ई – दिशानिर्देश

कर्मचारी मिलन केन्द्रको अवस्था

२२ पुष २०८१, सोमबार
कर्मचारी मिलन केन्द्रको अवस्था


दिशानिर्देश समाचार
महेन्द्रनगर, २० पौष
कर्मचारी मिलन केन्द्र महेन्द्रनगरको अवस्था चित्रले नै बताई राखेको छ हेरौं । कसैलाई दोष दिन होइन कि नाममा कर्मचारी मिलन केन्द्रको भए पनि यो हामी सबै नेपालीको साँझा सम्पत्ति हो । विडम्बनाको कुरा छ साथैमा बालपुस्तकालय र बाँचनालय पनि थियो । २०४७ सालपछि ती पुष्तकहरु कहाँ गए थाहाँ छैन । बाचनालय छ त्यो वर्तमानमा महाकाली साहित्य संगमले प्रयोगमा ल्याएको छ त्यो पनि जिर्ण नै छ हल्का मर्मत सुधार भने महाकाली साहित्य संगमकै अनुरोध भएको भए पनि छानाको पिपल अझै बाँकी छ । महेन्द्रनगरमा रहेका ५०% सरकारी भवनहरुमा पिपलका विरुवा उम्रेका छन । चुडाल्नु पर्छ नत्र पछि जरा गाडी हाल्छ हामी कल्पना गरौं कि के यी हाम्रा निजी घर भए हामी यस्तै गर्ने थियौं पक्कै पनि थिएनौं भने सरकारी सम्पत्तिमा मेरो पनि हक हो भनेर सोच्ने वाला यहाँ कोही छैन ।
कर्मचारी मिलन केन्द्रको नयाँ घर बनाउने भए पनि त्यो पुरानो घरको दिवालको मर्मत गरी झ्यालढोकाहरुलाई सुरक्षित राखी नयाँ छत राखी दिए पनि धेरै राम्रो हुने थियो ।
नयाँ छत राखी प्रज्ञाप्रतिष्ठान जस्तै बनाउन पाएमा साहित्यिक गतिविधि कार्यक्रम गर्न पनि सुविधा हुने नै थियो । उम्रेका पिपल हटाई नयाँ छत राखी उपयोगमा ल्याई जनताको सम्पत्तिको संरक्षण हुनुपर्ने आजको आवश्यकता रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh