ई – दिशानिर्देश

आफ्नो लागी मत मागौ अर्काको लागि होईन

१६ मंसिर २०८१, आईतवार
आफ्नो लागी मत मागौ अर्काको लागि होईन


२०८१ मंसिर १६ गते हुने स्थानीय उप निर्वाचन मध्ये भि.न.पा.६ को वडा अध्यक्षको निर्वाचनमा उम्मेदवारले आफ्नो लागि मत मागौ तर फलानालाई भोट दिनु भनेर दलाली गरी जनतालाई भ्रममा पार्ने काम जो कोहीबाट पनि हुनु हुदैन । राजनीतिक पार्टीहरुका वा बाधा मजदुरबाट उम्कने स्वतन्त्र नागरिक बन्ने प्रयास गरौ, हामी बालक छैनौ कि कसैले बहकाएको भरमा मतदान गरौ, आज २५/२६ वर्षको अन्तरालमा हामीले देखि सक्यौ व्यक्ति पार्टीहरुको चरित्र झुटा आश्वासन नक्कली गतिविधि नेपाली युवा युवतीहरुको विचल्ली देश वहिरगमन भएको र पार्टी पार्टी जनता बीचको मधुरता सहकार्य सबैबाट हामी परिचित छौ । तैपनि फलाना फलानालाई मतदिनु भनी पार्टी व्यक्तिका दलालहरुको दलालीबाट सचेत रहेर मतदान गरौ ।
दूरसञ्चारबाट भएको बाधा

राष्ट्रले एनसेल घोटाला गरेको सबैलाई थाहाँ छ, त्यो पनि थाहाँ छ दुरसञ्चारबाट लाईन खरिद गरी प्राईभेट कम्पनिहरुले राम्रो सेवा पु¥याएका छन् । डिस या मोवाईल या वाईफाईमा पैसा सकिन भन्दा पहिले जानकारी गर्दछन् र केही समयको लागि पैसा सकिए पनि सेवा दिईरहहेका छन् । एनसेलले सिमित रकम उदारोसम्म फोनमा कुरा गर्दा गर्दै पैसा सकिए पनि गर्न दिन्छ तर हाम्रो सरकारी सरहको दुरसञ्चारले भने जरुरी कुरा गर्दा गर्दै सकिना साथ विचैमा फोन काटि दिन्छ । अरु निजी कम्पनिलाई सघाउन हो वा किन पोष्टपेड र लेण्डलाईनबाट पनि कम्तीमा पैसा सकिएको जानकारी गरि १ मिनेटसम्म कुरा गर्दा गर्दै फोन काट्नु नपर्ने योसरकारको कहानी पनि विचित्रको रहदै आएको छ । कसैलाई करोडौं रुपैयाको विजुली महसुल नबुझए पनि लाईन नकाट्ने कसैको २०/३० रुपैया ड्यू रहे पनि डिस्टर्व गर्नु नाजायज हो । जनताप्रतिको अपहेलना हो, नेपाली नागरिकहरुको हकमा कम्तीमा १००/५० रुपैया घटीमा २०/३० रुपैयासम्म जरुरी कुरा गर्दा गर्दै लाईन काट्नु अपराध हो ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh