आजसम्मको अध्ययनले नेपाल भारतको सिमा विवाद नेपालबाट राम्ररी निगरानी नगर्नु पनि एक प्रमुख कारण हो । जसरी यस पटक आरक्षको दक्षिणतर्फको क्षेत्र भारतीयहरुले अतिक्रमण गरेको छ भनेर जो भनिन्छ त्यो क्षेत्र त आरक्ष भित्र नै
पर्छ । नेपाली जनतालाई त पस्न दिदैन भने विदेशीलाई कसरी अतिक्रमण गर्न दियो र किन दियो पहिले कसरी थाहा पाएन पछि कसरी थाहा पायो र थाहा पाउँदा किन हटाएन । नेपाल भारतको सिमानामा पनि जंगल नै थियो । नेपाली जनताले ऐलानी आवाद गरी खेती लगाउने काम पनि गर्दै गए जव सिमानामा कमाई नसकिने बाँझो जग्गा अरु देखे मनमा लोभ लाग्दै गयो र भारतीय नागरिकहरुलाई अदियामा कमाउन दियो । एक पटक हामीले देखका छौ कलकत्ता बैबाह एरियातर्फ खुसलराम केसीजीले बीस विगाह जतिमा भारतीय नागरिकलाई अधियामा दिएका थिए । उनी भन्दथे यो जमिन २० विगाह जति छ २/४ तुल अधियामा दिन्छु पछि आफै बनाउँछु भन्दै थिए । फलस्वरुप अन्तमा त्यो जमिन उनीहरुले भने यो त भारतकै हो मैले त ५/७ वर्ष पहिलेदेखि आवाद गरी भारत सरकारलाई आवेदन दिएको छ कि दर्ता गरी प्रमाणपत्र पाउ भनेर । किनारामा रहेको सिमा पिल्लर सरेको पनि नेपालीले थाहा पाएन जुन अचेल पनि उनकै कब्जामा छ ।
धेरै ठाउँमा यस्ता पनि घटना भएका छन, नेपालको नापी विभागले नेपालीको नाममा नापी जग्गा धनी प्रमाणपुर्जा पनि दिइ सक्यो, पछि संयुक्त टोलीमा निरीक्षण गर्दा यो त भारतको नै हो भनि सही पनि गरेका छन ।
हाम्रो नापी विभागको कमजोरीले पनि नेपालको भूमि भारतीय जनताबाट अतिक्रमण भएको छ । भारत सरकारको तर्फबाट त्रुटी भएको छैन । लिपियाधुरा र कालापानीको कुरा गर्दा पनि हाम्रै कमजोरीले विवाद आएको छ । खम्पा काण्डमा त लिपियाधुरा लिपुलेकमा एक महिनासम्म अप्रेसनको लागी गएका हुन । त्यसमा पनि हाम्रो कमजोरीको फाइदा लिएका हुन । जव २ तिहाई सांसदबाट टनकपुर महाकाली सन्धी भयो त्यसपछि मात्र भारतीय सरकारी अतिक्रमण र चीन भारत नेपालको विन्दु भए पनि त्यही सम्झौताले हामी कमजोर भएका छौं । अरुलाई दोष दिनु पुर्व आफू सतर्क रहनुपर्ने कुरा सरकारले बुझ्नुपर्छ भन्ने लाग्छ ।