ई – दिशानिर्देश

स्थानीय निकायले स्वतन्त्रता पाउनु पर्छ

२४ भाद्र २०८२, मंगलवार
स्थानीय निकायले स्वतन्त्रता पाउनु पर्छ

खास गरेर हामीले भारतमा भएको जस्तो राजनीति व्यवस्था अंगालेका छौं तर स्थानीय निकायमा भने छैन । जव नेपालबाट पंचायती व्यवस्था हट्यो त्यसपछि यहाँ फलिफाप भएन भनि गुनासो गरे पनि अन्तमा भारतले लगेर स्थानीय निकायमा पंचायती राजको नामले शासन चलाई रहेको छ । त्यहाँ गाउँ पंचायत, नगर पंचायत र जिल्ला पञ्चायत छ जसलाई पंचायती राजले चिनिन्छ । र त्यहाँ गाउँ घरमा दलगत धारणा छैन गाउँ तथा घरमा पनि फलानो यो पार्टी र उ पार्टीको भनेर चिनिदैन सबै बराबर छन ।
हामीलाई दुःख लाग्छ अरु देशले तपाईको यो त्यो व्यवस्था ठीक छैन भन्दैमा हामी आन्दोलनमा जान्छौ त्यसो गर्नु मनासिव छैन । राणाहरुले अंग्रेजको साथ दियो राणाहरु भारत छोडो आन्दोलनमा नलागे पनि हैदरावाद भारतमा विलय हुन चाहदैनथ्यो । नेपाली सेनाको मदत लिएर हैदरावाद भारतमा विलय भएको हो भनिन्छ । राणाहरु अंग्रेज गएपछि हाम्रो भूमि पनि फर्ता देउ भन्छन भन्ने डरले नेपाल भारतको १९५० को मैत्री सन्धी खारेज गरि सोहीको दफा ८ ले सुगौली सन्धी खारेज भएको र कुमाउ गडवाल बचाउन राणा सरकारलाई हटाउने प्रयत्न गरी बहुदलीय नामको प्रजातन्त्र ल्याउने काम गरेकै हो । महामानवहरुले प्रजातन्त्र हामी चाहेको बेलामा ल्याई हाल्छौं हाल हाम्रो भूमि अंग्रेजले छोडेर गयो हामी हकभोग गर्छौ भन्न सकेनन् ।
आज साना गाउँ छन पार्टीगत चुनावहरु जव वडा पालिकाहरुमा हुन्छ त्यो तिमी कसका हौ भनेपछि कोही कांग्रेसको भन्छन कोही कांग्रेसको भन्छन कोही माले एमाले आदि पार्टीहरुको भन्छन । आफ्ना बाबु र नेपालको छोराछोरी हु त कोही भन्दैन । तसर्थ पनि स्थानीय निकायले स्वतन्त्रता पाउनुपर्ने हामी देख्छौं । पार्टीहरुलाई मतदान गर्नु ठीक हो तर जनताले पार्टीहरुको दासत्व मोचन हुनैपर्छ । जे राम्रो लाग्छ त्यो व्यवस्था ल्याई स्थानीय निकायमा पार्टीगत हटाई स्वतन्त्रता हुन दिनुपर्ने हाम्रो सुझाव रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh