ई – दिशानिर्देश

पहिले पञ्चायती व्यवस्था अपहरण गरियो अबको तयारी बहुदलीय व्यवस्था माथिको तयारी

१६ मंसिर २०८१, आईतवार
पहिले पञ्चायती व्यवस्था अपहरण गरियो अबको तयारी बहुदलीय व्यवस्था माथिको तयारी


बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

हामी ठान्दथ्यौ नेपाल नेपालीबाट चलेको छ तर राजा महेन्द्रको निधन पछि त यो देश, देश बाहिरबाट चलेको रहेछ केबल जनता बेवकुफ बनाउने खेल मात्र नेपालीहरु खेली रहेका छन् । देशका क्षेती मात्र रहेछन नेपाली नेताहरु त, किन भने कुनै पनि व्यवस्था साध्य होईन साधन मात्र हो । नेपालको पंचायती व्यवस्थाको अपहरण भयो भारतले नेपालीलाई मिलायो त्यो व्यवस्था राजाले जवरजस्ती लादेका हुन भनि भारतिय नेता चन्द्रशेखर समेत हाम्रा महान् नेता भनेका गणेशमान सिह श्रेष्ठको घर चाकसीवारी काठमाडौमा आई राजालाई गाली गर्न लगायो, राजा राज संस्था माथि वितिष्णा फैलायो नेपालमा प्रजातन्त्र नामको बहुललिय व्यवस्थाको पुनरवहाली गर्न आन्दोलन गरियो । भारतिय नेताहरुलाई नेपालमा बोलाई हाम्रा नेताहरुले त्यो कति जायज कति नाजायज थियो । गिरिजाका खेल भारतीय नेताहरुको वाहनले नेपालमा गरेका सबै प्रकारका नराम्रा काण्ड नेपाललाई नेपालीहरुका उद्योगहरुमा ताला लगाई नेपाली बैंकबाट भारतियहरुलाई लोन दिई उद्योगहरुद्धारा विजुली महशुल करोडौ अरबौमा नतिराउनु तर नेपालीहरुको घर वत्तिको लाईन पनि काट्नु विदेशी उद्योगीलाई सघाउने काम आजसम्म पनि भई रहेकै छ । हामीलाई विचित्र लाग्ने कुरा के स्वदेशी, स्वदेशका उद्योग मारी विदेशी र विदेशीका उद्योगहरुलाई सघाउने काम त भएकै थियो भने अब त्यसपछि त झन राजनीति व्यवस्था पनि बिक्रि गर्न थाले । हुन त मैले कविता संग्रह स्वाभिमान पनि लेखेको छु
अपहरण गरिएको पंचायत भनेर किन भने पंचायत व्यवस्था ठिक होईन भनी नेपालका नेता गिरिजा शेरबहादुर देउवा समेतलाई बहकाई नेपालबाट स्थानीय पंचायतलाई समेत नेपालबाट हटाई भारतमा लगे आज स्थानीय स्तरमा बहुदलीय व्यवस्था नभएर पञ्चायत राज छ, गाउँ पञ्चायत, नगर पञ्चायत र जिल्ला पंचायतको स्थापना गरेका छन । पार्टीको नाताले कोही उम्मेदवार उठ्दैन । व्यक्तिको नाताले स्थानीय स्तरमा उम्मेदवार दिन्छन र जो गाउँघरमा राम्रो मान्छे छ उसैलाई भोट दिई आफ्नो प्रतिनिधि बनाउँछन, केन्द्रीय सरकारको कुनै हस्तक्षेप हुदैन । पंचायत राजको नामबाट जे गाउँ, नगर जिल्ला पञ्चायतले ग¥यो त्यसलाई नै केन्द्र तथा प्रान्त सरकारले स्वीकार गर्दछ । हामी कहाँ त जिल्ला, नगर गाउँ त छोडौं वडामा पनि स्वतन्त्रता छैन । वडाका जनता पनि पार्टीहरुका बाधा मजदुर सरह छन । यो मान्छे उ मान्छे भन्दा पनि फलानो पार्टीका उम्मेदवारलाई मत दिनु भन्दछन । आज भारतका गाउँ, नगर, जिल्लामा फस्टाएको पञ्चायत व्यवस्था उहिले नेपालमा किन फस्टाएन र ठीक छैन किन भन्यो । ती सब बदनियत थियो जसरी नेपालमा उद्योग कलकारखाना पञ्चायतको पालामा खोलेकाले पञ्चायत तथा राजाको रिसले गर्दा उद्योग कारखानाहरु भरतीय नागरिकलाई बेच्यो र खरिद ग¥यो तर नेपालमा ती उद्योगहरु चलाएन केही भारतमा नै चलायो र चलाई रहेका छन । हामी पैठारी मात्र गरिरहेका छौं । व्यापारमा निकासी नगरी पैठारी मात्र ग¥यौं भने देश अवश्य हुन्छ । विश्वका नागरिकहरु आफ्नो दर्शन संसार भरी पुगाउन चाहन्छन भने यहाँ हेला गर्छन जस्तो कि राजा महेन्द्रले निर्दलीय व्यवस्था कायम राखी नागरिकलाई स्वतन्त्र राख्ने समाजमा जो असल छ उसैलाई जनताले प्रतिनिधि बनाउन पाउने व्यवस्थाको दर्शनलाई विश्वसामु पु¥याउनु पर्नेमा उल्टो राजा माथि कुदृष्टि राखे यहाँका नेताहरुले । १/२ देशले त निर्दलीय व्यवस्था ठीक रहेछ भनि अंगाल्दै थिए ठीक त्यही बेला निर्दलीयता ठीक छैन भन्ने नारा नेपाली नेताहरुले लगाए तै पनि केन्द्रीय स्तरमा बहुदलीय व्यवस्था भए पनि सथानीय स्तरमा अझै पंचायती राज निर्दलीयता व्यवस्था छ । भारतमा जनताले जे चाहन्छन त्यही गर्छन, जसको नाम पंचायत राज राखेको छ त्यहाँको स्थानीय स्तरमा कुनै पार्टीको सरकार छैन निर्दलिय पञ्चायत राज छ । राम्रोले अगाडी बढन पाउँछ पछि केन्द्रीय वा प्रान्तिय स्तरमा पार्टीमा प्रवेश गर्छ र अगाडी बढन सक्छ सकेका छन । यदि पृथ्वीपथ र महेन्द्र पथलाई नेपालले मात्रै अगाडी बढाएको भए अरु माओ पथ, कार्ल माक्र्स पथ अगाडी नबढी पृथ्वी तथा महेन्द्र पथ नै सर्वोश्रेष्ठ हुनेछ । नेपालीहरुले नजिकको तिर्थ हेला भनेझै ग¥यो । हाम्रा नेताहरु निश्चय पनि परजीवी बन्न पुगे त्यसको फल हो सामान निकासी होइनि कि मानव निकासीबाट राष्ट्र चलिरहेको छ । यो कहिले बन्द हुन्छ थाहा छैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh