ई – दिशानिर्देश

राजा वीरेन्द्रको सम्झना

२१ जेष्ठ २०७४, आईतवार
राजा वीरेन्द्रको सम्झना

राजा वीरेन्द्रको हत्या २०५८ जेठ १९ गते शुक्रबार भएको थियो । आज २०७४ जेठ १९ का दिन राजा वीरेन्द्र र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्र, विकासप्रेमी, राजाको सम्झनामा केही महत्वपूर्ण यादगारीका साथै केही राजनीतिक पार्टीहरुको राजसंस्था माथिको धारणा यस्तो थियो ?

प्रचण्ड र डा. भट्टराईको दिल्ली यात्रा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष प्रचण्ड र बुद्धिजीवि नेता डा. बाबुराम भट्टराईले २०६३ मंसिर १ देखि ३ गते सम्म भारतको राजधानीमा भएको लिडर्स समिटमा सामेल भएर भारतका बारेमा आफ्ना आश्चर्यजनक विचारहरु व्यक्त गर्नुभयो । उहाँहरुले २०६२ मंसिर ७ गते माओवादी र सात दलका नेता बीच भएको १२ बुँदे सहमति दिल्ली निकट एक ठाउँमा बैठक गरेर भएको र त्यसमा भारतले सकारात्मक भुमिका लेखेको रहस्यलाई सार्वजनिक रुपमा स्वीकार गर्नुभयो । नेपालमा राजाको सक्रिय नेतृत्वको शासन ढाल्ने जनआन्दोलन–२ को आधार त्यही १२ बँुदे सहमति थियो । भारतले नेपालमा संबैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्र र संसदीय प्रजातन्त्रलाई अपरिहार्य ठान्दै आएकोमा अब संबैधानिक राजतन्त्रको अवधारणा त्याग गर्नु
सकारात्मक हो भन्ने उहाँहरुको विचार थियो । प्रचण्डले आफुहरुलाई विद्रोहका बेला पाकिस्तानी गुप्तचर संस्थाले हतियारको मद्दत दिन चाहेको तर आफुले अस्वीकार गरेको बताएर भारतलाई खुसी पार्न खोजेको अड्कल पनि त्यस बेला गरियो । नेपालमा माओवादीहरुले एकदलिय कम्युनिष्ट सर्वहारा अधिनायकत्व स्थापना गर्न नसके पनि बहुदलिय प्रतिस्पर्धा स्वीकार गरेमा उनीहरुलाई आतंककारी घोषणा गर्ने शाही शासन समाप्त पार्ने सहमति भारत र माओवादी तथा सात दल बीच भएको रहस्योद्घाटन त्यस बेला भयो ।

राष्ट्रिय हित विपरित नागरिकता वितरण
वि.सं. २०४७ सालको आन्दोलन सफल भएपछि बनेको नेपाल अधिराज्यको संविधान २०४७ ले समेत खारेज नगरेको नेपालको संविधान २०१९, ले व्यवस्था गरेको नागरिकता सम्बन्धी प्रावधानलाई हटाएर माओवादीहरु कै सहमतिमा गिरिजाप्रसाद कोइरालाको कामचलाउ सरकारले प्रतिनिधि सभाबाट मंसिर ११ गते नयाँ ऐन नियम बनाई नागरिकता प्रमाण पत्र खुकुलो संग बाँड्ने ३ महिने अभियान माघ १ देखि चैत मसान्त सम्म सञ्चालन ग¥यो । सो अभियानबाट भारत जस्तो ठूलो जनसंख्या भएको देशका नागरिकहरुले समेत नेपालबाट नागरिकता लिन सक्ने खुकुलो प्रावधानको मद्दत लिएर नेपाली नागरिकता प्रमाण पत्र लिएर नेपालको राष्ट्रियतामा आँच पुग्न सक्छ भनेर राष्ट्रवादीहरु बीच ठूलो आक्रोश देखा परेको थियो । यस्तै राष्ट्र हितका कामले गर्दा अन्तमा राजाले सपरिवारको ज्यान गुमाउनु प¥यो भने राजा ज्ञानेन्द्र शाहले सत्ता छोड्न बाध्य हुनुप¥यो । यो काम नेताहरु नेपालमुखी नभएर भारतमुखी अर्थात् भारत प्रति उत्तरदायित्व रहेको आभास भएको हुदा राष्ट्रको लागि गलत काम हुन गएका थिए ।

(सन्दर्भ सामाग्री ः अन्तराष्ट्रिय मञ्च, नेपाल सम्बन्धी वार्षिक अंक, २०६४)

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh