ खेती गर्दा मिलेर गर्ने चलन थियो । घर बनाउँदा होस वा घर छाउने पात्थर ढुवानी गर्न धेरै टाढा टाढाबाट जस्तै धौलकाडाँ, बझाङ बुङलबाट विजयपुर कटौजपानी, गोरागाउँ, कालागाउँ साङडी महर गाउँसम्म धौलकाडाका घर छाउने पात्थरहरु ल्याउने गर्थे । जसलाई खेडी भन्ने गर्थे । पात्थर जयपुर भारतका ग्रेनाइट जस्ता तर नटुटने काला थिए जुन आज ८० वर्ष पुराना पात्थर पनि जस्ताका त्यस्तै छन । यदि जयपुरका मार्वलझै पालिस लगाउने हो भने मार्वल भन्दा राम्रो हुने थियो । ठूला ठूला काम हुँदा सबै मिलेर गर्थे तर अचेल जहाँ पनि कामदार लगाई रकम दिई काम गराउनु पर्दछ ।
कञ्चनपुरको कुरा गर्दा महेन्द्रनगरको बजारमा ४/५ घर मात्र पक्की थिए । यौटा हो प्रेम बल्लब पाण्डेय र अर्को उप्रेती तथा बोहराजीहरुका भवन थिए । हाल नविल बैंक रहेको लाइनको पहिलो घरमा होटल थियो । कांग्रेसी नेता कार्यकर्ताहरुको चिया पिउने गफगाफ गर्ने ठाउँ पनि त्यही थियो । एक दिन सन्तबहादुर तामाङ प्रहरी जवान रोमन गस्तीमा रातभरी घुमिरहेछ पंजावको मुख्यमन्त्री प्रतापसिंह क्यारोलाई मारेर सुच्चा सिंह भागेर नेपाल महेन्द्रनगर पसी त्यही होटलमा बास बसेछन । विहानै सित भारतीय प्रहरी जीप लिएर हत्यारा खोज्न आउँदा सन्त बहादुर सित भेट भएछ । त्यो पनि हत्यारालाई प्रहरीमा लैजादै गर्दा त्यही बेला भारतीय प्रहरीले रु ५० हजार दिदै सन्त बहादुर तामाङलाई भनेका थिए नोकरी छोड घरबस यसलाई हामीलाई देउ प्रहरीकहाँ नलैजाउँ भनेपछि तामाङले भनेछ हामी त भारतीय प्रहरी होइनौं नेपाली प्रहरी हौ त्यस्तो गर्दैनौं भनि भारतीय गाडी प्रहरी अपराधीलाई सन्त बहादुरले पुलिसमा बुझाई दिदा भारतीय प्रहरीलाई छोडि दिनु सुच्चा सिंहलाई काठमाडौं पठाई केरकार गरी नेपालको नागरिक नठहरेकोले भारतलाई बुझाएका थिए । मेरो सन्त बहादुर तामाङ सित प्रत्यक्ष कुराकानी भएको थियो ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh