ई – दिशानिर्देश

मैले देखेको सद्भाव

२४ भाद्र २०८२, मंगलवार
मैले देखेको सद्भाव

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

बैतडीको मात्रै कुरा गर्दा ओल्के सक्रान्तिमा गवे तिहार पनि भन्ने गर्थे त्यो दिन पार्कीहरुले सिन्का, भुलहरुले हल्यूणा त्यस्तै लुहार तथा दमाईहरुले पनि आफ्नो रितिथिति जोगाउन भ्याएसम्मको सानो सानो प्रेमको निसानी गाउँमा दिएर जान्थे भने त्यसकै खातिर क्षेत्री बाहुनहरुले पनि प्रेमपुर्वक आफ्नो घरमा रहेको पकवान तथा अन्य खानेकुराहरु दिने गर्थे भने गोःरा, दशैको समयमा त आफ्ना उक्त मित्रहरु आउलान बसेर कुरी बसेका हुन्थे उनीहरुको लागी पहिले खानेकुराको भाग राखेर मात्रै आफू खाने गर्थे । त्यति बेला रकम धेरै कमाउ भन्ने कसैमा थिएन । खान लाउन पुगे भै हाल्थ्यो । दमाई लुहार, भुल, पार्कीलाई अनिवार्य खलोको रुपमा अन्न दिने गर्थे, अन्न कमाउनेको भन्दा उनीहरु सित बढी हुने हुँदा कम भएमा उनीहरुबाट नै किन्ने गर्थे । बढी लोभ लालसा केही थिएन । समाजमा सबै थरी गौरवपूर्ण बसी आ–आफ्नो क्षेत्रमा सबै निपुर्ण थिए । दलितको कुनै भेदभाव थिएन । २००४ सालसम्म देशभरी नै छिटो हाल्ने जातिका रुपमा परम्परागत चिनिन्थे भने २००४ देखि २०१९ सालसम्म लुकी पिछि कही कही चलिरहेको भए पनि २०२० सालदेखि मुुलुकी ऐनमा छुवाछुत मान्नेलाई दण्डनीय अपराध हुन्छ भनि ऐनमा लेखियो त्यसपछि हट्दै गएको थियो । होटेल सार्वजनिक ठाउँमा भने भेदभाव गर्ने माथि तुरुन्तै कारवाही हुने गथ्र्यो । माओवादी आन्दोलनमा भने दलितको नामबाट गाउँलेको घर घरमा गई आफै पकाएर खाने इत्यादि ग¥यो तर आज कडा भेदभाव भएको छ पहिले दलितहरु सित चिनजान र भेदभाव थिएन आज भेदभाव गरेको छ ।
यो दलित हो भनि प्रष्ट पारी दिएकोले सार्वजनिक स्थान होटेलमा भने निर्विवाद रुपले जान पाउँछन तर कसैको घरमा भने आज पनि जादैनन्, दलित मात्र हैन अर्काको घर भित्र पस्ने अधिकार कसैलाई पनि छैन । तर अचेल दलित भनेर प्रष्ट पहिचान हुने काम सरकारले गरि दिएकोले कोही पनि दुविधामा पर्दैनन् ।
सदभावको कुरा गर्दा २०२२/२४ सालतर्फ र त्यो भन्दा पछि ३०/३५ सालसम्म परस्पर मानिसमा राम्रो सदभाव थियो । हाम्रो पहिलेको जिल्ला अल्मोडा र बजार पनि त्यही थियो बजार त पछि भारतको पिथौरागढमा पनि भयो अल्मोडाको बजारमा गई सामान खरिद विक्री गर्ने मौका नपाए पनि पिथौरागढमा त म गएको छु, १०/१२ वर्षदेखि जाने नै गरेको छु । त्यहाँबाट सानो घुम्ती पसलको लागी नरिवल, मिस्री, सिगरेट आदि सामान ल्याउने गरेका थियौं ।
