काठमाडौंलाई केवल दुखेको छ, कैलाली कञ्चनपुर, बाँके, बर्दिया जस्ता जिल्लाहरु किन भने त्यहाँबाट भात खान पाएका छन र दुख्दैन तर बैतडी डडेल्धुरा जस्ता जिल्लाहरु दुख्दैन, कारण त्यहाँबाट प्रत्यक्ष केही खान पाएका छैनन्, जे पाएका छन त्यसको बारेमा ज्ञान छैन । बैतडीको तल्लो स्वराड जुलाघाट धौलकाडा, सिगासधुरा जहाँका धुराको नामबाट सिगास गाउँपालिका नै नामाकरण गरिएको छ । प्रकृतिका सुन्दर कोखमा रहेका यस्ता पहाडी जिल्लाहरुको दुर्गती भएको छ मैले भ्रमण गरेको छु ।
माओवादी र अन्य अभियानकर्ता सुरक्षा निकाय, प्रशासन तथा नेताहरुको पनि भ्रमण त भएकै होला देखेकै होला तर मेरो जस्तो मन रोयो या रोएन थाहा भएन । वल्लो गाउँबाट पल्लो गाउँ जान द्वन्दकालको जस्तो भिषा नचाहिए पनि आफैमा दुर्गम छ । वस्तीहरु उजाड छन, खेती योग्य जमिन छैन भए पनि बाझै छन्, खेतवारी घरहरु रित्ता छन् कही कही भित्र मानिस छन् तर युवा नभएका निरासजनक घर छन् । डाडाकाडाहरु फलफुलले लटरम्म झुल्न चाहान्छन् माली छैन ठाउ ठाउमा यातायातका साधन खोज्दछन् तर जे.सी.वी.का ड्राइभर र खलासी, उपभोक्ता समितिको ईन्जीनियरिङमा काटिएका कच्ची सडकमा गाडी जान सक्दैन गई हाले पनि ३० कि.मि. लामो वाटोमा विहान ७ वजे गाडी चढेपछि दिउसो १२ः३० वा १ बजे पुगिन्छ त्यो पनि ज्यान हत्केलामा राखेर । यस्तै यस्तै अनेक कारणले पहाडी जिल्लाहरुको संसदहरुबाट नै शोषण भएको छ । बाहानाबाजी गरेर कञ्चनपुर सानो जिल्लामा ३ (तिन) सांसदहरु छन् वैतडी यसै भन्दा ठूलो जिल्ला भए पनि एक सीट छ त्यो प्रकृतिको व्यवस्था नभई हाम्रा सांसदहरुले गरेको शोषणकारी व्यवस्था हो । जनताको अधिकार खोसेका छन्, पक्षपाती व्यवस्था वनाएका छन् जिल्लाको आधारमा नभई जनसंख्याको आधारमा सांसद छान्ने व्यवस्था छ जनताको मन छैन के गर्छन् । जनताले त नेताको मनमा मन मिलाउनु मात्र छ । सबै जिल्लाहरुले बराबर सांसद पाउने व्यवस्था हुनु पर्दछ भन्ने चाहान्छन् जनता तर के गर्छन्,..।