ई – दिशानिर्देश

पृथ्वीनारायण र उनका सेनाले अंग्रेज सित लडेर नेपाल बचाएका हुन

२८ पुष २०८१, आईतवार
पृथ्वीनारायण र उनका सेनाले अंग्रेज सित लडेर नेपाल बचाएका हुन

आज विश्वभरीका नेताहरुले नेपालका वडामहाराजधिराज पृथ्वीनारायण शाहका उपदेशहरुको सम्मान साथ लागु गरेका छन । हजारौ वर्षदेखि स्वतन्त्र सार्वभौम राष्ट्र नेपाल बीचमा भाई भारदारहरुमा विभक्त भई बाइसे चौविसे राज्यमा बाडिए पनि पृथ्वीनारायण शाहले एकिकरण गरी सिंगो नेपाल निर्माण गरेका थिए । पश्चिममा सतलज नदीसम्म र पुर्वमा टिष्टासम्म दक्षिणमा दरभंगातर्फ फैलिएको विशाल नेपाललाई अंग्रेजहरुले विजय गर्न असमर्थ रहे पनि सुगौली सन्धीको नामले गडवाल कुमाउ क्षेत्रलाई तथा पुर्वका केही क्षेत्रहरुलाई गुमाए पनि वर्तमानको नेपाल भने उहिले देखि नै सार्वभौम स्वतन्त्र राष्ट्र रहेकै थियो र रहेको छ । २०४६ पछिको परिवर्तनपछि गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री भएको बेला ०५१/५२ सालमा महाकाी सम्झौता नामले सन्धी भयो जसमा गिरिजा प्रसाद, माधव, झलनाथहरुको विशेष भूमिकाका साथ धोकाधरीका साथ टनकपुर सन्धी २ तिहाई सांसदबाट पास ग¥यो त्यसमा नेपालका सबै पार्टीहरु थिए । त्यो सन्धीले नेपालका सबै नदिनाला साँझा बनाइए महाकालीको मूल पनि जहाँ भारतले देखायो त्यतै मन्जुर भई लिपुलेक र लिपियाधुरा उनीहरुकै पोल्टामा पारे । वर्तमानका नेताहरुलाई झुक्याएर हो वा जानी बुझी त्यो उनीहरुलाई नै थाहा छ । सुगौली सन्धीमा एकलौटी नेपालको महाकालीलाई महाकाली साँझा हो पानी आधा आधा हो भन्ने नारा भारतले नेपाली नेताहरुद्धारा नै नाराबाजी गर्न लगायो र अन्तमा साँझा नै २ तिहाईले बनायो ।
पृथ्वीनारायण शाहको योगदानलाई नेपाली नेताहरुले लत्याई उनका दिव्य उपदेशको खिल्ली उडाई उनका शालिकहरुलाई समेत तोडी जनताको त्रासले अन्तमा चुचे नक्सा बनाई नेपाली जनतालाई झुक्याई भ्रममा राखेका थिए । पछि त्यो चुच्चे नक्सा पनि स्कुलहरुका पाठ्यपुस्तकबाट झिक्न लगायो । हाम्रा डरपोख नेताहरुले । इंगलैण्डमा रहेको नक्सा हेरी सोही बमोजिम नेपालको सिमाना कायम गर्न अन्तराष्ट्रिय अदालत सित गुहार माग्ने समय आएको छ । पृथ्वीनारायण शाह र उनका सेनाले लडेर देश बचाए भने अचेलका बुद्धिजीवीहरुको अवस्था हेर्दै जाउँ ।
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh