ई – दिशानिर्देश

प्रकाशकीय

३१ असार २०७४, शनिबार
प्रकाशकीय

नेपाल सरकारको सेवा निवृत भएलगत्तै २०६४ साल जेष्ठ महिना देखि यो दिशानिर्देश कञ्चन साप्ताहिक पत्रिकाको प्रकाशनको शुभारम्भ भएको थियो । आर्थिक वर्षको हिसाबले २०६४ श्रावणमा सुरु भएको हो । त्यसैले आज १० वर्ष पुरा भई ११ औं वर्षमा पाइला टेकेको छ ।

वर्गिकरणको लागि आफ्ना विवरण तथा कागजातहरु प्रेस काउन्सिलमा पठाएका तथा हरेक वर्ष योग्यता अनुसारको श्रेणीमा निष्पक्ष रुपबाट वर्गिकरणमा राखी सहयोग गरिदिनु हुने प्रेस काउन्सिल प्रति आभार व्यक्त गर्दछौं ।

दिशानिर्देश कञ्चन साप्ताहिकलाई अमुल्य लेख रचना पठाउनु हुने विद्वानहरुमा सर्वप्रथम अटुट रुपबाट पनि एक अंक पनि नछुटाई निरन्तर हरेक शुक्रबारको दिउँसो १ बजे भित्र उपलब्ध गराइ दिनुहुने वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्ट, त्यसै गरी हरेक अंकमा निरन्तर आफ्नो लेख रचना दिनु हुने स्व. आत्माराम ओझा, अधिवक्त तथा पूर्व क्याम्पस प्रमुख पृत बहादुर विष्ट, मानस प्रदेश सम्बन्धी लेख रचना दिनु हुने आचार्य घनश्याम लेखक, समय मिलाई समयानुकुल लेख रचना दिनु हुने डा. टेकराज पन्त, डा. मुकुन्द कलौनी, विजय गोविन्द श्रेष्ठ (विजय सागर), वीर सिंह ढुङ्गाल समेतले अुमल्य लेख रचना दिई दिशानिर्देशले हजारौं हजार जनसमुदाय माझ विद्वान महानुभावहरुका वाणीहरु पु¥याइ दिने काम गरेको छ । उहाँहरु प्रति लेख रचना उपलब्ध गराई दिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

यो पत्रिकालाई निरन्तर रुपमा सम्पादन गरी प्रत्येक वर्ष ५२ अंक नै प्रकाशित गर्नमा सहयोग पु¥याउनु हुने सम्पादक पुष्पराज अवस्थी, पत्रिकाको कम्प्युटर सेटिङ तथा समाचार संकलनमा सहयोग गर्नु हुने प्रेस प्रतिनिधि जगदिश प्रसाद अवस्थी, समय समयमा सल्लाह दिई यसको स्तर उन्नति तर्फ ध्यान पु¥याउनु हुने अधिवक्ता पृत बहादुर विष्ट, लक्ष्मी प्रसाद भट्ट, स्थानिय स्तरमा वितरण गरिदिने रञ्जु सिंह र अहोरात्र खटिएर ठीक समयमा प्रकाशित गर्नमा सहयोग गर्ने कञ्चन राष्ट्रिय छापाखाना संचालक नवराज अवस्थी तथा छापाखानाका अपरेटर भुवन प्रसाद पनेरु, अपरेटर सुक्रदेव लुहार लगायतका प्रेसका स्टाफहरुलाई धन्यवाद दिन चाहान्छौं ।

यो पत्रिकालाई र यसमा लेखिएका विद्वानहरुका वाणी तथा समाचारहरु संसार इन्टरनेटको माध्यमबाट भरी हेर्न पाऊन् भनेर जनवरी २०१७ देखि नै http://www.edishanirdesh.com मार्फत् समेत प्रसारण गर्ने गरेका छौं । कुनै कुनै अंक १० हजार व्यक्तिसम्मले पढेका रेकर्ड पाइन्छ भने हरेक हप्ता ५÷६ हजार व्यक्तिहरुले हरेको न्युनतम संख्या रहेको छ । आशा छ सदाझै सबै क्षेत्रबाट लेख रचना दिई आफ्ना महत्वपूर्ण उपदेशहरु दिशानिर्देश कञ्चन साप्ताहिक मार्फत् निर्देशित गर्न पाउने छौं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh