काठमाडौं महानगरपालिका क्षेत्र भित्र घोडामा चढेका राणाहरुका शालिक छन ती शालिक २००७ सालमा प्रजातन्त्र आयो भन्थे तर आएको रहेनछ । त्यस्तै २०४६ र २०६२/०६३ मा पनि आयो भन्थे एक पटक आएको कहाँ गयो के भयो अव नेपालमा प्रजातन्त्र कहिले आउँछ वा आउँदैन थाहाँ छैन । प्रजातन्त्र नआए पनि एक पटक प्रजातन्त्र यस्तो हुन्छ भनेर हेर्न सम्म पनि पाइएन ।
प्रजातन्त्रको नाममा २०४७/२०५० तर्फ अंग्रेजले छोडेर गएको हाम्रो जमिन साटियो । २००७ सालको प्रजातन्त्रले कोसी जस्तालाई खायो । २०४६ सालको प्रजातन्त्रले नेपालका नदीनाला साँझा बनायो । राजा राजसंस्थालाई असंवैधानिक बनायो भने २०६२/०६३ को प्रजातन्त्रले नेपालको इतिहास मेटाउन खोज्यो र जस्तो कि पोखरा र अन्य ठाउँमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहका शालिक तोड्यो भने त्यसैगरी महेन्द्रनगरमा र अन्य स्थानहरुमा जनताले राखेका राजा महेन्द्रका शालिकहरु पञ्चधातुबाट बनेकाले उखेली विक्री गरी दियो । २/३ ठाउँमा आदिकवि भानुभक्तका शालिकहरु पनि नष्ट ग¥यो ।
यी सबै जोगाउने रेखदेख सरसफाई गर्ने काम स्थानीय सरकारको भएकोले महेन्द्रनगरको मात्रै पनि कुरा गर्ने हो भने महेन्द्रनगरको महेन्द्र स्मारकमा रहेको राजा महेन्द्रको शालिक तोडी वेपत्ता पारेको २०६२/०६३ सालमा भए पनि आजसम्म पुनःस्थापना गरिएको छैन ।