आज राष्ट्रको जुनसुकै निकायमा पक्षपात लोभ लालचा बढी रहेको छ । लोकको डर कसैलाई पनि छैन । कुनै पनि काम गर्दा नीति बनाउनु पर्दछ । योजना तर्जुमा गरेर केन्द्रदेखि स्थानीय तहसम्म त्यस्तो गरेको पाइदैन । यदि कञ्चनपुर जिल्ला महेन्द्रनगरको मात्र पनि कुरा गर्दा महेन्द्रनगर विकास समिति महेन्द्रनगरले चोरुवा गोप्य योजना बनाई दलाल मार्फत समितिका नाउमा रहेको जग्गा अनौपचारिक अदृष्य गरी विल भर्पाइ रसीद बेगर खरिद विक्रि गरी नगरपालिकाका केही नेताहरु मिलि नक्सा पास बेगर सटर बनाउन लगायो, ओपेरा होटलदेखि राजमार्गसम्मको रेजर्व राखेको मैदान घर निर्माण गरेर जग राख्दै गरी भरिभराव भयो । विद्यार्थीहरुले आन्दोलन ग¥यो अवैध संरचना तोड्न तयारी गरी १/२ मा जेसीबी पनि चलायो विगतमा फेरी राजनीतिक दावपेचमा स्थगित रह्यो भने फेरी पुनः गत वर्ष तोड्न सुरु ग¥यो नक्कली स्वीकृति र बेचेका
संरचना तोड्यो । त्यसमा पनि पारिवारिक नातावाद पार्टीगत नातेदारका केही बाँकी राख्यो तर जो सँग कुनै नाता छैन पहिचान छैन, जसले विशुद्ध नाफा कमाई रहेका छन उनीहरुका संरचनाहरु तोडिएका छैनन् ।
जनताको साँझा सम्पत्ति पक्षपात तरिकाले उपभोग गर्न दिएको छ भने कुनै कुनै व्यक्तिले नगर विकास समितिले भवन बनाउन स्वीकृति दिएको नक्सा पास गर्न नक्सा बनाई नगरपालिकामा पेश गरे बमोजिम सन्धी सर्पनको लागी समाचार पत्रपत्रिकामा सूचना समेत प्रकाशित गरेको तर कसैको पनि दावी विरोध नपरेको र त्यस्ता व्यापारीको बजारमा व्यापारिक सटर पनि नभएको अवस्थामा कुनै वास्ता नै नगरी तोडी सरसामान इटा सरिया समेत विलोसी हिनामिना गरी रहेकाहरुलाई भीमदत्त नगरपालिका र नगर विकास समितिले कम्तीमा लागत मूल्य क्षतिपुर्ति दिनुपर्छ र यदि विना क्षतिपुर्ति हटाउने हो भने नगर विकास समितिको लगतमा हेरी सबैलाई हटाउनुपर्छ र खोका (काठका खोका) राख्न ठाउँ दिएको १०×१० को ठाउँमा पनि आजसम्म सरकारले ओगटन दिने आधार के हो र स्वीकृति लिएर बनाएका संरचना केही तोड्ने र उल्लेखित नातावालाहरुको नतोड्ने आधार के हो भीमदत्त न.पा. अख्तियार, प्रशासनबाट हामी प्रष्ट पार्न माग गरेका छौं भन्ने साँझा सम्पत्तिवाला जनताको पनि माग रहेको छ । साथै खाली गरिएको सरकारी जग्गामा तारबार गरियोस अन्यथा भ्रष्टहरुले कुफाइदा लिन सक्छन् ।