ई – दिशानिर्देश

गाई बाच्छी बहरको बेपत्ता यसरी पारिन्छ !

७ श्रावण २०७४, शनिबार
गाई बाच्छी बहरको बेपत्ता यसरी पारिन्छ !

महेन्द्रनगर । करिब ४÷५ वर्षको अन्तरालमा भ्रष्ट कामहरु अर्थात् भ्रष्टाचारले धनी गरिव धेरैको घरदैलो समाती सकेको छ । मानिसबाट मानिसले रिसिवत लिनु भन्दा पनि गाई गोरुबाट बलजफ्ती रिसिवत लिई शोषण मात्र होइन सामाजिक विकृति फैलाएको छ । यस्ता अपराधी जसले हिन्दु धर्मको बदनाम, राष्ट्रिय जनावरको विचल्ली मच्चाई देशको बदनाम हुने काममा स्वास्नी, लोग्ने मानिस तथा बालकहरुलाई समेत प्रयोगमा ल्याई मानौं पशु आन्दोलनले नगरपालिका भर्ने अभियान लगाएझैं भएको छ ।

बेलुका सन्ध्याकालमा आफ्नो घरमा रहेका जसको दुध खायो ती गाईका बाच्छी बहरहरुलाई नगरपालिकामा लैजान्छौं हाम्रो खेतमा आई बाली खाई रहेका बेला समाती ल्याएका हौं भन्छन् फोटोमा देखिएका महिला केटाहरु ।

कहा लैजान्छौं भनेर बाटोमा सोद्धा गाउँघरमा छाडा गाई गोरुहरुले हाम्रा धान खाई दिएकाले नगरपालिकामा लैजादै छौं भनि दुष्प्रचार गर्ने महिलामा बाहुक, क्षेत्री, दलित सबै खाले समुह गाई गोरुको बनबास गर्नमा लागेका छन् । रोजगारी गरी खान नचाहनेहरु भाडामा एक जीउ गाई गोरु बेपत्ता पारि दिए वाफत आठ सय देखि एक हजार रुपैया सम्म लिने गरेको थाहा हुन आएको छ ।

दिशानिर्देशले धेरै पटक लेखि सकेको छ तर त्यस बारेमा चासो कुनैपनि निकायले लिएको पाइएन । नगरपालिकालाई सुझाव पनि दिएको थियो घर पालुवा पशु गाई गोरुको व्यवस्थापन गर्ने बारेमा । नगरपालिकाले त्यस बारेमा जनसमुदाय सित सार्वजनिक सुझाव माग्नुपर्नेमा दिएका गम्भीर विषयका सुझावमा कुनै मनन समेत गरेनन् ।

दोहनपछि गाई र उसको बाच्छी बहरलाई तथा गाईलाई समेत घर गोठबाट निकाला गर्नु मानिसलाई देश निकाला गर्नु भन्दा कम अपराध होइन । भुटानका राजाले आफ्ना नागरिकलाई देश निकाला गरी शरणार्थी बनाई नेपाल पठाउनु र गाई गोरुका तस्करहरुले आमारुपी गाईलाई नगरपालिका पु¥याई छाड्नु र नगरपालिकाले आरक्षमा व्यवस्था भएपनि आरक्षमा छोड्नु भनेको भुटानी शरणार्थीहरुलाई नेपालको शरणार्थी शिविरबाट अमेरिका लगे भन्दा कम अपराधपूर्ण छैन ।

हुनत अमेरिकामा शरणार्थीहरुले दासत्व जिवन विताउने प्रपन्च गरेपनि ज्याला राम्रो पाउँछन् । त्यस्तै घरपालुुवा गाई गोरुले पनि आरक्ष भित्र चर्न पाउँछन् भन्ने कुरा भएतापनि त्यसबाट प्रकृति संरक्षण कोष तथा वन्यजन्तुलाई नराम्रो नकारात्मक प्रभाव मात्र होइन विरामी पनि सर्ने भएको हुदा आरक्षले त्यसभित्र छोड्न दिनुपनि उत्तिकै अपराध हो जति अपराध गाईको दोहन पछि बनबास गराउने अधर्मीहरुले गरेका छन् ।

आरक्ष कार्यालय र नगरपालिकाले आफ्नो कर्तव्यबाट चुक्नु हुदैन । जसले गाई गोरु बाच्छी, बहर बजारमा छोड्न ल्याएरछोडेका छन् तिनिहरुको पत्ता लगाई कारवाहीका साथ उनकै घरमा फिर्ता पठाउनु पर्दछ । कसका हुन् भनी पत्ता लगाउन महेन्द्रनगर बजारमा छोड्नेहरु वाड नं. ६, ७, ९, १०, ५, १, २ वडाहरुका जनता बाहेक अरु कोही हुनै सक्तैन ।

पशुहरु दिउँसो चरी घर फर्कन्छन् तर भोली पल्ट फेरी पुनः धपाई दिन्छन् । यस्ता मानिसको पत्ता लगाउन प्रति जीउ १० हजार रकमको गोप्य पुरस्कारको घोषणा गर्नुपर्दछ । प्रत्येक वडामा निर्वाचित वडाअध्यक्ष तथा सदस्यहरुलाई गाई बेपत्ताको बारेमा पूर्ण जानकारी रहेको हुदा संरक्षण तथा बेवारिसे पत्ता लगाउने काम अध्यक्ष तथा सदस्यहरुको जिम्मा लगाई आवश्यक पुरस्कारको समेत घोषणा ग¥यो र नियम बनाई १÷२ ग्रुप माथि कारवाही ग¥यो भने सबैको समस्याको समाधान हुने देखिन्छ । त्यस्तै अरु नगरपालिकाहरुको हकमा पनि गर्न सकिनेछ ।

नेपालको राष्ट्रिय जनावर तथा हिन्दु धर्म प्रतिक, जन्मदा, मर्दा, चुडाकर्म, उपनयन संस्कार, सत्यनारायणको कथा, विवाह, श्राद्ध गर्दा अर्थात् जुनसुकै धार्मिक काम गर्दा गाईको गौत गोबर दुधको आवश्यक मात्र होइन गौमुत्रबाट आर्यर्वेदिक औषधी पनि बन्ने भएकाले गाई माताको उचित संरक्षणको व्यवस्था र गोठबाट धपाउने, मार्ने, घाँस पानी नदिई मर्न दिने अपराधिक क्रियाकलाप गर्नेलाई कारवाही गर्न ऐनको निर्माण गरी हाल मौजुदा ऐनलाई प्रयोगमा ल्याई कारवाही गर्ने तर्फ नेपाल सरकार तथा जिल्ला प्रशासनले समेत कार्यान्वयन गर्नु पर्दछ ।

यी गाईगोरुले गाउँमा गई महंगो मुल्य चुकाई गरेको खेतीपातीलाई राती गएर ध्वस्त पार्छन् भने सडक दुर्घटना समेत निम्त्याएका छन् । यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh