ई – दिशानिर्देश

भेटवार्ता

७ श्रावण २०७४, शनिबार
भेटवार्ता

बैतडीको सदरमुकाम देखी २२ कोष टाढा पूर्व तर्फ पर्ने भटना गाउँ पंचायत (तत्कालिन) भटनामा बुबा किसने आमा पार्वतीको कोखबाट १९८७ सालमा जन्मनु भएका दलि भट्ट (पिचासका धामीले परिचित रहेका) संग दिशानिर्देश कञ्चन साप्ताहिकका प्रकाशक संचालक बलदेव अवस्थी संग भएका भेटवार्ताका केही अंशहरुः

जेष्ठ नागरिक दलि भट्ट

तपाईको बाल्यकाल कसरी वित्यो ?
गाई गोरु, बाख्रा पालन, घर व्यवहार सघाउनमा त्यस बेलाको अवस्था हेर्दा राम्रै वित्यो ।

सुखदुःखका केही क्षण याद छन् ?
पटक पटक सुख दुःख भई रहने गर्दथ्यो, खास गरेर कहिलेकाही भोकमरी हुने गर्दथ्यो ।

तपाई देवताको धामी कहिले देखि हुनु भयो ?
खास याद छैन । सानै उमेरमा म धामी भएको हुँ । हामी सबै गाउँलेको पिचास देवता भएकाले पूजा गर्छाै ।

पहाडबाट तराई महेन्द्रनगरमा कहिले देखि आउनु भयो ?
म २०३० साल देखि महेन्द्रनगर आएको हु ।

जग्गा खरीद गरेको कि आफैले बनाउनु भएको हो ?
जग्गा आवाद आफैले गरेको हो । कटानी फडानी गरेवाफत् डेढ विगाहाको चार हजार कटानी खर्च दिएको हुँ ।

त्यस बेलाको महेन्द्रनगर र आजको महेन्द्रनगरमा के फरक पाउनु भयो ?
आकाश पातालको फरक छ । कुनै पनि गाउँमा पक्की घर थिएन । आरक्षबाट घाँस ल्याई घर छाउने काम
गर्दथे ।

दिशानिर्देश पत्रिका मार्फत् आफ्नो घरपरिवार, समाजलाई के भन्न चाहनुहुन्छ ?
म के भन्न चाहन्छुभने जसबाट जन्म भएको छ उनीहरुको वृद्धा अवस्थालाई ध्यानमा राखी सम्मान पूर्वक रेखदेख आदर सत्कार गर्नुपर्छ । जेष्ठ नागरिकलाई इज्जत मात्र चाहिन्छ बरु खाना एक छाक भएपनि पुग्छ । छोरा बुहारीहरुले सानो नराम्रो
कुरा भन्दा पनि चित्त दुख्छ तर भोकै बस्नु पर्दा समय परिस्थिति हेरेर कुनै दुःख लाग्दैन । त्यस्तै समाजको हकमा आफ्नो छर–छिमेक गाउँ घर, आफ्ना इष्ट मित्र सम्पूर्ण समाजसित अनावश्यक कुरा नगर्नु जुन कुराबाट कुनै पक्षको पनि फाइदा हुदैन त्यसलाई तुरुन्त बन्द गर्नुपर्छ । आफ्नो धर्म संस्कृतिलाई जोगाएर राख्नु पर्छ । यसबाट कसैले पनि चुक्नु हुदैन भन्न चाहन्छु ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh