आज गरिव सर्वसाधारण व्यापारी किसान सित मिसिएर कालोधन थुपार्नेले विगविगी मचाएको छ । सहकारीको व्यवस्था सम्झदा मलाई कुमाउको इतिहास याद आउँछ, कुमाउको इतिहासका लेखक बद्री पाण्डेय लेख्छन दूनघाटीमा डाकाहरुको विगविगी थियो कसैले पनि नियन्त्रण गर्न सकेन, जव गोर्खालीहरुको प्रवेश भयो डाकाहरुका गाउँका गाउँ जलाई डाका निर्मुल क्षेत्र बनाई दियो देहरादूनलाई । उनले थपेका छन गोरखालीहरु जती बलिया लडनमा छन त्यति राम्रो शासनमा छैनन् । यदि तरिकाबद्ध शासन गरेको भए आज भारत विशाल नभएर नेपाल विशाल हुने थियो । त्यसकारण आज पनि केही खराब भएमा कुमाउ र गढवालमा के गरिस यस्तो गोख्र्यौल भन्ने चलन रैछ ।
हाम्रा देशका अनपढ नेताहरुले ऐन कानून खराब बनाएकाले लोग्ने स्वास्नी सित अनमेल गाउँघरमा अनमेल फूट मचाउने, सहकारीको नाममा ऐन बनायो नियन्त्रण गर्ने शैली बनाएन । गरिव किसान सच्चा व्यापारीको बीचमा कालोधन कमाउने घुसी जनताको पैसाको नाममा कालोधनको नोक्सान भई रहेको छ । सहकारीमा जम्मा गरेका धनको प्रमाण बनाई एक नम्बरमा परेको छ । त्यो धन कहाँबाट आयो थाहा छैन सरकारलाई सहकारीमा जम्मा गर्नेको पूर्ण विवरण र रकम खोली कुन श्रोतबाट प्राप्त भएको हो सबै खुल्ने गरी सार्वजनिक गर्नु पर्ने हाम्रो माग रहेको छ ।