पिथौरागढमा पछि सम्म र हुन त आजसम्म पनि नेपाली झलक नै छ । हामी बैतडीतर्फका नेपाली १०/२० जनाको सँगम देखेपछि डेउडा खेल्न अनुरोध गरी हाल्थे र एक पटक म पनि त्यसमा परेको छु । त्यहाँका भोटे या जो सुकै व्यापारीले पनि सुत्न प्रसस्त कपडा ओड्ने विछ्याउने दिने गरेका थिए । अचेल त वरण्डाहरुमा कोठा भैसकेका रहेछन । त्यस बेला ठूला ठूला बरण्डाहरु थिए हामी होटलमा नबसी त्यहीका बरण्डामा बास बस्ने गरेका थियौं । सामान खरिद गर्दा पैसा नपुगे जति उधारो दिने गर्थे त्यो बेलामा उधारो कारोबार इमान्दारीमा चल्दथ्यो भने बरु अचेल ठीक छैन उधारो लिएकोले पछि पैसा त के दिन्थ्यो आउन सम्म आउदैन । भेट हुँदा पैसाको कुरा गर्दा बरु गाली गर्छन । गाउँघरमा पनि ठालुहरुको थोरै विगविगी भए पनि तालुकदार मुखियाले गरिवको पक्षमा काम गरी सरकारले तोके बमोजिमको पालपोत रकम घर घरमा गई उठाउने हुँदा कार्यालयमा जाने झमेला थिएन ।
सरकारले मालपोत असुल गरे वाफत तालुकदारलाई केही प्रतिशत दिन्थे । कसैले आफ्नो खुसीराजाले १÷२ आना दिए लिई हाल्थे आफू माग्दैनथे । जो मालबाट लगत गयो त्यसै अनुसार लिन्थे । तालुकदार र जनतामा राम्रो सदभाव थियो । १९ सालपछि गाउँमा गाउँ पंचायत भए ५/७ जनाको राय बेगर कुनै काम पनि
गर्दैनथे । प्रधानपञ्चहरु तालुकदारदेखि पनि डराउथे पक्षपात गरेमा सिडीओले के गर्छ भन्ने डर बोकेकाले जनता माथि अपराध गर्दैनथे ।
पिथौरागढ तर्फको कुरा छोडीएछ एक दिन पिथौरागढको ठूली गाड भन्ने ठूलो एरियामा हजारौं गाडी हजारौं टेन्ट सैनिक र जेसीवीद्धारा समतल बनाई रहेका थिए त्यो कुरा ०२३/२६ सालसम्मको हो भन्ने अनुमान गरिन्छ । पिथौरागढ देखि दार्चुलासम्म सडक नबनेको ठाउँमा सडक र बेलीव्रिज राख्ने काम सेनाले नै गरी रहेका थिए । दार्चुला भन्दा माथि सडकको सुरुवात त २०५१ सालमा गरेका भए पनि मानसरोबर जाने भारतीय यात्री पनि नेपालको तिंकर हुँदै जान्थे । आज त लिपुलेकमा सडक पार गरी सक्यो नेपाली गाउँहरुमा गोरेठो पनि पुगेको छैन
भारतले चीनको लडाईमा सुविधाको लागी भनेर २००९ सालतर्फ राखिएका १८ वटा भारतीय सैनिक पोष्ट मध्ये एक कालापानी पनि थियो राजा महेन्द्रले १७ पोष्टहरु हटाई सकेको थियो, त्यहाँ पनि उठन भन्दा चीन सित युद्ध भयो र केही समय रोकी दिनुहोस भनि भारतका प्रधानमन्त्रीले अनुरोध गर्दा २/४ महिना भित्र हामी ठाउँ खोज्दछौ भनेकै भरमा छोडी दियो पछि राजा महेन्द्र र नेहरुको मृत्यु भैसक्यो सेनाको पोष्ट जस्ताको त्यस्तै रहेको कुरा सुन्नमा आउथे । ठूलीगाडमा सेनाको इलाका भित्रैबाट पिथौरागढ जाने बाटो भए पनि सेनाहरु आदर पुर्वक बटुवा सित व्यवहार गर्दथे । आजको भन्दा त्यो बेला हर क्षेत्रमा राम्रो सद्भाव थियो ।
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh