ई – दिशानिर्देश

नेपाल भारतको सिमा विवादका केही कारणहरु

२० माघ २०८१, आईतवार
नेपाल भारतको सिमा विवादका केही कारणहरु

आजसम्मको अध्ययनले नेपाल भारतको सिमा विवाद नेपालबाट राम्ररी निगरानी नगर्नु पनि एक प्रमुख कारण हो । जसरी यस पटक आरक्षको दक्षिणतर्फको क्षेत्र भारतीयहरुले अतिक्रमण गरेको छ भनेर जो भनिन्छ त्यो क्षेत्र त आरक्ष भित्र नै
पर्छ । नेपाली जनतालाई त पस्न दिदैन भने विदेशीलाई कसरी अतिक्रमण गर्न दियो र किन दियो पहिले कसरी थाहा पाएन पछि कसरी थाहा पायो र थाहा पाउँदा किन हटाएन । नेपाल भारतको सिमानामा पनि जंगल नै थियो । नेपाली जनताले ऐलानी आवाद गरी खेती लगाउने काम पनि गर्दै गए जव सिमानामा कमाई नसकिने बाँझो जग्गा अरु देखे मनमा लोभ लाग्दै गयो र भारतीय नागरिकहरुलाई अदियामा कमाउन दियो । एक पटक हामीले देखका छौ कलकत्ता बैबाह एरियातर्फ खुसलराम केसीजीले बीस विगाह जतिमा भारतीय नागरिकलाई अधियामा दिएका थिए । उनी भन्दथे यो जमिन २० विगाह जति छ २/४ तुल अधियामा दिन्छु पछि आफै बनाउँछु भन्दै थिए । फलस्वरुप अन्तमा त्यो जमिन उनीहरुले भने यो त भारतकै हो मैले त ५/७ वर्ष पहिलेदेखि आवाद गरी भारत सरकारलाई आवेदन दिएको छ कि दर्ता गरी प्रमाणपत्र पाउ भनेर । किनारामा रहेको सिमा पिल्लर सरेको पनि नेपालीले थाहा पाएन जुन अचेल पनि उनकै कब्जामा छ ।
धेरै ठाउँमा यस्ता पनि घटना भएका छन, नेपालको नापी विभागले नेपालीको नाममा नापी जग्गा धनी प्रमाणपुर्जा पनि दिइ सक्यो, पछि संयुक्त टोलीमा निरीक्षण गर्दा यो त भारतको नै हो भनि सही पनि गरेका छन ।
हाम्रो नापी विभागको कमजोरीले पनि नेपालको भूमि भारतीय जनताबाट अतिक्रमण भएको छ । भारत सरकारको तर्फबाट त्रुटी भएको छैन । लिपियाधुरा र कालापानीको कुरा गर्दा पनि हाम्रै कमजोरीले विवाद आएको छ । खम्पा काण्डमा त लिपियाधुरा लिपुलेकमा एक महिनासम्म अप्रेसनको लागी गएका हुन । त्यसमा पनि हाम्रो कमजोरीको फाइदा लिएका हुन । जव २ तिहाई सांसदबाट टनकपुर महाकाली सन्धी भयो त्यसपछि मात्र भारतीय सरकारी अतिक्रमण र चीन भारत नेपालको विन्दु भए पनि त्यही सम्झौताले हामी कमजोर भएका छौं । अरुलाई दोष दिनु पुर्व आफू सतर्क रहनुपर्ने कुरा सरकारले बुझ्नुपर्छ भन्ने लाग्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh