ई – दिशानिर्देश

राष्ट्र सेवकहरुमा रहेको इमानदारिता

२७ जेष्ठ २०७४, शनिबार
राष्ट्र सेवकहरुमा रहेको इमानदारिता

सम्झना प्रष्ट रहेको छ कञ्चनपुर जिल्लामा कार्यरत रहेका बेला केही राष्ट्रसेवकहरु अति नै इमानदार जनसेवक रहेका थिए । उहाँहरु जस्ता थोरै कर्मचारी भएपनि यो जिल्लाका जनताले सुलभताका साथै आफ्नो र राष्ट्रसेवकको दायित्व समेत जनमानसमा बोध हुने थियो ।

हुन सक्छ २०३२ सालतर्फ कै कुरा हो कञ्चनपुर जिल्लामा एक जना प्रमुख जिल्ला अधिकारी वीर बहादुर शाही हुनुहुन्थ्यो । उनी नेपाल प्रति अति संवेदनशील राष्ट्रभक्त मात्र होइन जनताका लागि आफुले गर्नुपर्ने सम्पूर्ण कर्तव्यको पालना गर्दथे । भ्रष्टाचारीहरु थोरै थिए तैपनि विना कारवाही डराउँथे । उहाँको अतुलनिय इमानदारिताबाट ठालु गुण्डा प्रवृत्तिका व्यक्तिहरु प्नि इमानदार बन्ने कोशिस गर्दथे त्यसबेला । उहाँ भन्दा पूर्व २०२७ सालमा तत्कालिन स्वास्थ्य केन्द्र महेन्द्रनगर हाल महाकाली अञ्चल अस्पतालका डा. ध्रुवमान श्रेष्ठ स्वास्थ्य केन्द्रमा एक जना डाक्टरको मात्र दरबन्दी एक अहेव २ जना पिउन एक मुखियाको मात्र दरबन्दी रहेको समयमा रात दिन उपचारमा तल्लीन रहन्थे । विरामीको अधिक चापले रातमा पनि केवल २÷३ घण्टा मात्र सुत्न पाउथे । पछि सरकारले उनलाई मानसिक विषेशज्ञमा पढ्न पठाए । जसरी अचेल मुखले नेताहरुका भगवान जनता छन् तर त्यसरी होइन कि पवित्र आत्मासाक्षी राखी उनका भगवान विरामी थिए । त्यसैले उनी विरामीको सेवामा समर्पित थिए ।

त्यस्तै मालपोत कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख विजय गोविन्द श्रेष्ठ हुनुहुन्थ्यो । कार्यालयबाट जनताले समयमा सेवा पायो पाएन कडा निरिक्षण गर्दथे र कर्मचारीहरुलाई जनताको काममा कुनै विलम्ब भयो र अंचलाधीशबाट टिप्पणी भयो भने म स्टाफको सहयोगको बचावमा रहने छैन भन्नु हुन्थ्यो । गरिव प्रति ज्यादै सहयोगी भावना राख्नु हुन्थ्यो । त्यस्तै मालपोत कार्यालय कञ्चनपुरमा हरिदत्त पाण्डेय कार्यालय प्रमुखको पदमा आउनु भयो । उहाँको सेवा जनताको लागि अत्यन्तै राम्रो रह्यो । जग्गा बेच्नेलाई राम्ररी सोध्नु हुन्थ्यो । पुरा पैसा पाएको हो होइन हामीलाई थाहा हुदैन । गरिबले जग्गा विक्री गर्दा थैली नगद आफ्नै सामुन्नेमा लेनदेन गराउँथे । जनता प्रतिको प्रेम अत्यन्त उत्साहजनक थियो ।

अर्का डा. चेतराज पन्त जसले हर तरहबाट विरामीको सेवा मात्र होइन जनमानसमा सेवाको भावना जगाई महाकाली अञ्चल अस्पतालको असल सुरुवात गर्नु भएको थियो । त्यस्तै जनता प्रतिको निधिको कुरा गर्दा कञ्चनपुर जिल्लामा जनताको सेवा गर्नमा इमानदार जसले आफ्नो जग्गा विक्री गरेर पनि जनताको सेवामा समर्पित रहे । ती हुन् जि.वि.स. सभापति भज्जन राना थारु र अर्का हुन् माननिय सभासद लवरु थारु जसले जनताको सम्पत्तिमा खुट्टा नटेकी निश्वार्थ सेवारत थिए । तर जो यस क्षेत्रका ठालु गुण्डा शोषकहरु थिए देश र जनतालाई लुट्नेहरु थिए उनीहरुको नाम दिदा वितेका कुराहरुबाट खतरा मोल्नु उपयुक्त लागेन र दिएन ।

शिक्षकहरु तर्फको कुरा गर्दा विद्यार्थीहरुको घरघरमा आलोपालो गरी आएर पनि विद्यालयमा जुन बेला पनि पढ्ने विद्यार्थीलाई पढाई दिने मध्ये पूर्व विशाल नेपाल भनिए पनि विदेशी भएर पनि राम इमान धर्म सम्झि सेवाको भावना बोकी जीवनभर नेपाल आमाको सेवा गर्ने शिक्षक रामदत्त अवस्थी र खेमसिंह खोलियाल हुन् । रामदत्त अवस्थी डोटी तथा सत्यावादी मा.वि. बझाङ र खेमसिंह खोलियाल बैतडी पुर्चौडी हाट र बराकोटमा आफ्नो जीवनलाई सेवामा समर्पित गरेका थिए ।

त्यस्तै लगभग २०३२ साल तर्फको कुरा हो जिल्ला अदालत कञ्चनपुरमा एक जना माननिय न्यायाधीश ताहेर अलि अन्सारी राष्ट्रभक्त देशप्रेमी थिए । राष्ट्रिय जनावर गाईको हत्या अन्डैयापटैया सुडा दैजीमा कारवाही फितलो भएको भनी अदालत बाटै पुनः मौका तहकिकात गर्दा समग्र अपराधी डराएका थिए । भ्रष्टाचारको विरुद्धमा अदालतका प्रत्येक कोठाहरुमा लेखेका थिए सोही अनुसारको काम पनि थियो । यसैप्रकार सर्वश्रेष्ठ माननिय पूर्वप्रधान न्यायाधीश रत्न बहादुर विष्टलाई प्रमुख स्थानमा रहेका छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh