ई – दिशानिर्देश

लिपुलेक कालापानी

१५ भाद्र २०८२, आईतवार
लिपुलेक कालापानी

लिपुलेक र लिम्पियाधुराको हकमा सर्वप्रथम कुरा गरौं २०३३ सालतर्फ जव तिब्बतीय लामा खम्पाहरु नेपालको भुभागमा बसी तिब्बत स्वतन्त्र गर्न नेपालबाट विदेशी सहभागितामा आक्रमण गर्ने तयारी रहेकाले र एक विदेशी शक्तिले खम्पाहरुलाई हेलिकोप्टरबाट खाद्य बस्तु आदि सामान आपुर्ति गर्दै आएको कुरा थाहा पाएपछि नेपाल सरकारले खम्पा अप्रेसन गर्ने लिपुलेकमा एक महिनासम्म सैनिक क्याम्प बसेको थियो र बैतडीको जगन्नाथ मन्दिर अर्थात बैतडीको सैनिक व्यारेकबाट प्रधान सेनापतिले निर्देशन दिई रहेको थियो । यदि लिपुलेक अरु कसैको भए अनुमति बेगर सेना कहाँ बस्न सक्छ । खम्पा अप्रेसन लिपुलेक तिंकरबाट गरेका थिए । वाङ्दीलाई मारेर घोडा खच्चर सुनचाँदी काठमाडौं लगेका थिए । 
नालापानीबाट पुर्वतर्फ आउँदा जहाँ महाकालीको पानी खुट्टामा लाग्छ त्यो भन्दा पुर्व नेपालको भएकोले भारतीय पक्षले कम्युनिष्टहरुको बाहुल्य भएको बेलामा महाकाली साँझा हो पानी आधा आधा हो भन्न लगाई महाकाली साँझा सिमानाका रुपमा बनायो नत्र पुरै नदी नेपालको नदी पश्चिम भारतको पनि भनिएको छ । त्यस्तै गर्न कालापानी र लिपुलेकमा विवाद गरी सम्झौता गरेमा सुगौली सन्धी ग्रेटर नेपाल छोडेको केही कागज 

गरौला भन्ने नीति पनि भारतको रही आएको छ । नेपाली नेताहरुले सतर्क हुन जरुरी छ । आज कालापानीको पनि सुनियो राजाका अधिकार त सबै पार्टी मिलेर खोसी सके भने आज भोली राजाले बोलेको महत्व कसले राख्छ । घोडामा चढेका त नेकपा, नेकपा माओवादी र ने.का छन देश विक्री गर्नेमा उनीहरु नै छन । राजाको काम त एकिकरण गरी सक्ने इच्छा थियो गरी दियो नेताहरुले जग्गा सित प्रजातन्त्र साट्यो । प्रजातन्त्र त १/२ वर्षपछि ल्याए पनि भैहाल्थ्यो । अंग्रेजले छोड्दा हाम्रो देशको केही भाग भारतलाई दियो जो देश जसबाट ल्याएका थिए फिर्ता गरिदिए । नेपालको जमिनको कुरा उठाएनन् । सत्य पक्षले नउठाओस भनेर प्रजातन्त्र ल्याउने बहानामा राजा त्रिभुवन र राणा सरकारलाई दिल्ली नै बोलायो र चौतर्फी कमजोर बनाएकोले बोल्न सकेनन् । महामानव भनिने विपी कोइरालाले पनि अंग्रेज हटाउ अभियानमा भाग लिए तर हाम्रो जमिन फिर्ता चाहियो भन्ने दिमागमा आयो वा आएन भन्न सकिन्न । घरको बाग बाहिरको विल्लो भनेझै ग¥यो त्यसबेला नेता त अरु पनि थिए जस्तो कि अमर शहिदहरुको उपस्थिति हुँदा अंग्रेजले छोडेको थिएन । अंग्रेजले छोडेको बेला दशरथचन्द, गंगालाल, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री जिवित भएका भए अंग्रेज सित कुरा गरेर आफ्नो जमिन फिर्ता ल्याउने थिए । त्यसपछिका नेताहरुलाई देश होइन कि प्रजातन्त्र चाहियो प्रजातन्त्र त जुनवेला ल्याए पनि हुने नै थियो । जनभावना

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh