ई – दिशानिर्देश

व्यापारीको पिडा कसले हेर्ने ?

१० मंसिर २०८१, सोमबार
व्यापारीको पिडा कसले हेर्ने ?


उद्योग तथा व्यापार व्यवसाय देशको मेरुदण्ड हो । कृषकहरुलाई मलखाद उन्न बीउ विजन उपलब्ध गराउने अनिवार्य काम सरकारको हो । त्यस्तै उद्योगी र व्यापारीहरुलाई आवश्यक पर्ने सामग्रीको आपुर्ति गर्ने काम पनि सरकारको हो । कञ्चनपुरको महेन्द्रनगरमा नगरपालिकाका सटरहरु तेस्रो पक्षले फाईदा उठाई दलाली गरेको छ । व्यापारीबाट सोझै भाडा असुल्नु पर्ने हाम्रो तथा आम व्यापारीको राय छ । व्यापार कसरी चलेको छ भन्ने कुराको पनि सरकार तथा नगरपालिकाले अनुगमन गर्नुपर्ने र भाडा तथा काम गर्ने व्यक्तिको ज्याला असुल हुन्छ हुदैन यो हेर्नु जरुरी छ । काम गर्ने एक जनाको तलब कम्तीमा २० हजार र घर भाडा गरी जम्मा कति खर्च हुन्छ, आम्दानी र खर्चको अनुमानित सर्वेक्षण गर्नुपर्ने हाम्रो राय छ । त्यसमा पनि नगरपालिकाले चक्रवर्ति व्याज लगाएर भाडा असुल गरेको छ । त्यो जायज छ वा नाजायज त्यसतर्फ अवश्य ध्यान जानै पर्दछ । व्यापार र अवस्था हेरेर भाडा असुल्नु पर्दछ । हुन त व्यापारीहरुको उद्योग वाणिज्य संघ छ, व्यापारीहरुको हितमा त्यो संस्थाले जायज आवाज उठाई लड्नु पर्ने हो त्यस्तो गरेको पाइदैन । व्यापारीको पक्षमा जायज आवाज उठाई सार्वजनिक हुनु पर्दछ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh