ई – दिशानिर्देश

दलाल देखि मिडिया सम्म

४ असार २०७४, आईतवार
दलाल देखि मिडिया सम्म

भारतका कुनै पनि होटलमा स्थानिय रिक्सा टेम्पू, ट्याक्सीले ग्राहक लगी दिएवापत स्तर अनुसार राम्रो कमिसन दिने गरेका छन् । त्यस्तै मेडिकल तर्फ सीमावर्ती स्थानिय नेपाली शहर बजारबाट विरामीहरुलाई साधन सम्पन्न अस्पतालमा भनेर सिफरिस गरिएका हुन्छन् तर मुखले खटिमा, पिलिभित बरेलीका निजि अस्पालहरु मध्ये फलानो ठाउँमा जाने भन्दछन् ।

त्यस्तैमा सीमावर्ती क्षेत्र महेन्द्रनगरका जनता पनि पीडित देखिने गर्दछन् । डाक्टरहरु सिफारिस गर्छन् उनलाई अस्पतालको बारेमा केही हद सम्म जानकारी पनि हुन सक्छ । जहाँ सिफारिस ग¥यो उसले केही उहाँहरुमा प्रचलित कमिसन लिने दिने काम गोप्य रुपबाट हुने गर्दछ खास गरी भ्रूण पहिचानमा । तर सीमावर्ती क्षेत्रका मिडियाहरुलाई भने प्रयोग गर्नु र उपयोगमा आउनु पनि ठीक छैन । फलानो अस्पताल राम्रो हो नेपाली विरामीले त्यहाका अस्पतालमा जाने गर्दछन् । धेरै विरामीहरु महेन्द्रनगरको हकमा कुरा गर्दा रेडियो, पत्रपत्रिकामा प्रचार प्रसार भइरहेको कारणले मात्र भारतीय अस्पतालहरुको विश्वासमा रहेर उपचार गराउँछन् ।

बरेली पिलिभितका केही अस्पतालहरुले इमरजेन्सीको नाममा दोब्बर परामर्श शुल्क लिई छिटो चेकजाँच गर्ने, फोनबाट नाम लेखाउँदा डेउढाई बढी लिने गरेको हुदा इमरजेन्सी विभागमा नगएर साधारण ओ.पि.डि.बाट हेर्ने गरेका छन् । कम्पलेन गर्दा पैसा बढी दिएर अगाढी आफ्नो चेकजाँच गराउन खोज्ने पनि नेपाली नै हुन् । विज्ञापनको हकमा पनि त्यस्तै हुन्छ । हाम्रो विज्ञापन राखी दिनोस् भन्दैनौ नेपालबाट विज्ञापन माग्न यहाँ आउँछन् र हामी दिन्छौं भन्दै हुनुहुन्थ्यो महाजन अस्पताल बरेलीका प्रशासकिय अधिकृत तथा रिसेप्सनिष्टहरु ।

जब महाकाली अञ्चल अस्पताल स्वास्थ्य केन्द्रको रुपमा थियो प्रसुति गराउन नसकेका घटना थिएनन् । आज महाकाली अञ्चल अस्पताल विकास समितिले जनता, विरामीहरुको लागि सुविधा होइन कि असुविधामा बढोत्तरी गराएको छ । मितव्ययीता होइन कि बढी खर्च भन्दा पनि भ्रष्टाचारमा बढावा दिएको छ । विकास समिति पनि कमिसनमा बाँधिएको छ भन्नमा अपराध छैन । भ्रष्टाचार भनेको कसैबाट अनुचित पैसा लिनुलाई मात्र भनिदैन । कुनै सहजै हुने कामलाई अप्ठ्यारो बनाउनु पनि भ्रष्टाचार नै हो ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh