ई – दिशानिर्देश

इतिहास मेटाउने काम किन हुन्छ ?

२२ पुष २०८१, सोमबार
इतिहास मेटाउने काम किन हुन्छ ?

कुनै पनि देशले आफ्नो ठाउँ गाउँ तथा देशको इतिहास मेटाउने काम गर्नु अपराध हो र आफ्नो दायित्व ननिभाउनु झन अपराध हो । हाल टाढा नजाउँ केवल महेन्द्रनगरकै पनि कुरा गर्ने हो भने दक्षिणतर्फ परासनको क्षेत्रलाई अतिक्रमण हुने डरले त्यहाँ पुनर्वास कम्पनि राखी एक वर्षसम्म खान पौष्टिक आहार अन्न र खेत जोत्न गोरु समेत दिई प्रत्येक किसानलाई नियमित रुपले ४/४ विगाह जग्गा घरबारी चौडा सडकको प्लटिङ गरी पुनर्वास गरायो र त्यस्तै दोधारा चाँदनी महाकाली पारी पनि हराउने अवस्था भएकोले २०१८/१९ सालमा त्यहाँ पनि बसोबास गर्न अनुमति दियो र बर्माबाट निकाल्न खोजेका नागरिकलाई राजा महेन्द्रले आफै गएर नेपाल ल्याई कमाई खान ४/४ विगाहा जग्गा पसलको लागी फ्रिलाईन निःशुल्क फ्रि एक एक घडेरी वितरण गराएका थिए । यहाँका जनता खुसी भएर महेन्द्रनगर नामाकरण गरी महेन्द्र स्मारकमा राजा महेन्द्रको अस्टधातुको शालिक राखेका थिए माओवादीको नाम चोरी शालिक उठाएर लगेको पनि यतिका वर्ष भइसके आजसम्म पनि नगरपालिकाले आफ्नो दायित्व सम्झेर पुनः स्थापना गरेको पाईदैन । 
साँझा सम्पत्ति सार्वजनिक जग्गाको रेखदेख नियन्त्रण गर्ने काम नगरपालिकाको पनि भएको हुँदा नगरपालिकाले राजा महेन्द्रको शालिकको पुनस्र्थापना गरि इतिहासको संरक्षण गर्न हार्दिक अपिल यहाँका जनताले गरेका छन । शालिक यथासिघ्र स्थापना गरियो र महेन्द्र स्मारक जिवित गरियोस ।
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh