हामी नेपाली हर क्षेत्रमा अल्पज्ञानी भएको महुस भैरहेको छ । विद्यार्थी संगठन पनि आफ्नै हकहितको लागी काम गर्ने भनेर संगठनहरु पनि खोलिएका छन । त्यस्तै पत्रकार संगठन तथा महासंघहरु देश र जनता तथा आफ्नो पनि हक हितको लागी भनेर नारा दिई रहेका छन तर त्यस्तो छैन, पत्रकार संगठनहरु जो योग्य छ उसलाई अगुवा नवनाई राजनीतिक पार्टी वाइज संगठनहरु खोलिदा आफ्नो र देशको हक हितमा नभई पार्टीहरुको हकहितमा काम गरि रहेका छन । त्यस्तै निर्माण व्यवसायी संघ, उद्योग वाणिज्य संघका संगठन समेत पार्टी वाइज हुँदा आफ्नो हकहित गर्न नसकि अर्काको हकहितमा तल्लीन देखिदा गजव मात्र हैन कि दुःख लाग्छ । जस्तो कर्मचारीहरुको संगठन निजामती सेवा संगठन ऐन छ त्यो नै कर्मचारीहरुको संगठन हो त्यस्तै पत्रकारको लागी प्रेस काउन्सीलले तोकेको प्रेस ऐन छ त्यसको पालना गरे भै हाल्छ भने त्यस्तै विद्यार्थीहरु तथा अन्य संघ संगठनहरुको लागी पनि ऐन छन ति सबलाई त्यागी अलग संगठन बनाएका छन । जे जति आफ्नो हकहितको लागी बनेका संगठन छन ती सबै राजनीतिक पार्टीहरुका भातृ संगठन भएकाले आफ्नो भन्दा पनि पार्टीको हकहितमा लागेका
हुन्छन । पत्रकारहरुको जिल्लामा यौटा संगठन हुनुपर्ने र भए पनि पार्टीका लवीहरुले गर्दा आफ्नो हकहित गर्न सकेका
छैनन् । त्यस्तै निर्माण व्यवसायी संघ जिल्लामा एक देखिए पनि पार्टीगत लवीले गर्दा कर्मनिष्ट हुन सकेका छैनन् । राजनीतिक पार्टीहरु खुलेका छन, निर्वाचन हुँदा मेरो पार्टी नेपाली कांग्रेस हो तै पनि भोट दिदा ने.का.लाई नदिई एमाले त कही माओवादीलाई दिनु भनि जनताका अधिकार पनि खोस्न पुगेका थुप्रै उदाहरण हामी सबैसँग छन । सरकार बन्छ तर देशको हकहित भन्दा पनि कुन बाह्य देशलाई सघाउने हो भन्ने तर्फ बढी ध्यान गएको पाईन्छ । अदृष्य रुपले हामी माथि के कस्तो व्यवहार भईरहेको छ भनेर बुझ्न सम्म नसकेका उदाहरण पनि छन । देशमा सेना छ प्रहरी छ सशस्त्र प्रहरी वल अर्थात सिमा सुरक्षा बल छ हामी देखि रहेका छौ कि सिमा सुरक्षा बलले सिमाको बारेमा थाहा नै छैन मेरो एरियामा सिमा स्तम्भ कति छन कहाँ सिमा मिचेको छ त्यो मिचाईलाई कसरी नियन्त्रण गर्ने भनि सोचेको जस्तो लाग्दैन बरु साना साना घरेलु कामकाजको लागी स्वदेशमा नपाईने सामान सिमा पारीबाट ल्याउँदाका पोका पुन्तरा जफत गर्ने खोस्ने काम भई रहेको पनि हामी देख्छौं । यति सामान ल्याउँदा भन्सार लाग्छ भनि सामान सहितको सूची राखी जनतालाई जानकारी गराउनु पर्दछ । भारतीय सिमा सुरक्षा बलका कर्मचारी सरुवा हुँदा सिमा स्तम्बको नम्बर समेत र त्यसको अवस्था खोली बरबुझारथ हुन्छ । हुन त यी सबै
कर्मचारीहरुलाई खटाउने काम सरकारको भएकोले दिएको नीति निर्देशन मान्ने काम मात्र भएकोले सरकारले पनि प्रष्ट खोलेर काममा लगाउनु पर्छ । आज सेनाले यस्तो गरेन उस्तो गरेन भन्ने हल्ला गर्छन त्यो कुरा उनलाई पनि थाहा गराउनु जरुरी छ । सेनाले पनि सरकारको आदेश मान्ने हो र मानि पनि रहेको छ । कर्मचारी, प्रहरी, सेना, सशस्त्र प्रहरीले कुनै पनि गुट उपगुट प्रयोग नगरी राष्ट्रको ऐन नियमले तोकेको काम निडर निर्भय रही कर्मनिष्ट रहनुपर्छ अनि मात्र राष्ट्रको र व्यक्तिगतमा आफ्नो पनि हित हुन सक्छ भन्ने कुरा भुल्नु हुदैन ।